रसियाले युक्रेनमाथि आक्रमण गरेसँगै विश्व अर्थतन्त्रमा हलचल मच्चिएको छ । करिब डेढ महिना लामो तनावपछि रुसले युक्रेनमाथि आक्रण गरेको छ ।
रुसी सेनाले युक्रेनमाथि बमबारी गरेसँगै विश्वभरको सेयर बजार ओरालो लागेको हो । जसमा बिग फर एप्पल, टेस्ला, माइक्रोसफ्ट, अमेजनजस्ता ठूला कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको छ ।
विश्वका सर्वाधिक धनाढ्य एलन मस्कलाई हिजो अर्थात् बुधबार मात्रै डेढ लाख करोडको झड्का लागेको छ ।
ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार उनको कुल नेटवर्थ अहिले २०० अर्ब डलरभन्दा पनि तल झरेको छ ।
यसै वर्ष उनको नेटवर्थमा ७१.१ अर्ब डलरको गिरावट आएको छ । मस्कको नेटवर्थ गत वर्षको नोभेम्बरमा ३४०.४ अर्ब डलर पुगको थियो । तर त्यसपछि यसमा १४० अर्ब डलर बढीको गिरावट आएको हो ।
रुस र युक्रेनबीच तनाव बढ्दा विश्वकै सेयर बजारमा गिरावट आएको छ । र, मस्कको इलेक्ट्रिक कार कम्पनी टेस्लालाई पनि यसले हानि पुर्याएको छ । बुधबार लगातार चौथो दिन टेस्लाको सेयरमा गिरावट आएको थियो । गत सेप्टेम्बरपछि यो न्युनतम स्तरमा पुग्यो । जसका कारण मस्कको नेटवर्थमा भारी गिरावट आएको हो ।
यद्यपि १९८.८ अर्ब डलर नेटवर्थसहित विश्वका सर्वाधिक धनाढ्य बनिरहेका छन् ।
दोस्रोमा बेजोस
एमेजनका फाउन्डर जेफ बेजोस १६९ अर्ब डलरको नेटवर्थसहित विश्वका धनाढ्यहरुको सूचीमा दोस्रो नम्बरमा छन् । गत वर्षको अप्रिलमा उनको नेटवर्थ २०० अर्ब डलरमाथि थियो । यस्तै यो उपलब्धि हासिल गर्ने विश्वका पहिलो अर्बपतिसमेत बनेका थिए ।
तर, त्यहाँदेखि उनको नेटवर्थमा लगातार गिरावट आउन थाल्यो । यस वर्षका बेजोसको नेटवर्थ २२.९ अर्ब डलरमा खुम्चिएको छ ।
ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार फ्रान्सेली बिजनेसम्इान र लग्जरी गुड्स कम्पनी एलभीएमएच मोएत हेनेसीका चेयरमेन अफ चिफ एक्जीक्युटिभ बर्नार्ड अरनालट १५५ अर्ब डलरसहित तेस्रो वरीयतामा र माइक्रोसफ्टका को–फाउन्डर बिल गेट्स चौथो नम्बर छन् । गेट्सको कुल नेटवर्थ १२२ अर्ब डलर छ ।
जुकरबर्ग १४ नम्बरमा
सेयर बादशाह भनेर चिनिने वारने बफेटबाहेक टप–टेनमा परेका सबै अर्बपतिहरुको नेटवर्थमा यो वर्ष गिरावट आएको छ । बफेटको नेटवर्थ ३.४ अर्ब डलरको छ । यसैबीच फेसबुकका मालिक मार्क जुकरबर्ग ७५.४ अर्ब डलरसहित विश्वका धनीहरुको लिस्टमा १४ औं नम्बरमा सूचीकृत छन् । यो वर्ष उनको नेटवर्थ ५० अर्ब डलरभन्दा तल झरेको छ ।
अमेरिकी कम्प्युटर साइन्टिस्ट र इन्टरनेट उद्यमी लेरी पेज ११४ अर्ब डलरसहित ५ औं स्थानमा छन् । सेयर बजारमा चिनिएका लगानीकर्ता वारने बफेट ११२ अर्ब डलरसहित छैटौं, गुगलका को–फाउन्डर सर्गेई ब्रिन ११० अर्ब डलरसहित सातौं नम्बरमा छन् । साथै अमेरिकी बिजनेसम्यान तथा लगानीकर्ता स्टिभ बलमेर १०१ अर्ब डलरको नेटवर्थसहित आठौं र लेरी एलिसन ९० अर्ब डलरसहित नवौं स्थानमा छन् ।
अम्बानी १० औं धनी
भारतीय अर्बपति मुकेश अम्बानी विश्वका अर्बपतिको सूचीमा १० औं नम्बरमा छन् । बुधवार उनको नेटवर्थमा ६८.५ करोड डलरको गिरावट आउँदा ८९.९ अर्ब डलरमा झरेको छ ।
यस्तै अडानी ग्रुपका चेयरमेन गौतम अडानी ८७ अर्ब डलरसहित ११ औं नम्बरमा छन् ।
बुधबार मात्रै उनको नेटवर्थमा १.६८ अर्ब डलको वृद्धि भयो । यो वर्ष उनको नेटवर्थमा १०.५ अर्ब डलर बढेको छ ।