काठमाडौं । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ इलेक्ट्रीक भेहिकल आयोनिक–५ बिक्री सुरु गर्ने तयारी पूरा गरेको छ ।
नयाँ आयोनिक–५ भविष्य उन्मुख डिजाइनको कारण विश्वभर चर्चामा रहेको मोडल हो । निकै बोल्ड, युनिक र डाइनामिक डिजाइनमा यसलाई तयार गरिएको छ ।
हुन्डाई आयोनिक–५ ले ‘टप गियर इलेक्ट्रीक बेस्ट डिजाइन अवार्ड–२०२१’ पाउन सफल भएको छ । आयोनिक–५ हुन्डाइको नयाँ आयानिक लाइनअपअन्तर्गत ‘स्पेसलाइज्ड इजीएमपी ब्याट्री इलेक्ट्रीक भेहिकल प्लेटफर्म’मा बनेको हो ।
यसको डिजाइन अत्याधुनिक र आकर्षक रहेको छ । यो गाडी अत्यधिक इनर्जी इफिसीयन्सी, उत्कृष्ट पर्फर्मेन्स र चालक तथा यात्रुलाई आरामदायी यात्रा गराउन सफल हुने कम्पनीले विश्वास लिएको छ ।
हुन्डाइको ‘रेभुलुसनरी इलेक्ट्रीक ड्राइभ आर्किटेक्चर’ मा निर्माण भएको आयोनिक–५ मा रियर ह्वील ड्राइभ सिस्टम रहेको छ । साथै, यो कारमा सोलार वा भिजन रुफ, भेहिकल टु लोड, एम्बियन्ट मुड लाइट्स, पावर टेलगेट, रेन सेन्सीङ वाइपर, ब्लाइन्ड स्पट भ्यु मोनिटर तथा भोइस रिकग्निसन भेहिकल कन्ट्रोलजस्ता अत्याधुनिक फिचर उपलब्ध छन् ।
लक्ष्मी इन्टरकन्टीनेन्टलले आयोनिक–५ को लन्चिङसँगै ‘स्टेट अफ दी आर्ट’ नयाँ इलेक्ट्रीक कारका लागि मात्रै सोरुम सञ्चालनमा ल्याएको छ । इभीका लागि मात्रै बन्ने सोरुममा अहिले बिक्री भइरहेको कोना, आयोनिक र आयोनिक ५ राखिने छ ।
इलेक्ट्रीक कार किन्ने ग्राहकलाई यो शोरुमले प्रिमियम एक्सपिरीयन्स प्रदान गर्न सफल हुने विश्वास इन्टरकन्टिनेन्टलले लिएको छ । कम्पनीले इभी बिक्री मात्र गर्ने नभई नेपालमा इभी कल्चरको विकास गर्न देशैभर चार्जिङ स्टेसनको विस्तार गर्ने तैयारी गरिरहेको छ । कम्पनीले इभीको बढ्दो संख्यासँगै देशको विभिन्न स्थानमा ४० वटा चार्जिङ स्टेशन स्थापना गरिसकेको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले देशका प्रमुख सहरमा १३ वटा डिलर र १९ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ ।
हुन्डाई मोटर्स विश्वको टप ५ अटोमोबाइल उत्पादकमध्ये हो । कम्पनीले उत्कृष्ट क्वालीटीको भेहिकल बनाउँदै विश्वका करौडाैं ग्राहकहरुको मन जित्न सफल भएको छ ।