काठमाडौं। सामसङ नेपालले ग्यालेक्सी एस २२ सिरिजअन्तर्गत तीनवटा नयाँ स्मार्टफोन सार्वजनिक गर्दै बुधबारबाटै प्रि-बुकिङ खुला गरेको छ। काठमाडौंमा बुधबार एक कार्यक्रम आयोजना गर्दै सामसङले एस २२ अल्ट्रा, एस २२ प्लस र एस २२ नेपाली बजारमा भित्र्याएको छ।
एस २२ अल्ट्रा, एस २२ प्लस र एस २२ मा भएको नाइटोग्राफी फिचरले दिन वा रात जुनसुकै बेला राम्रो फोटो खिच्न सकिने सामसङले जनाएको छ।
ग्यालेक्सी एस २२ प्लस र एस २२ मा एस २१ प्लस र एस २१ भन्दा २३ प्रतिशत ठूलो सेन्सर छ। एस २२ प्लस र एस २२ दुबैमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा छ भने ३० गुणा स्पेस जुम भएको १० मेगापिक्सेल टेलिफोटो लेन्स प्रयोग गरिएको छ। १२ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स पनि फोनमा जडान गरिएको छ।
एस २२ सिरिज ४ एनएम स्न्यापड्रागन ८ जेन १ मोबाइल प्लाटफमका साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ। एस २२ सिरिजमा वाइफाइ सिक्स इ छ जुन वाइफाइ सिक्सको तुलनामा दुई गुणा छिटो चल्ने बताइएको छ।
त्यसैगरी, एस २२ सिरिजमा ४५ वाटको चार्ज सपोर्ट गर्ने भएकाले १० मिनेटकझ चार्ज गरेर ५० मिनेटभन्दा बढीको भिडियो खिच्न सकिने सामसङले जनाएको छ।
ग्यालेक्सी एस २२ अल्ट्रा इमर्सिभ ६.८ इन्च, एस २२ मा ६.१ इन्च र एस २२ प्लस ६.६ इन्चको डिस्प्ले जडान गरिएको छ।
एस २२ अल्ट्रा
सामसङले नेपालमा एस २२ अल्ट्रा दुईवटा मेमोरी भेरियन्टमा सार्वजनिक गरेको छ। सामसङले १२ जीबी र्याम र २५६ जीबी स्टोरेजको एस २२ अल्ट्राको मूल्य एक लाख ६० हजार रुपैयाँ तोकेको सामसङ मोबाइल नेपालका बिजनेस प्रमुख प्रणयरत्न स्थापितले जानकारी दिए। अर्को भेरियन्ट १२ जीबी र्याम र ५१२ जीबी स्टोरेजको एक लाख ७० हजार रुपैयाँ पर्ने उनले बताए।
ग्यालेक्सी एस २२ अल्ट्रा तीन विभिन्न रङमा उपलब्ध हुने कम्पनीले जनाएको छ। फ्यान्टम ब्ल्याक, हरियो र बर्गन्डीमा एस २२ अल्ट्रा नेपाली बजारमा पाइनेछ।
एस २२ अल्ट्रा सामसङले ल्याएको अहिलेसम्मकै सर्वाधिक शक्तिशाली स्मार्टफोन भएको जिकिर गरेको छ। ग्यालेक्सी एस २२ अल्ट्रामा रहेको एस पेन अत्यन्त छिटो, सर्वाधिक रेस्पोन्सिभ रहेको कम्पनीले जनाएको छ। ७० प्रतिशत कम समयमा एस पेन रेस्पोन्सिभ हुने सामसङले दाबी गरेको छ। एस २२ अल्ट्राको फराकिलो स्क्रिनले फरक अनुभुवी दिने बताइएको छ।
एस २२ अल्ट्राको क्यामेरा अँध्यारो वा पर्याप्त लाइट नभएको अवस्थामा पनि राम्रो फोटो खिच्न सकिने कम्पनीले जनाएको छ। एस २२ अल्ट्रामा सामसङको हालसम्मकै सर्वाधिक ठूलो पिक्सल सेन्सर २.४ युएम पिक्सल सेन्सर रहेको छ। फोनमा रहेको सिसा लेन्सले कुनै चमक बिना नै रातमा पनि स्पष्ट भिडियो खिच्न सकिने कम्पनीले जनाएको छ।
फोनमा १०० गुणा स्पेस जुम र डुअल टेलिलेन्सयुक्त क्वाड्रुपल लेन्स क्यामराका साथ निर्माण गरिएको छ।
‘ग्यालेक्सी एस २२ अल्ट्रामा रहेको एस पेन, अँध्यारोमा फोटो खिच्ने क्षमता र एक दिनभन्दा बढी टिक्ने ब्याट्रीका साथ उपलब्ध छ। ग्यालेक्सी एस २२ सिरिजमा कन्टेन्ट सिर्जना गर्नेदेखि फोटो/भिडियो खिच्न उत्कृष्ट छ,’ सामसङ मोबाइल नेपालका बिजनेस प्रमुख प्रणयरत्न स्थापितले भने।
एस २२ अल्ट्राको प्रि-अर्डरमा ग्यालेक्सी बड्स २ सित्तैमा वा ग्यालेक्सी वाच ४ क्लासिक ४६ एमएम २७ हजार रुपैयाँमा वा ग्यालेक्सी वाच ४ ४० एमएम १३ हजार रुपैयाँमै पाउन सकिने कम्पनीले जनाएको छ।
एस २२ प्लस
एस २२ सिरिजमा सामसङले सार्वजनिक गरेको अर्को स्मार्टफोन हो एस २२ प्लस। ८ जीबी र्याम र २५६ जीबी स्टोरेजमा मात्रै उपलब्ध हुने एस २२ प्लसको मूल्य नेपालमा एक लाख ३० हजार रुपैयाँ पर्ने स्थापितले जानकारी दिए।
एस २२ प्लस पनि तीनवटै रङमा उपलब्ध हुने बताइएको छ। फ्यान्टम ब्ल्याक, फ्यान्टम ह्वाइट र पिङ्क गोल्डमा एस २२ प्लस पाइनेछ।
ग्यालेक्सी एस २२
एस २२ सिरिजको बेस मोडल ग्यालेक्सी एस २२ एउटा भेरियन्टमा उपलब्ध हुनेछ। एस २२, ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। जसको मूल्य सामसङले एक लाख १३ हजार रुपैयाँ तोकेको स्थापितले जानकारी दिए।
एस २२ तीनवटा रङहरु फ्यान्टम ब्ल्याक, फ्यान्टम ह्वाइट र पिङ्क गोल्डमा उपलब्ध हुने कम्पनीले जनाएको छ। ग्यालेक्सी एस २२ प्लस र एस २२ को प्रि-अर्डरमा ग्यालेक्सी बड्स २ तीन हजार रुपैयाँ वा ग्यालेक्सी वाच ४ क्लासिक ४६ एमएम ३० हजार रुपैयाँ वा ग्यालेक्सी वाच ४, ४० एमएम १६ हजार रुपैयाँमै पाउने कम्पनीले जनाएको छ।
प्रि-अर्डर फागुन ११ देखि सुरु भएर फागुन २५ सम्म रहने सामसङले जनाएको छ। सामसङले एस २२ सिरिजमा प्रयोग भएका सामाग्रीहरु पुन:प्रशोधित गरी निर्माण गरेको जनाएको छ। ग्यालेक्सी एस २२ सिरिजको कि ब्राकेट र एस पेनको भित्री खोल २० प्रतिशत पुन:प्रशोधित माछा मार्ने जालबाट बनाइएको जनाएको छ। प्याकेजिङलाई शतप्रतिशत प्रशोधित कागज र प्लाष्टिकबाट बनाइएको छ।
फोन मासिक किस्ता (इएमआई) तिरेर किन्नका लागि सामसङले १३ वटा वाणिज्य बैंक र दुई सहकारी संस्थासँग साझेदारी गरेको छ। मासिक ६३ सय रुपैयाँबाट सुरु हुने गरी सामसङले इएमआई सुविधा ल्याएको छ। सासमङले एक वर्षसम्मका लागि नि:शुल्क ब्रेकेज इन्योरेन्सको सुविधा पनि दिने कम्पनीले जनाएको छ।