एजेन्सी । चीनको विद्युतीय गाडी निर्माण गर्ने कम्पनी बीवाईडीले २०२२ को वर्ष भारी बिक्रीका साथ सुरु गरेको छ ।
वर्षको पहिलो महिना जनवरीमा मात्र बीवाईडीले चीनभर ९२ हजार ९ सय २६ युनिट विद्युतीय गाडीहरु बिक्री गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो २६८ प्रतिशतको वृद्धि हो ।
पछिल्लो आठ महिनायता बीवाईडीले लगातार ठूलो परिमाणमा गाडी बिक्री गरेर रेकर्ड बनाउँदै आइरहेको छ । गत डिसेम्बरमा कम्पनीले ९२ हजार ८ सय २३ ओटा युनिट बिक्री गरेको थियो । यो त भयो प्लग इन विद्युतीय गाडीको तथ्यांक ।
यसबाहेक बीवाईडीले २ हजारभन्दा धेरै नन प्लग इन विद्युतीय गाडीहरु पनि बिक्री गरेको थियो । तर, यो कम्पनीको कुल बिक्री परिमाणको २ प्रतिशत मात्र हो ।
बीवाईडीले २०२१ को डिसेम्बरमा ४६ हजार ३ सय ८७ वटा ब्याट्रीबाट चल्ने विद्युतीय गाडी बिक्री गरेको छ जुन अघिल्लो वर्षको तुलनामा २२१ प्रतिशतको वृद्धि हो ।
यसबाहेक सोही समयमा कम्पनीले ४६ हजार ५ सय ३९ ओटा प्लग इन हाइब्रिड विद्युतीय गाडी पीएचईभी बिक्री गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा ७६१ प्रतिशतको वृद्धिदर थियो ।
२०२१ म कम्पनीले चीनभर ५ लाख ९३ हजार ७ सय ४५ ओटा प्लग इन कार बिक्री गरेको थियो जुन आफैमा एउटा नयाँ रेकर्ड हो ।
बीवाईडीको तथ्यांक अनुसार प्लग इन कार बाहेक बीवाईडीले गत महिना २ सय ४२ ओटा कमर्सियल विद्युतीय गाडी बस तथा ट्रकहरु डेलिभर गरेको थियो । समग्रमा कम्पनीले २०२१ म कूल १० हजार ३८ ओटा कमर्शियल ईभीहरु बिक्री गरेको थियो ।
बीवाईडीको सबैभन्दा धेरै बिक्री हुने मोडलमा बीवाईडी क्युन प्लस डीएम पीएभईभी रहेको छ जुन १८ हजार ४ सय ४९ युनिट बिक्री भएको थियो ।