काठमाडौं । विद्युत व्यापारका लागि नेपाल र भारतबीच थप दुइवटा ४०० केभी क्षमताको अन्तरदेशिय प्रसारण लाइन निर्माण हुने भएको छ ।
सुनसरीको इनरुवादेखि भारतको पूर्णियासम्म र कैलालीको लम्की (दोदोधारा) देखि भारतको बरेलीसम्म ४०० केभी प्रसारण लाइन निर्माणको तयारी हुन लागेको हो ।
थप दुइवटा लाइन निर्माण गर्न सप्लिमेन्ट प्रतिवेदन तयार भइसकेको छ । सो प्रतिवेदन बिहीबार हुने नेपाल–भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा पेश हुने बैठकमा पेश हुने भएको छ । सचिवस्तरिय बैठकले पारित गरेपछि प्रसारण लाइनको काम अघि बढने छ ।
यसअघि धनुषाको ढल्केबरदेखि भारतको मुज्जफपूरसम्म ४०० केभी प्रसारण लाइन सञ्चालनमा आइसकेको छ । १२०० मेगावाट बिजुली आदनप्रदान हुने सो प्रसारण लाइनबाट साढे ३०० मेगावाट बिजुली प्रवाह हुँदै आए पनि यसलाई बढाएर ६०० मेगावाट पुर्याउने प्रस्ताव बैठकम हुने ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय स्रोतले बतायो ।
यस्तै रुपन्देहीको बुटबलदेखि भारतको गोरखपुरसम्म ४०० केभी प्रसारण लाइन निर्माणको चरणमा प्रवेश गरेको छ । यो प्रसारण लाइन बनेपछि नेपालबाट बढी हुने ३ हजार मेगावाटसम्म बिजुली बिक्रीको प्रस्ताव नेपालले गर्ने भएको छ ।
बुधबार सहसचिवस्तरिय बैठकले प्रतिवेदन तयार पारेपछि बिहीबार सचिवस्तरिय बैठकले अन्तिम रुप दिने भएको छ । नेपालको तर्फबाट सहसचिव चिरन्जीवी चटौत र भारतका ऊर्जा मन्त्रायलका सहसचिव घनश्याम प्रसादले नेतृत्व गर्ने भएका छन् । बिहीबार ऊर्जासचिव देवेन्द्र कार्की र भारतीय समकक्षी आलोककुमारबीच सचिवस्तरिय वार्ता हुनेछ ।
विसं २०७६ असोज २७ र २८ गते संयुक्त निर्देशक समितिको बैठकमा भारतको बैंगलोरमा भएको थियो ।बुधबारको बैठकमा सहसचिवस्तरीय समितिले एजेण्डा तय गर्नेछ । बिहिबार भने सचिवस्तरीय बैठक हुनेछ ।
विसं २०७६ मा भारतको बैंगलोरमा भएको बैठकमा पहिलो अन्तरदेशीय ढल्केबर मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि, भारतीय ग्रीड प्रयोग गरी नेपाल र बंगलादेशबीच विद्युत आदान प्रदानलगायत नौवटा विषयमा छलफल भएको थियो ।