काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आज ३४ औं वर्ष पूरा गरी ३५ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३५ औं वार्षिक उत्सव विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा विशेष रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ । जसमा ५० भन्दा बढी कम्पनी कर्मचारीहरूको सहभागिता थियो ।
देशभरमा ३४ वटा वृद्ध आश्रमहरूमा खाना खुवाउने कार्यक्रम आयोजनासमेत सम्पन्न गरिएको छ । यसैगरी कर्मचारीहरू माझ विभिन्न खेलकुद कार्यक्रम सम्पन्न गरिएको छ । कोभिड–१९ का कारण औपचारिक रूपमा जमघट हुने गरी कुनै पनि कार्यक्रम गरिएन ।
नेपालको अग्रणी जीवन बिमा कम्पनीको रुपमा स्थापित यो कम्पनीले विगत वर्ष सरह चालू वर्षमा राम्रो व्यावसायिक प्रगति गरेको छ । यही आर्थिक वर्षको मुनाफाबाट कम्पनीले सेयरधनीहरूलाई १९ प्रतिशत बोनस सेयर र एक प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव आगामी साधारण सभामा लगिएको छ ।
कम्पनीको जीवन बिमा कोषमा ५० अर्ब रुपैयाँको हाराहरीमा रकम जम्मा भएको छ । कम्पनीले चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा आफ्ना बीमितलाई उत्कृष्ट बोनस दर दिन सफल भएको छ । कम्पनीले यस आर्थिक वर्षका लागि बीमितलाई न्यूनतम प्रतिहजार ६४ रुपैयाँदेखि अधिकतम् प्रतिहजार ८५ रुपैयाँसम्म दिएको सहर्ष जानकारी गराउछौं । कम्पनीले चालू वर्षमा शाखा कार्यालयमा आफ्नो भवन निर्माण गर्ने प्रक्रियासमेत अघि बढाएको छ ।
कम्पनीको ३५ औं वार्षिकोत्सवको अवसरमा कम्पनी प्रतिविश्वासका साथ सहकार्य गर्ने सम्पूर्ण ग्राहक, कर्मचारी, अभिकर्ताहरू एवं शुभेच्छुकहरू प्रति हार्दिक आभार व्यक्त गर्छौं । साथै नियामक निकायलगायत अन्य सम्बन्धित संस्थाहरूबाट प्राप्त मार्गदर्शन र सहयोगका लागि कृतज्ञता व्यक्त गर्छाैं ।