काठमाडौं । नेपालका लागि सुजुकी चारपांग्रे सवारी साधनको आधिकारिक वितरक तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन, सीजी मोटक्रपले सबैभन्दा धेरै इन्धन प्रभावकारी पारिवारिक कार, सुजुकी सेलेरियो सार्वजनिक गरेको छ ।
सर्वाधिक माइलेज दिने सो गाडीको लो कस्टका कारण, बढ्दो पेट्रोलेयम पदार्थको मूल्यवृद्धि भारबाट केही राहत मिल्ने कम्पनीको बिश्वास रहेको छ । नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फर्स्ट–इन–सेगमेन्ट सुरक्षा, र सुविधायुक्त सुविधाहरू भएको कम्पनीले जनाएको छ ।
सेल्स एण्ड मार्केटिङका महाप्रबन्धक सिराज पन्तका अनुसार सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो । न्यू–जेनेरेसन सेलेरियोमा अझै धेरै माइल, बिना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर रहेको छ । साथै यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित र उत्साहित गर्नेछ ।
स्टाइलिस, लाइभ्ली, एक्टिभ एन्ड अर्बन एक्स्टेरियर डिजाइन
अल न्यु सेलेरियो अर्गानिक स्कल्प्ड डिजाइनका साथै गतिशील स्ट्यान्स प्रदान गर्दछ । स्टाइलिस थ्रिडी अर्गानिक स्कल्प्ड डिजाइनले बजारमा कम्प्याक्ट ह्याचब्याक खण्डलाई पुनः परिभाषित गर्ने कम्पनीले जनाएको छ ।
एनिमेटेड स्वीपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिलले यसको ताजा उत्साहजनक डिजाइन सिग्नेचरलाई जोड दिन्छ । १५ (३८.०२ सेन्टीमिटर) अर्बन कालो अग्लो पांग्रा र अगाडिको फग ल्याम्पले यसमा जीवन्त शैलीको आकर्षण थप्दछ ।
इनर्जेटिक एन्ड स्पेसियस इन्टेरियर्स विथ स्विपिङ डिजाइन एलिमेन्ट्स
नयाँ सेलेरियोलाई थप आरामको लागि ऊर्जावान र फराकिलो केबिन विचारपूर्वक विचार गरिएको छ ।
स्वीपिङ क्यारेक्टर लाइनहरू र अर्गानिक स्कल्प्टेड थ्रीडी इन्स्ट्रुमेन्ट प्यानलले नयाँ सेलेरियोलाई अझै प्रिमियम फिल दिएको छ । उज्यालो क्रोम एक्सेन्टसहितको ट्विन स्लट सेन्टर एसी भेन्टिलेसन, बोल्ड ब्यारेल–थीम साइड एयर भेन्ट्सले भित्री डिजाइनलाई थप आकर्षक बनाएको छ ।