भारतीय अर्बपति मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजले एडभर्ब टेक्नोलोजीलाई १ बिलियन डलर अर्थात् झन्डै १ खर्ब २० अर्ब रुपैयाँको अर्डर दिएकाे छ ।
यो अर्डर फाइभ–जी टेक्नोलीजीसम्बन्धी रोबटका लागि हो ।
कम्पनीले यसको प्रयोग रिलायन्सको जामनगर रिफाइनगरीमा गर्ने योजना बनाएको छ ।
रिलायन्सले केही समयअघि मात्रै रोबोटिक्स स्टार्टअप एडभर्ब टेक्नोलोजीको ५४ प्रतिशत सेयर खरिद गरेका छन् । यो डिल रिलायन्स रिटेल भेन्चर्स लिमिटेडमार्फत १३२ मिलियन डलर अर्थात् १५७६ करोडमा गरिएको थियो ।
फाइभ–जीसम्बन्धी एक्सपेरिमेन्ट पनि गर्ने
समाचार अनुसार रिलायन्सले यी रोबटद्वारा फाइभ–जीसँग जोडिएका विभिन्न एक्सपेरिमेन्ट पनि गर्नेछ । एडभर्बका डायनेमो २०० रोबट पहिलेदेखि नै जामनगरको रिफाइनरीमा इन्ट्रा–लजिस्टिक अपरेसनमा प्रयोग भइरहेका छन् । उल्लिखित सबै रोबट फाइभ–जीसँग जोडिएका छन् । जसलाई अहमदावादस्थित रिमोट सर्भरद्वारा कन्ट्रोल गरिन्छ । यसका लागि एडभर्बको फ्लिट म्यानेजमेन्ट सिस्टम लिजनको प्रयोगसमेत गरिन्छ ।
एडभर्बको योजना
रिलायन्सले सेयर खरिद गरेपछि स्टार्टअप कम्पनीले यो डिलबाट आफूलाई अमेरिका/युरोपमा जान सजिलो हुने बताएको थियो । साथै रिलायन्सबाट प्राप्त रकमले एउटै लोकेसनमा विशाल रोबोटिक्स मेनुफ्याचरिङ प्लान्ट राख्न पनि सहयोग पुग्नेछ ।
कम्पनीले अहिले अस्पताल तथा विमानस्थलमा रोबट तैनाथ गर्ने योजनामाथि काम गरिरहेको छ । यो सम्झौतापछि यसमा निकै वृद्धि हुने बताइएको छ ।
नोएडामा एडभर्बको प्लान्ट
रिलायन्सले सेयर खरिद गरेपछि एडभर्बको भ्यालुएसन २६.५ बाट २७ करोड डलर पुगेको छ । उक्त कम्पनीले अहिले नोएडामा प्रत्येक वर्ष १० हजार रोबट उत्पादन गर्ने गरी काम गरिरहेको छ ।
एडभर्बले पहिलेदेखि नै रियालन्स रिटेललाई सहुलियत दिँदै आइरहेको छ । अब ठूलो परिमाणमा रोबटको प्रयोग रिलायन्सका विभिन्न उपक्रममा हुने बुझिएको छ ।