काठमाडौं । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिसहोम फाइबरनेटले काठमाडौंमा एकैदिनमा चारवटा सोरुम उद्घाटन गरेको छ ।
बूढानीलकण्ठ र बानियाँटारमा रहेको एलेक्स् इम्पेक्स्, बलम्बुमा रहेको बलम्बु टिभी हाउस र नक्सालमा रहेको बी इन्टरप्राइजेजको उद्घाटन छुट्टाछुट्टै कार्यक्रम गरेर डिसमिडिया नेटवर्कका बिक्री महाप्रबन्धक रमेश सापकोटाले गरे ।
सो कार्यक्रममा डिसमिडिया नेटवर्कका नेसनल सेल्स म्यानेजर मनोज शर्मा, रिजनल सेल्स म्यानेजर जसबहादुर गुरुङ, एरिया सेल्स म्यानेजर उज्जल न्यौपाने, सिनियर सेल्स अफिसर राम शिलाकार र मदन सापकोटा, सेल्स अफिसर रविन थापा र सागर जोशी तथा ब्राण्ड अफिसर दिनेश रतन र अनिल ठाकुरको उपस्थिति थियो ।
त्यस्तै सीएम ट्रेडिङका सेल्स म्यानेजर सुनिलबाबा भट्ट, सेल्स अफिसर बिक्रम लामाको उपस्थिति रहेको थियो भने स्टोम नेटवर्क तर्फबाट मंगल गुरुङ र रमेश केसी उपस्थित थिए ।
एलेक्स ईम्पेक्सको संचालन रामकुमार श्रेष्ठ र केशव कोईराला, बलम्वु टिभी हाउसको सञ्चालन प्रभात भट्टराई र बी इन्टरप्राइजेजको संचालन आकाश मानन्धरले गर्नेछन् ।
बिगत लामो समयदेखि डिशहोमसँग सहकार्य गर्दै आएका डिसहोम डिलर दाइहरुले अब छुट्टै सोरुममार्फत डिसहोम र डिसहोम फाइबरनेटको नयाँ कनेक्सन, रिचार्ज तथा फण्ड ट्रान्स्र्फर, सेट टप बक्स तथा राउटर एक्सचेन्ज, रिलोकेसनलगायत विक्रीपछिको सम्पूर्ण सेवाहरु नयाँ सोरुममार्फत प्रदान गर्ने जानकारी सोरुम सञ्चालकहरुले दिएका छन् ।