काठमाडौं । एनआईसी एसिया बैंकले ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजनामा उपलब्ध १० लाख रूपैयाँ बराबरको घातक रोग बिमा रकम खातावालालाई भुक्तानी गरेको छ ।
बैंकको काठमाडौंस्थित बत्तीसपुतली शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत योजनाअन्तर्गतको ‘डायमण्ड श्रेणी’ को खाता खोलेका काठमाडौं निवासी ३६ वर्षीय श्यामप्रसाद पन्तलाई घातक रोगको उपचार बिमाबपत १० लाख रूपैयाँ बिमा रकम भुक्तानी गरिएको हो ।
बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । खातावालालाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा उक्त बिमा रकम भुक्तानी गरिएको छ । यस बैंकको बिमासहितको बचत खाताअन्तर्गत हालसम्म देशभरका ७ सय जनाभन्दा बढी ग्राहकले बिमाबापत रू. ४ करोड ३० लाख रूपैयाँभन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।
आम जनमानसको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी बैंकको निक्षेप योजनाहरूलाई सोही अनुरुप निरन्तर रुपमा थप ग्राहकमैत्री, प्रभावकारी नीति तथा रणनीति रहेअनुरुप बैंकले ‘सर्वश्रेष्ठ बचत खाता’ योजनाको गुडविल एम्बेसडर श्रेणी अन्तर्गत ५ वर्षको लागि खातावाला एवं निजले मनोनित गरेका ३ अन्य व्यक्तिहरूको प्रतिव्यक्ति २१ लाख रूपैयाँसम्मको गरी कुल ८४ लाख रूपैयाँसम्मको बिमा फाइदाको व्यवस्था गरिएको छ ।
साथै, यस निक्षेप योजना अनुसार ग्राहकले प्राप्त गर्ने ३ बिमासम्बन्धी फाइदाहरू, ३ कर्जा सम्बन्धी फाइदालगायत डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, लकर सेवा, एटिएम लगायत १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू नेपालको बैंकिङ क्षेत्रमै पहिलो पटक ५ वर्षको लागि पूर्ण रुपमा निःशुल्क रहने व्यवस्था बैंकले गरेको छ ।