काठमाडौं । हाइटेक इन्जिनियरिङ प्रालिले काठमाडौंमा डिजिस्टोरको दोस्रो मल्टिब्रान्ड स्टोर सुरुवात गरेको छ । आइतबार काठमाडौंको सुकेधारामा सूचना प्रविधि तथा लाइफस्टाइलका विभिन्न प्रडक्टहरु उपलब्ध गराउने गरी स्टोरको सुरुवात गरेको हो । कम्पनीले यसअघि बालुवाटरमा स्टोर सञ्चालनमा ल्याएको थियो । यसैगरी बिराटनगरमा यसअघि नै दुई स्टोरहरु सञ्चालनमा छन् ।
सुकेधारमा डिजिस्टोर आउटलेट सुरु गर्दै कम्पनीका अध्यक्ष अरुण बंशलले कोभिड-१९ को कारण केही ढिलोगरी स्टोर सुरु गरिएको तर अबको ६ महिनामा काठमाडौंका ६ स्थानमा स्टोर सञ्चालनमा आउने बताएका छन् । काठमाडौं बाहिर धरानमा यसै महिना डिजिस्टोर सञ्चालन हुने उनले जानकारी दिए ।
कम्पनीले विगत २५ वर्षदेखि डिजिकम ब्रान्डका प्रडक्टहरु नेपालमा बिक्री वितरण गर्दै आइरहेको छ । नेपाली ब्रान्डको रुपमा स्थापित डिजिकमका राउटर, सिसि क्यामेरा, एसी, एक्सेसरिज र अन्य आइटीका प्रडक्टहरु नेपाली बजारमा उपलब्ध छन् ।
यसैगरी कम्पनीले इन्नोभेटिभ र लाइफस्टाइल प्रडक्टहरु विस्तार गरिरहेको छ । डिजिस्टोरमा डिजिकम बाहेक अन्य ब्रान्डहरु प्रडक्ट, मोबाइल एसेसरिज, ल्यापटपलगायतका दर्जनौ प्रडक्टहरु उपलब्ध छन् । यसैगरी कम्पनीले होम एप्लायन्सेसका प्रडक्टहरु पनि उपलब्ध गराउने जनाएको छ ।
डिजिटल र अन्य प्रडक्टहरु सहितको डिजिस्टोर एक आधुनिक स्टोर हो, जहाँँ सामान किन्नमात्रै नभएर वास्तविक रुपमा प्रविधिका नयाँ डक्टहरुबारे अपडेट पनि लिन सकिन्छ ।
स्टोरका सामानहरु डिजिस्टोर डटकम डटएनपीमार्फत पनि अर्डर गर्न सकिनेछ । डिजिस्टोरलाई देशैभरि सेवा विस्तार गर्नेगरी काम गरिरहेको कम्पनीका अध्यक्ष बैशलले जानकारी दिए ।