भिभोले जापानी विज्ञ टोलीसँगको साझेदारीमा टोक्यो आरएन्डी सेन्टर स्थापना गरेको छ ।
भिभो टोक्यो आरएन्डी सेन्टरका प्रमुख मासाजुमीले यसका बारेमा थप तथ्य अनावरण गरेका छन्।
भिभो टोक्यो आरएन्डी सेन्टरको परिचय
भिभो टोक्यो आरएन्डी सेन्टर सन् २०१९ मा टोक्योको सिम्बासीमा स्थापना भएको हो । यो २ वर्षपछि प्रयोग हुन सक्ने प्रविधिको पूर्वअनुसन्धान तथा विकासमा केन्द्रित छ।
यो केन्द्रले किन २ वर्ष अगावै पूर्वअनुसन्धान गर्छ ? अनुसन्धान केन्द्रका लागि टोक्यो नै किन छानियो ? यी प्रश्नका उत्तर पाउन यो सेन्टर स्थापना हुनुअघि सन् २०१७ मा फर्कनु आवश्यक हुन्छ ।
त्यस वर्ष मोबाइल फोनको बजार नयाँ र पुराना ब्रान्डबीच व्यापक प्रतिस्पर्धासहित तीव्र गतिमा वृद्धि हुँदै थियो।
यो प्रतिस्पर्धा बजारीकरणबाट प्रविधिमा सरेपछि व्यापार तथा निर्माण क्षेत्रले प्रयोगमा ल्याउने ‘ग्लोबलाइजेसन’ शब्द आरएन्डी क्षेत्रमा पनि देखापर्न थाल्यो। त्यसै वर्ष भिभोले एक कदम अघि बढाउँदै आफ्नो ग्लोबल आरएन्डी सेन्टर स्थापना गर्ने निर्णयको घोषणा गर्यो।
यो रणनीतिपछाडिको उद्देश्य विभिन्न आरएन्डी कार्यका लागि विश्वका फरक फरक ठाउँमा बहुमूल्य स्रोतसाधनलाई परिचालन गर्नु हो । भिभो टोक्यो आरएन्डी सेन्टर यसै रणनीतिअनुरुप स्थापना भएको हो।
‘जापानसँग मोबाइल इमेजिङ प्रविधि विकासको सय वर्षको इतिहास छ भने यसले फिल्म अर्थात् रीलबाट लेन्स, सेन्सर तथा मोटरलगायत डिजिटल इमेजिङको क्षेत्रमा फड्को मारिसकेको छ।’ मासाजुमीका विचारमा मोबाइल क्यामरा प्रविधि मजबुत तथा निखारिएको इमेजिङ उद्योगमार्फत् सम्भव हुने भएकाले टोक्योमा आरएन्डडी सेन्टर हुनु निकै ठूलो उपलब्धि हो।
टोक्यो आरएण्डडी सेन्टर अगाडि बढ्दै जाँदा यसले आफ्नो प्राथमिकता मोबाइल फोन इमेजिङबाट विस्तार गरेर कार क्यामरा, स्पोट्र्स क्यामरा तथा औद्योगिक क्यामराजस्ता अझ गहन क्षेत्रमा पुर्याएको छ।
यी प्रविधिहरु अन्य बजारमा पूर्णरुपमा आइनसकेका हुन सक्छन्। तर, भिभोको सिग्नेचर गिम्बल क्यामरा सार्वजनिक भएपछि तथा भिभोको वैश्विक निर्माण क्षेत्रहरुको पूर्णतापछि माथि उल्लिखित प्रविधिहरुको व्यावहारिकतारप्रयोगको प्रतीक्षा गर्न सकिन्छ ।
भविष्यका लागि उपभोक्ताको आवश्यकतासम्बन्धी भिभोको खाकाको सार
भिभोको कर्पोरेट कल्चरमा रहेको उपभोक्तामुखी हुनुपर्ने मुख्य नीतिले नै भिभोको आरएन्डीको कामलाई मार्गनिर्देश गर्दछ। चाहे गिम्बल क्यामरा होस् वा भी १ इमेजिङ चिप यी सबै भिभोको अन्तरंग तथा उपभोक्ताको आवश्यकताको समग्र समीक्षामा आधारित छन् ।
वर्तमान डाटा तथा प्रविधिको प्रवृत्तिबारे मुख्यालयसँग कुराकानी गर्दै मासुजामीले भने, ‘हामी अहिले अधिकांश समय अनलाइन बैठकमा भर पर्ने गरेको भए पनि हामी अझ बढी संवाद गर्छैं र सूचना आदानप्रदान पहिलेभन्दा अझ बढी सरल हुँदै गएको छ।’