काठमाडौं । काठमाडौं-१४ कलंकीमा मञ्जुश्री फाइनान्सले नयाँ शाखाको शुभारम्भ गरेको छ । नयाँ बानेश्वरमा मुख्य कार्यालयसँगै न्युरोड, बुटवल, भैरहवा धनगढी, हाकिमचौक भरतपुर, इटहरी, विराटनगर, झुम्का वजार, विराटचोक, नेपालगञ्ज, धरान, पोखरा, वीरगञ्ज, मुर्गिया, योगीकुटी, मणिग्राम, गैंडाकोट, टाँडी, पर्सावजार, इनरुवा, चाबहिल र गोंगबुमा गरी २३ वटा शाखा छन् । अब थप १ शाखासहित २४ पुगेको छ ।
पुस मसान्तसम्म १ अर्ब ३५ करोड रूपैयाँ चुक्ता पुँजी एवं ५० करोड रूपैयाँ डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले ११.६३ अर्ब रूपैयाँ निक्षेप संकलन गरी ११.०२ अर्ब रूपैयाँ कर्जा परिचालन गरेको छ । साथै, यस फाइनान्सले विप्रेश्षण, मोबाइल बैंकिङ र एटीम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक व्याजदरको सुविधा दिएको छ ।