काठमाडौं । काठमाडौं इन्फ्रा सोलुसनले विश्वप्रसिद्ध कोलम्बिया कंक्रिट ब्लक पेभर मेकिङ मेसिन भित्र्याएको छ ।
लामो समयदेखि कन्स्ट्रक्सन ,कंक्रिट र इन्डस्ट्रियल मेसिन तथा इक्युपमेन्टको आयात गरी बिक्री वितरण गर्दै आइरहेको सोलुसनले कोलम्बिया कंक्रिट ब्लक मेसिनको बिक्री सुरु गरेको हो ।
विश्वप्रसिद्ध ब्रान्डलाई नेपाली बजारमा भित्र्याउन पाउँदा खुसी लागेको सोलुसनका प्रबन्ध निर्देशक कमल कार्कीको भनाइ छ । अमेरिकाको विश्वप्रसिद्ध कंक्रिट ब्लक÷पेभर मेकिङ मेसिन कोलम्बिया मेसिन इन्जिनियरिङ (इन्डिया) प्रालिको आधिकारिक बिक्रेता बनी मेसिनलाई नेपाली बजारमा भित्र्याउन सफल भएको उनको भनाइ छ ।
मेसिनको दैनिक ८ घन्टामा ४५ सयदेखि ३० हजार युनिटसम्म उत्पादन क्षमता छ । यो मेसिनले विश्वस्तरीय विभिन्न कंक्रिटका उत्पादनहरु; हलो सलिड ब्लक, ब्रिक पेभर, फ्लाइ एस ब्रिक, कर्भ स्टोन, रिटेनिङ वाल ब्लकलगायतका दसभन्दा बढी विभिन्न सामान उत्पादन गर्नेछ ।
अमेरिकाको कोलम्बिया राज्यको भेन्कोभर, पोल्यान्ड, ब्राजिल र एसियाको गुजरात भारतमा मेसिन उत्पादन हुँदै आइरहेको छ । कोलम्बिया अमेरिकाको शतप्रतिशत स्वामित्वमा रहेको यो मेसिन विश्वभर प्रसिद्ध छ । यसले विश्वको सबै प्रकारका गुणस्तरीय मान्यताहरु प्राप्त गरेको कम्पनीको दाबी छ ।
हाल नेपालमा यो मेसिन ३ वटा भित्रिएको कार्कीले जानकारी दिए । सोलुसनले मेसिनलाई नेपालभरि पुग्ने गरी बिक्री वितरणको व्यवस्था मिलाएको छ ।
यस्तै कोलम्बियाकै अर्काे उत्पादन कोलम्बिया पेलेटाइजरसहित भाइब्रेन्ट कन्स्ट्रक्सन इक्युपमेन्ट हैदरावादका आस्फाल्टसम्बन्धी सम्पूर्ण मेसिन तथा आरएमसी रेडिमिक्स कंक्रिट ब्याचिङ प्लान्ट, क्रसर तथा मिक्स्चरहरुको बिक्री वितरण गर्दै आइरहेको छ ।
साथै काठमाडौं इन्फ्रा सोलुसनको भगिनी संस्था काठमाडौं डिजल कन्सर्नले विश्वप्रसिद्ध अमेरिकन साउन्ड प्रुफ जेनेरेटर कमिन्स ज्याक्सनको पनि बिक्री वितरण विगत १५ वर्षदेखि गर्दै आइरहेको छ ।
निकट भविष्यमा नेपालको समग्र उत्पादनमुखी उद्योग क्षेत्रलाई समेट्ने विभिन्न मेसिनहरु पनि उपलब्ध गराउने तयारीमा रहेको सोलुसनले बताएको छ ।