काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका छन् । ४ महिनाभन्दा बढी समयदेखि नेतृत्वविहीन बोर्डको अध्यक्षमा बिहीबारको मन्त्रिपरिषद् बैठकले हमालाई नियुक्त गरेको हो ।
इन्भेस्टमेन्ट म्यानेजमेन्टमा दख्खल राख्ने हमालसँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हस्पिटालिटी, रियल इस्टेटलगायतका क्षेत्रमा २९ वर्ष काम गरेको अनुभव छ । क्षेत्रीय कार्यालय बैंककमा (१९९९–२००० सम्म) युनाइटेड नेसन्स इन्भाएरोमेन्ट प्रोग्रामअन्तर्गत काम गरेका उनीसँग बैंककस्थित नै ब्रिटिस इन्भेस्टमेन्ट कन्सल्टेन्सी तथा ग्रिन हेरिटेज ग्रुप अफ कम्पनीमा पनि काम गरेकाे अनुभव छ ।
लामो समय बैंकक, थाइल्यान्डमा बिताएका हमाल पछिल्लो ३ वर्षदेखि भने नेपालमै छन् ।
धनगढी स्थायी घर भई भैंसेपाटी ललितपुर बस्दै आएका हमालले इलेक्ट्रिक इन्जिनियरिङ (१९८५–१९८९) मा जमसेधपुर इन्डियाबाट स्कलरसिपमा ब्याचलर्स उत्तीर्ण गरेका उनले फुल स्कलरसिपमा १९९१–१९९९ सम्म एसिएन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) बैंकक थाइल्यान्डबाट इन्टरनेसनल बिजनेस एन्ड फाइनान्समा एमबीए गरेका छन् ।
हमाल विभिन्न ४५ देशहरुमध्येबाट १९९८ मा एआईटी विद्यार्थी युनिनको प्रेसिडेन्टसमेत बनेका थिए ।
हमालसँग विभिन्न क्षेत्रमा २९ वर्ष काम गरेको अनुभव छ । विगत १५ वर्षदेखि विभिन्न पोजिसन रही काम गर्दै आएका हमाल चिफ फाइनान्सियल एनालिस्ट, चिफ अपरेटिङ अफिस र सीईओसमेत भइसकेका छन् । हाल उनी ओमस्टोन एसिया नेपालका कार्यकारी अध्यक्ष हुन् ।
यस्तै धुलिखेलस्थित पाँचतारे अन्तर्राष्ट्रिय होटल दुसित थानी रिसोर्टका लगानी तथा विकासकर्ता हुन् ।
सामाजिक रूपमा हमाल दुईपटकसम्म एनआरएन थाइल्यान्डका प्रेसिडेन्टसमेत बनेका थिए । उनी नेपाल च्याम्बर अफ कमर्स, बैंकका पूर्वउपाध्यक्षसमेत हुन् ।