आजको समय इन्टरनेटको हो । यसकै प्रयोगले आज हरेक मान्छेको खल्तीमा सिंगो संसार अटाइरहको छ । सामाजिक सञ्जालको प्रयोग व्यापक हुन थालेको छ । यसैलाई मान्छेहरुले राम्रो आम्दानीको स्रोत बनाइरहका छन् । यसैमध्येको एक हो, युट्युब ।
पछिल्लो समय मानिसको रुचि युट्युबतिर बढेको छ । गीत–संगीत, फिल्मदेखि समाचार, खेलआदि विभिन्न कार्यक्रमहरु युट्युबाटै हेरिन थालेका छन् । कतिपयले त यसलाई राम्रो आम्दानीको स्रोतसमेत बनाइरहेका छन् ।
नेपालमा पनि राम्रो कमाइ गर्ने युट्युबर नभएका होइनन् । तर, यति बेला यहाँ भारतीय टप ५ करोडपति युट्युबरबारे कुरा गर्दैछौं ।
१. गौरव चौधरी
युट्युबमा गौरवी एउटा च्यानल छ, टेक्निकल गुरुजी नामबाट । उक्त च्यानलमा टेक्नोलोजीसम्बन्धी जानकारीका साथै विभिन्न मोबाइलको रिभ्यूबारे पनि जानकारीमूलक खुराक पाइन्छ । यसमा हालसम्म २ करोड १९ लाख सब्सक्राइबर्स छन् । चौधरीको कुल नेटवर्थ करिब ५२१ करोडबराबर छ ।
२. अमित भडाना
भडानाको आफ्नै नामको युट्युब छ । जसमा झन्डै २ करोड ३७ लाख सब्सक्राइबर्स छन् । सन् २०२१ को आँकडाअनुसार भडानाको सम्पत्ति कुल ४७ करोड रुपैयाँ छ ।
३. निशा मधुलिका
उत्तर प्रदेशमा सन् १९५९ मा जन्मिएकी मधुलिका इन्डियन सेफ र रेस्टुरेन्ट कन्सल्टेन्ट हुन् । यसबाहेक उनको परिचय युट्युबरको पनि हो । उमेरले ६२ पुगेकी मधुलिकाको युट्युब च्यानलमा १ करोड २३ लाख सब्सक्राइबर्स छन् ।
उनको कुल नेटवर्थ झन्डै ५३ करोडबराबर छ ।
४. आशिष चंचलानी
युट्युबमा चंचलानीको आशिष चंचलानी वाइन्स नामबाट एउटा च्यानल छ । मान्छेहरुले उनको च्यानललाई निकै रुचाएका देखिन्छ । २ करोड ७३ लाख सब्सक्राइबर्स रहेका उनको कुल नेटवर्थ भने ४८ करोड छ ।
५. अजय नागर
युट्युबमा नागरले क्यारी मिनाटी नामबाट च्यानल चलाउँछन् । उक्त च्यानलमा ३ करोड ३८ लाख सब्सक्राइबर्स छन् । २२ वर्षीय यी ठिटाको कुल नेटवर्थ भने ४८ करोडकै छ ।