काठमाडाैं । महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरी नयाँ बचत योजना 'महालक्ष्मी बचत वृद्धि खाता' सार्वजनिक गरेको छ ।
५१ रुपैयाँमै खाता खोल्न सकिने उक्त खातामा दैनिक मौज्दातमा ८.५५ प्रतिशत ब्याज गणना गरी मासिक रूपमा भुक्तानी गरिने कुरा बैंकले जनाएको छ । यस योजनाअन्तगर्त खाता खोलेका ग्राहकहरुको ५ लाख रुपैयाँको दुर्घटना मृत्यु बिमा सुविधासमेत पाउनेछन् ।
यस्तै निःशुल्क अन्तरशाखा कारोबार, निःशुल्क मोबाइल बैंकिङ सुविधा, अनलाइन बैंकिङ सुविधा, भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट, मेरो सेयर सिआस्वा तथा डिम्याट खाताजस्ता आकर्षक सुविधाहरु उपलब्ध हुनेछन् ।
बैंकले आम ग्राहकको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै यो खाता सञ्चालनमा ल्याएको हो । देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । यस्तै ग्राहकको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भनीकन चिप बेस्ड ट्राभल कार्ड, ई–कमर्स र डलर कार्ड जारी गरिसकेको छ ।