भारत आयकर विभागले चिनियाँ दूरसञ्चार कम्पनी हुवावेमा छापा मारेको छ ।
मंगलबार गुरुग्राम हरियाणा, बैंगलोर र दिल्लीमा विभागले छापा मारेको हो ।
यस्तै भारत सरकारले हुवावेलाई ५ जी सेवा परीक्षणका लागि अनुमति दिएको छैन ।
आईटी अधिकारीहरुले कम्पनी, उसको भारतीय व्यवसाय र विदेशी लेनदेनविरुद्ध कर छलीबारे जाँचपड्ताल गर्दा वित्तीय विवरणहरू प्राप्त गरेका छन् । केही महत्वपूर्ण रेकर्ड्स पनि बरामद गरेका छन् ।
कम्पनीका अनुसार भारतमा आफूले कानुनअनुसार नै काम गरिरहेको बताएको छ ।
टेलिकम कम्पनीविरुद्ध जाँच
हुवावेमाथि केही वर्षदेखि अनियमितताको आरोप लाग्दै आइरहेको छ । भारतीय मोबाइल बजारमा चिनियाँ कम्पनीहरूको बोलवाला रहेको छ ।
समा साओमी, ओप्पो, भीभो सामेल छन् । यी कम्पनीहरूले भारतमा राम्रो कमाइ गरिरहेका छन् । तर, कर भने तिरिरहेका छैनन् ।
उल्लिखित कम्पनीमाथि इनकमबारे जानकारी लुकाएको र करबाट बच्न प्रफिटको जानकारी नदिएको आरोप छ । यस्तै कम्पोनेन्टस् लिन र प्रडक्ट डिस्ट्रिब्युसनमा पनि पारदर्शीता नअपनाएको आरोप कम्पनीविरुद्ध छ ।