काठमाडौं । ६ वर्षसम्मको लगातारको सफलतापछि कोका–कोलाले यो वर्ष पनि मोःमोत्सवको सातौं संस्करणको सुरुवात गरेको छ ।
कोका–कोला मोःमोत्सव विश्वव्यापी कोक र खाजाको परम्पराको नेपाली संस्करण हो जसमा नेपालीहरुको प्रिय खाजा मःम र प्रिय पेय पदार्थ कोकको स्वादलाई सेलेब्रेट गरिन्छ ।
यो क्याम्पेनको लागि कोका–कोलाले हजारभन्दा बढी रेस्टुरेन्ट अन्य खाजा घरहरुसँग सहकार्य गर्दै आफ्ना उपभोक्ताहरुलाई कम्बो अफर र विशेष छुट प्रदान गर्दै आएको छ । कोका–कोला मोःमोत्सव क्याम्पेन हरेक अंग्रेजी वर्षको सुरुवातमा आयोजना गरिन्छ र यो वर्ष फेब्रुअरी १४ बाट अप्रिल ५ सम्म यो क्याम्पेन हुँदैछ ।
क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने, “विश्वव्यापी रुपमा हामीले सञ्चालन गरिरहेको कोक एन्ड मिल्सको अवधारणालाई नेपालमा स्थानीयकरण गर्न हामीले ७ वर्षअघि कोका–कोला मोःमोत्सव सुरु गरेका थियौं ।
सातौं वर्षसम्म आइपुग्नका लागि हाम्रो उपभोक्ताहरुले दिएको माया र साथका लागि हामी आभारी छौं । यो क्याम्पेनभरि हामीले कोक र नेपालीहरुको मन पर्ने खाजा मःमसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नेछौं ।”
यो क्याम्पेनको ट्यागलाइन “कोक प्लस मःम, स्वादको रियल म्याजिक” रहेको छ जसले कोक र मःम खाने उपभोक्ताहरुले स्वादको रियल म्याजिक पाउन सिकनेछ भन्ने सन्देश दिन्छ ।
त्यस्तै बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, “हामी कोका–कोला र नेपालीहरुको सबैभन्दा मन पर्ने खाजा मःमको संयोजनको बेजोड स्वादलाई सेलेब्रेट गर्न सुरु गरिएको कोका–कोला मोःमोत्सव क्याम्पेनको सातौं संस्करण मनाउँदै छौँ । यस वर्षको स्लोगन “कोक प्लस मःम, स्वादको रियल म्याजिक” ले भनेजस्तै कोक र मःमको बेजोड स्वादसँगै हामी हाम्रा उपभोक्ताहरुसँग अझै नजिक हुने आशा गर्दछौं । ”
यो अभियानमा कोका–कोलाका ब्रान्ड एम्बेसडर तथा अभिनेत्री प्रियंका कार्की र स्वस्तिमा खड्का काठमाडौंका विभिन्न रेष्टुरेन्टहरूमा जाने कार्यक्रम रहेको छ जसले गर्दा कोक र मःम खाने उपभोक्ताहरुले प्रियंका र स्वस्तिमालाई भेट्ने तथा उनीहरुसँग फोटो खिच्ने मौका पाउन सक्नेछन् ।
मोःमोत्सव अभियान र विभिन्न आउटलेटहरूमा हुने कार्यक्रमहरूका बारेमा अपडेट रहनको लागि, तपाईंले आधिकारिक कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राम पेज @cocacolanepal लाई लाइक र फलो गर्न सकिनेछ ।