काठमाडौं । एप्पल वर्ल्ड मोबाइलले ‘भ्यालेन्टाइन डे’ को अवसर पारेर नयाँ तथा पुराना मोबाइलको ‘एक्सचेञ्ज अफर’ ल्याएको छ ।
कम्पनीले एक्सचेञ्ज अफरमा पुराना मोबाइलको उच्चतम मूल्याङ्कन गरी पुराना मोबाइल राखेर नयाँ मोबाइल दिने भएको छ ।
मर्कन्टाइल प्लाजा, दरबारमार्गमा रहेको एप्पल वर्ल्ड मोबाइलमा सञ्चालन हुने उक्त अफरमा १० हजारदेखि २ लाख ७५ हजार रुपैयाँसम्मका विभिन्न ब्राण्डका मोबाइलहरु एक्सचेञ्ज तथा खरिद गर्न सकिनेछ ।
एप्पल, सामसुङ, नोकिया, साओमी, वन प्ल, भीभो, ओप्पो, कुल प्याडलगायतका मोबाइलहरुमा अफर लागू हुने एप्पल वर्ल्ड मोबाइलले जनाएको छ ।
यो अफरमा मोबाइल एक्सचेञ्ज गर्न आउने ग्राहकले नागरिकताको प्रतिलिपी अनिवार्य रुपमा ल्याउनुपर्ने एप्पल वर्ल्ड मोबाइलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निराजन मल्लले जानकारी दिए ।
उनले भने, “जोडीले नै दुईवटा मोबाइल खरिद वा एक्सचेञ्ज गर्दा मोबाइलको मूल्य अनुसार स्पीकर, हेडफोन, इयर पडलगायतका उपहारहरु निःशुल्क पाउनेछन् ।” उनका अनुसार यो अफर फागुन १ गतेदेखि एक सातासम्म सञ्चालन हुनेछ ।
मल्लका अनुसार एकै पटक रकम भुक्तान गर्न नसक्ने सेवाग्रहीले किस्ताबन्दीमा शून्य प्रतिशत ब्याजदरमा मोबाइल तथा अन्य उपकरणहरु खरिद गर्न सक्ने छन् ।
साथै ६० मिनेटभित्रै जस्तोसुकै समस्या भएका मोबाइलहरुको मर्मत गर्ने सुविधा ‘६० मिनेट फेस टू फेस सर्भिस’ पनि सेवाग्रहीले पाउने मल्लले जानकारी दिए । सबै प्रकारका ब्रान्डेड एक्सेसरिज तथा म्याकबुकसमेत सेवाग्राहीको अघि नै मर्मत हुने उनले बताए ।