काठमाडौं । आफ्नो राष्ट्रिय सुरक्षामाथि गम्भीर खतरा पुर्याउन सक्ने भन्दै भारत सरकारले ५४ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ ।
भारतको गृह मन्त्रालयले सूचना प्रविधि ऐनको सेक्सन ६९ ए मा उल्लेखित आपतकालीन व्यवस्थाअन्तर्गत रहेर विद्युत् तथा सूचना प्रविधि मन्त्रालयलाई ५४ वटै चिनियाँ एपमाथि प्रतिबन्ध लगाउन निर्देशन दिएको छ ।
प्रतिबन्धित एपहरुमा ब्युटी क्यामेराः स्विट सेल्फी एचडी, ब्युटी क्यामेरा सेल्फी क्योमेरा, इक्वलाइजर एन्ड बास बुस्टर, क्यामकार्ड फपर सेल्सफोर्स ईएनटी, आईसोल्याण्ड २ः एसेस अफ टाइम लाइट, भिभा भिडियो इडिटर, टेन्सेन्ट स्राइभर ओनम्योजी चेस, ओनम्योजी अरेना, एप लक एन्ड डुअल स्पेस लाइट आदी रहेका छन् ।
ती एपहरु क्लोन र्भसन भएको, समान फंसनसहित गोपनियता र सुरक्षाका लागि खतरा रहेको भारतको रक्षा मन्त्रालयले बताएको छ ।
यसअघि २९ जून २०२० मा पनि भारतले ५९ ओटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो । त्यसपछि १० अगस्ट २०२० मा ४७ वटा क्लोनिङ एपहरुमा पनि प्रतिबन्ध लगाएको थियो ।
१ सेप्टेम्बर २०२० मा पुनः ११८ वटा एप र सोही वर्षको १९ नोभेम्बरमा ४३ एपहरुमाथि प्रतिबन्ध लगाएको थियो ।
मन्त्रालयले पछिल्लो प्रतिबन्ध लगाएका ५४ एपले संवेदनशील अनुमतिहरु लिने र प्रयोगकर्ताहरुको एकदमै संवेदनशील डेटाहरु संकलन गर्ने गरेको बताएको छ ।