काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । समिक्षा अवधिमा कम्पनीको अवस्था सन्तोषजनक रहेको कम्पनीले जनाएको छ ।
आर्थिक वर्षको दोस्रो त्रैमासमा इन्स्योरेन्स कम्पनीले ६ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिको तुलनामा ११८ प्रतिशतले नाफा बढेको बिमा कम्पनीले जनाएको छ ।
कम्पनीले ८८ करोड २१ लाख ५४ हजार बिमाशुल्क कमाउन सफल भएको हो । यस्तो बिमाशुल्क गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५३ प्रतिशतले बृद्धि भएको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ५.८४ प्रतिशत रहेको छ । यसैगरी कम्पनीको मूल्य आम्दानी अनुपात १२४.६६ , प्रति सेयर नेटवर्थ १५२.६६ र प्रति सेयर कुल सम्पत्ति मूल्य २८३.६३ रहको छ ।
यस अवधिमा यस इन्स्योरेन्स कम्पनीको दोस्रो बजारमा ५९ दिन कारोबार भएको छ । यस अवधिमा कारोबार संख्या ८ हजार २७९ , अधिकत प्रति सेयर कारोबार ७८८, न्युनतम सेयर कराोबार ५४६ र अन्तिम सेयर मूल्य ७२८ रहेको छ । हाल यस कम्पनीको नेप्सेमा कुल १३ लाख ४१ हजार २५५ कित्ता सेयर नेप्सेमा सुचिकृत रहेको छ ।
नेपाली बजारमा रहेका बिमा कम्पनीहरु बीचको प्रतिस्पर्धा, सीमित बजार, प्राकृतिक विपत्ति तथा पूनर्बीमकहरुबाट प्रदान गरिने कमिसन र अन्य सुविधामा कटौती र कोभिड(१९) महामारी र सो बीमा दाबीले गर्दा आगामी दिनहरु बीमा व्यवसाय थप चुनौतिपुर्ण बन्दै गएको कम्पनीले बताएको छ ।
उक्त चुनौतिलाई मध्यनजर गरी कम्पनीले आगामी दिनहरुमा प्रयाप्त तालिमको व्यवस्था गरी जनशक्तिलाई दुरुस्त पार्ने, सम्भावित क्षेत्रमा शाखा कार्यालयहरुको विस्तार गर्ने, ग्राहकहरुसँग सुमधुर सम्बन्ध कायम राखी छिटो छरितो ग्राहकमुखी सेवाहरुको विस्तार गर्ने योजना बनाएको छ ।