एजेन्सी । आजको समय सूचना तथा प्रविधि (आईटी) को हो । व्यावसायिक क्षेत्र यसको मेरुदण्ड बनेको छ । नवप्रवर्तन (स्टार्टअप) को मुख्य संवाहक आईटीले नै व्यवसायमा वृद्धि हासिल गरी अघि बढ्न मद्दत गरेको छ । आईटीको महत्वलाई नबुझेका वा बुझेर पनि प्रयोगमा नल्याएका संस्थाहरुको गति आज सुस्ताउन थालेको छ ।
छिमेकी मुलुक भारत सूचना प्रविधिमा ठूलो लगानी गर्नेमध्येको एक हो । रिसर्च एन्ड कन्सल्टिङ कम्पनी गार्टनरका अनुसार भारतीय कम्पनीहरुले आईटी क्षेत्रमा सन् २०२२ मा १० खर्ब ५ अर्ब २० करोड डलर लगानी गर्ने आँकलन गरिएको छ । २०२१ को तुलनामा यो ५.५ प्रतिशतले बढी हो ।
गार्टनरका अनुसार आईटी सेवा सेग्मेन्टमा २०२२ मा धेरै खर्च बढाउने दोस्रो क्षेत्र आईटी कन्सल्टिङ एन्ड म्यानेजमेन्ट क्षेत्र रहनेछ । यो सेग्मेन्टमा २०२१ को तुलनामा ७.९ प्रतिशतले खर्च बढेर १३ खर्ब डलर पुग्नेछ । यसैगरी सबैभन्दा धेरै बिजनेस एन्ड टेक्नोलोजी कन्सल्टिङ क्षेत्रमा खर्च हुनेछ, जसमा १० प्रतिशतले लगानी बढ्नेछ ।
सन् २०२२ मा विश्वभरको आईटी क्षेत्रमा गत वर्षको तुलनामा खर्च ५.१ प्रतिशतले बढेर ५१ खर्ब डलर पुग्ने सोही अध्ययनले देखाएको छ ।
सूचना प्रविधिको क्षेत्रमा लगातार फड्को मारिरहेको भारतमा आज सिलिकन भ्यालीका जस्तै धेरै ठूला सम्भावना बोकेका घरेलु आईटी कम्पनी छन् ।
यो सेग्मेन्टमा २०२१ को तुलनामा ७.९ प्रतिशतले खर्च बढेर १३ खर्ब डलर पुग्नेछ । यसैगरी सबैभन्दा धेरै बिजनेस एन्ड टेक्नोलोजी कन्सल्टिङ क्षेत्रमा खर्च हुनेछ, जसमा १० प्रतिशतले लगानी बढ्नेछ ।
तीबाहेक कति अन्तर्राष्ट्रिय तथा बहुर्राष्ट्रिय आईटी कम्पनीले पनि भारतमा आफ्नो सञ्जाल स्थापना गरेका छन् । ती तमाम कम्पनीहरुमध्ये शीर्ष १० कम्पनीहरुबारे बताउँदैछौं ।
१. रुस्कार
रुस्कार भारत आधारित सफ्टवेयर डेभलपमेन्ट कम्पनी हो । यो कम्पनीले लामो समयदेखि विश्वसनीय, अनलाइन तथा उपयुक्त मूल्यमा अन्तर्राष्ट्रिय कम्पनीहरुलाई सफ्टवेयर डेभलपमेन्ट सेवा प्रदान गर्दै आइरहेको छ । सफ्टवेयरबाहेक यसले अनलाइन पोर्टल, इन्टरप्राइज मोबिलिटी, क्लाउड कम्प्युटिङ तथा एनालिटिक्सको पनि सुविधा दिँदै आइरहेको छ ।
रुस्कारले अहिले आफ्नो आईटी सोलुसन बिजनेसलाई बाह्य मुलुकमा समेत आउटसोर्स गरिसकेको छ । उसले बिजनेस हाउस तथा इन्टरप्राइजहरुलाई आफ्नो नवप्रवर्तित डेलिभरी फ्रेमवर्कबाट मूल्य सिर्जना गर्न सहयोग पुर्याउँछ ।
२. टाटा कन्सल्टेन्सी सर्भिस
टाटा कन्सल्टेन्सी सर्भिस (टीसीएस) भारतको अग्रणी बिजनेस सेवा तथा परामर्शप्रदायक बहुर्राष्ट्रिय आईटी कम्पनी हो । २०२० को आम्दानी अंकको आधारमा यो भारतकै सबैभन्दा ठूलो आईटी कम्पनी हो । मुम्बईमा मुख्यालय रहेको यस कम्पनीको चेन्नईमा आफ्नै टीसीएस कलेजसमेत छ ।
फोब्र्सको शीर्ष नवप्रवर्तनमुखी कम्पनीहरुको विश्वसूचीमा यो कम्पनी ६४ औं स्थानमा पर्छ । सन् २०१८ मा फच्र्युन इन्डिया ५०० को सूचीमा यो कम्पनी ११ औं स्थानमा पर्न सफल भएको थियो । टाटा सन्सले यसलाई सन् १९६८ मा स्थापना गरेको थियो । २०२१ म टीसीएसको कुल आम्दानी २२ अर्ब डलर रहेको थियो । कम्पनीको खुद आम्दानी ३२ हजार ५६२ करोड र सञ्चालन आम्दानी ४४ हजार ३९७ करोड भारु रहेको छ ।
भारतमा रेलवे, सेना र इन्डिया पोस्टपछि सबैभन्दा धेरै रोजगारी सिर्जना गर्ने चौथो ठूलो कम्पनी हो टीसीएस । यसमा ५ लाखभन्दा धेरै कर्मचारीहरु छन् ।
यसका ग्राहक विश्वका ११० मुलुकमा छरिएका छन् । कम्पनीको मुख्यालय बैंगलोर कर्नाटकामा छ । कम्पनीको २०२१ मा कुल सम्पत्ति ११ अर्ब डलर रहेको थियो । यस्तै खुद आम्दानी १ अर्ब ४० करोड डलर रहेको छ भने सञ्चालन आम्दानी १ अर्ब ८० करोड डलर हो । २०२१ मा कम्पनीको कुल स्वपुँजी ५४ हजार करोड भारु रहेको थियो ।
३. इन्फोसिस
बहुर्राष्ट्रिय आईटी कम्पनी हो इन्फोसिस । सन् १९८१ मा स्थापना भएको कम्पनीले व्यावसायिक परामर्श तथा आउटसोर्सिङ सेवा प्रदान गर्छ । २०२० का अनुसार आम्दानी अंकको आधारमा यो भारतको दोस्रो ठूलो आईटी कम्पनी हो । फोब्र्स ग्लोबलको शीर्ष २ हजार कम्पनीमा यो ६०२ औं ठूलो सार्वजनिक कम्पनी बन्न सफल भएको थियो ।
इन्फोसिस भारतको चौंथो यस्तो कम्पनी हो जसले २०२१ मा १ खर्ब डलरको बजार पुँजीकरण पूरा गर्न सफल भएको थियो । यसले वित्त, बिमा, निर्माण तथा विभिन्न क्षेत्रमा सेवा दि“दै आइरहेको छ । जसमा क्लाउड आधारित सेवा, परामर्श सेवा, डिजिटल मार्केटिङ, इन्जिनियर सर्भिस, एआई सर्भिसलगायतका सेवाहरु छन् ।
४. विप्रो
विप्रो भारतको अग्रणी नवप्रवर्तनकारी आईटी कम्पनी हो । आईटी सेवा र परामर्श सेवामा विप्रो अब्बल कम्पनी मानिन्छ । सन् १९४५ मा स्थापना भएको यस कम्पनीलाई मोहमेद प्रेमजीले विभिन्न कम्पनीसँग एकीकृत गरी ‘वेस्टर्न इन्डिया प्रडक्ट’ को नाममा सञ्चालन गर्दै आइरहेका छन् ।
खुद आम्दानी १ अर्ब ४० करोड डलर रहेको छ भने सञ्चालन आम्दानी १ अर्ब ८० करोड डलर हो । २०२१ मा कम्पनीको कुल स्वपुँजी ५४ हजार करोड भारु रहेको थियो ।
विप्रो फोब्र्स ग्लोबलको २००० को सूचीमा ७५५ औं स्थानमा पर्न सफल कम्पनी हो । २०२१ को तथ्यांकअनुसार विप्रोमा २ लाख ३१ हजार ६७१ कर्मचारी कार्यरत छन् । अन्य आईटी कम्पनीको तुलनामा कर्मचारीमैत्री विप्रोले काम र जीवनलाई सन्तुलित राख्न राम्रो अवसर दिइरहेको त्यहाँका कर्मचारीहरु बताउँछन् ।
यसका ग्राहक विश्वका ११० मुलुकमा छरिएका छन् । कम्पनीको मुख्यालय बैंगलोर कर्नाटकामा छ । कम्पनीको २०२१ मा कुल सम्पत्ति ११ अर्ब डलर रहेको थियो । यस्तै खुद आम्दानी १ अर्ब ४० करोड डलर रहेको छ भने सञ्चालन आम्दानी १ अर्ब ८० करोड डलर हो । २०२१ मा कम्पनीको कुल स्वपुँजी ५४ हजार करोड भारु रहेको थियो ।
५. एचसीएल टेक्नोलोजिज
एचसीएल एउटा भारतीय बहुर्राष्ट्रिय कम्पनी हो । नोएडामा मुख्यालय रहेको यस कम्पनीले परामर्श सेवा प्रदान गर्छ । यसले वित्त तथा बैंकिङ, एरोस्पेस, रसायन, प्रशोधित उद्योग, टेलिकम, यातायात, लजिस्टिक्स तथा हस्पिटालिटीको क्षेत्रमा सेवा दिँदै आइरहेको छ ।
फोब्र्स ग्लोबल २००० को सूचीमा यो कम्पनी शीर्ष २० पब्लिक ट्रेड कम्पनीको सूचीमा पर्न सफल भएको थियो । देशभरका करिब ५० मुलुकहरुमा यसका शाखा छन् ।
एचसीएलले साइबर सुरक्षा तथा गभर्मेन्ट, रिस्क कम्प्लाइन्स जीआरसी सेवा, इन्जिनियरिङ सेवा, सिस्टम इन्टिग्रेसन, डिजिटल एन्ड एनालिटिक्स तथा बीपीओ सेवा प्रदान गर्दै आइरहेको छ । यसको अर्को भगिनी संस्था एचसीएल इन्फ्रास्ट्रक्चर सर्भिस डिभिजन पनि रहेको छ जसले पूर्वाधारमा आईटी सेवा मात्र प्रदान गर्छ ।
२०२१ मा यो कम्पनीको नेट आम्दानी १ अर्ब ५० करोड डलर रहेको छ । कम्पनीको कुल स्वपुँजी र सम्पत्ति क्रमशः ५९ लाख ७० र ८६ लाख १९४ रहेको छ । कम्पनीलाई शिव नादारले १९७६ मा स्थापना गरेका हुन् ।
६. टेक महिन्द्रा
टेक महिन्द्रा भारतको बहुर्राष्ट्रिय आईटी कम्पनी हो । कम्पनीले आउटसोर्सिङ, परामर्श तथा आईटी सेवा प्रदान गरी जटिल व्यावसायिक समस्याको समाधान गर्न सहयोग गर्छ । यसको केन्द्रीय कार्यालय पुनेमा छ ।
भारतको अग्रणी आईटी कम्पनीहरुमा यो पाँचौं स्थानमा रहेको छ । २०२१ अनुसार फच्र्युन इन्डिया ५०० को सूचीमा टेक महिन्द्रा ४७ औं स्थानमा रहेको छ ।
कम्पनीको शाखा भारतका प्रमुख सहरलगायत एसिया, उत्तर तथा दक्षिण अमेरिका, अस्ट्रेलिया, युरोप र अमेरिकामा फैलिएको छ । कम्पनीमा ९० देशलाई प्रतिनिधित्व गर्ने गरी १ लाख २५ हजार २३६ कर्मचारी कार्यरत छन् ।
२०२१ मा कम्पनीको नेट आम्दानी ५८ करोड डलर रहेको छ भने सञ्चालन आम्दानी ८१ करोड डलर रहेको छ । कम्पनीको कुल स्वपुँजी २४ करोड ४२८ डलर रहेको छ । कम्पनीलाई १९८६ मा आनन्द महिन्द्राले स्थापना गरेका हुन् ।
७. एसेन्चर
एसेन्चर आयरल्यान्ड आधारित पब्लिक आईटी कम्पनी हो । विश्वभर सेवा दिने यो कम्पनी विशेषतः आईटी सोलुसन, परामर्श तथा आउटसोर्सिङ सेवामा केन्द्रित छ ।
कम्पनीको कुल सम्पत्ति र स्वपुँजी ४३ अर्ब १८ करोड डलर र २० अर्ब १० करोड डलर क्रमशः रहेको छ । कम्पनीको नेट आम्दानी ५ अर्ब ९१ करोड डलर रहेको छ भने सञ्चालन आम्दानी ७ अर्ब ६२ करोड डलर रहेको छ ।
यस कम्पनीले प्रदान गर्ने प्रमुख सेवाहरु भनेको व्यावसायिक रणनीति, अपरेसन सर्भिस, एनालिटिक्स तथा मोबिलिटी सेवा र व्यवस्थापन परामर्श सेवा हो । साथै कम्पनीसँग प्रविधि अद्यावधिका लागि टेक्नोलोजी ल्याब पनि रहेको छ ।
फोब्र्स ग्लोबल २०००को सूचनामा एसेन्चर १६९ औं स्थानमा पर्न सफल कम्पनी हो । १९८९ मा स्थापना भएको यस कम्पनीलाई २०१९ देखि सीईओ जुली स्विटले नेतृत्व गर्दै आएकी छिन् । कम्पनीमा अहिले ६ लाख ७४ हजार कर्मचारीहरु कार्यरत छन् ।
कम्पनीको कुल सम्पत्ति र स्वपुँजी ४३ अर्ब १८ करोड डलर र २० अर्ब १० करोड डलर क्रमशः रहेको छ । कम्पनीको नेट आम्दानी ५ अर्ब ९१ करोड डलर रहेको छ भने सञ्चालन आम्दानी ७ अर्ब ६२ करोड डलर रहेको छ ।
८. एम्फासिस
बैंगलोरस्थित रहेको एम्फासिस अमेरिकी भारतीय आईटी कम्पनी हो । कम्पनीले हालसम्म चीनको नेभियोन सफ्टवेयर, अमेरिकाको डिजिटल रिस्क एलएलसी, बेलायतको ब्लिंकलगायत धेरै कम्पनीहरुलाई अधिग्रहण गरिसकेको छ ।
कम्पनीले वित्तीय, टेलिकम, लजिस्टिक्स तथा आईटी उद्योगहरुलाई सेवा दिँदै आइरहेको छ । यसले पूर्वाधार प्रविधि, आर्किटेक्चर गााइडेन्स, एप्लिकेसन इन्टिग्रेसन तथा डेभलपमेन्ट र एप्लिकेसन आउटसोर्सिङ सेवाका कामहरु दिँदै आइरहेको छ ।
यो कम्पनी हाल भारतका विभिन्न सहर फैलिएको छ । यस्तै विश्वका १९ वटा मुलुकहरुमा समेत सञ्चालित छ । इलेक्ट्रोनिक डेटा सिस्टम ईडीएसले ३८ करोड डलरमा कम्पनीको ४२ प्रतिशत सेयर खरिद गरेको छ ।
कम्पनीको कुल आम्दानी २०२१ मा १ अर्ब ३० करोड डलर रहेको छ भने कुल सम्पत्ति र स्वपुँजी ५ हजार १ सय ८१ करोड भारु छ ।
कम्पनीलाई १९९८ मा जेरी राव र जेरियन टासले स्थापना गरेका हुन् ।
९. माइन्ड ट्री
माइन्ड ट्री भारतको शीर्षस्थ आईटी कम्पनीमध्येको एक हो । यो कम्पनीले प्रविधि तथा परामर्शको क्षेत्रमा सेवा दिँदै आइरहेको छ । यो लार्सन एन्ड टुब्रो ग्रुपको कम्पनी हो ।
कम्पनीले ई–कमर्स, क्लाउड कम्प्युटिङ, एप्लिकेसन इन्टिग्रेसन, इन्टरप्राइज रिसोर्स प्लानिङ, डेटा एनालिटिक्स तथा टेस्टिङको क्षेत्रमा सेवा दिँदै आइरहेको छ । कम्पनीका विश्वभर १८ भन्दा धेरै मुलुकका ३०७ सक्रिय क्लाइन्टहरु छन् । कम्पनीमा हाल २३ हजार ८१४ कर्मचारी कार्यरत छन् जसमध्ये ३४ प्रतिशत महिला छन् ।
१९९९ मा स्थापना भएको यस कम्पनीको हाल नेट तथा सञ्चालन आम्दानी ८ करोड ४० लाख डलर र ११ करोड डलर क्रमशः रहेको छ । यसको कुल सम्पत्ति ५ हजार १५६ करोड ६० लाख रुपैयाँको छ ।
१०. रेडिङटन लिमिटेड
रेडिङटन लिमिटेड भारतको यस्तो आईटी कम्पनी हो जसले सप्लाई चेन, लजिस्टिक्स सेवामा आईटी सोलुसन प्रदान गर्छ भने बिजनेस हाउसका जटिल र ठूला समस्याहरुमा परामर्श सेवा दिन्छ ।
सन् १९९३ मा आर श्रीनिभासन र आर जयाचन्द्रनले स्थापना गरेको कम्पनीमा हाल उपाध्यक्षको भूमिकामा राजशंकर छन् ।
कम्पनीमा हाल १८ सय कर्मचारी छन् भने २४ मुलुकहरुमा यसका डिलरहरु छन् । २०२० मा कम्पनीको सञ्चालन आम्दानी ५ सय करोड थियो भने आधिकारिक पुँजी १७० करोड रुपैयाँको छ ।