काठमाडाैं । ग्लोबल आईएमई बैंकले ‘भ्यालेन्टाइन डे’को विशेष अवसरमा बैंकका ग्राहकहरूलाई क्यूआर कोडमार्फत गरिने भुक्तानीहरूमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने भएको छ ।
बैंकका ग्राहकहरूले ‘भ्यालेन्टाइन डे’को अवसर पारेर आफ्ना प्रियपात्रहरूसँग माया, सद्भाव मित्रता र प्रशंसा बाँड्ने मौका प्रदान गर्न फाल्गुन १ तथा २ गते सरसामान खरिद गर्दा ‘मेरी उनीलाई’ लेखी क्यूआर कोडमार्फत गरिने भुक्तानीमा १५ प्रतिशत वा अधिकतम २ सय रुपैयाँसम्म क्यासब्याक पाउने छन् ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लावान्भित गर्दै आएको छ ।
ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २ सय ८७ शाखा, २ सय ५२ एटीएम, २ सय ६३ शाखा रहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर छन् ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।