एजेन्सी । ब्रिलियन्ट, बोल्ड अनि बिन्दास ।
बहुचर्चित सो ‘सार्क ट्यांक इन्डिया’ मा जो एक सार्कले सबभन्दा बढी चर्चा बटुलिरहेकी छिन् । ती हुन् विनिता सिंह । सुगर कस्मेटिक्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवम् को–फाउन्डरको उद्यमयात्रा निकै रुचिपूर्ण छ ।
२३ वर्षकै उमेरमा विनिताले १.६ करोडबराबरको अफरलाई ‘किक’ हानिन् । र, सुरु गरिन् आफ्नै कम्पनी । आज उनैको कम्पनीबाट उत्पादित सामान लाखौंले प्रयोग गरिरहेका छन् ।
जिन्दगीको ठूलो जोखिम
भारतको राजधानी दिल्लीमा जन्मिएकी विनिताले पहिले त आईआईटी मद्रासबाट इलेक्ट्रिक इन्जिनियरिङ गरिन् । त्यसपछि आईआईएम अहमदावादबाट एमबीए ।
उनी सानैदेखि मिहिनेती र बौद्धिक छात्रा थिइन् । उनको प्रतिभा देखेर शिक्षकहरुले पनि उनलाई उद्यम (एन्टरप्रेन्योरसिप) मा लाग्न प्रोत्साहन गर्थे । यही कारण उनी पढाइ पूरा गरेपछि मुम्बई फर्किइन् । जागिरका लागि कैयौं एक–से–एक अफर आए ।
तर, ती सबै अफरलाई उनले रिजेक्ट गरिन् । त्यो पनि मात्र २३ वर्षको उमेरमा ।
विनितालाई जब एक्सेप्ट गर्न ठूलो पारिवारिक दबाब थियो । यसकारण यो निर्णय उनका लागि निकै कठिन रह्यो । १.६ करोड रुपैयाँको जागिरलाई अस्वीकार गर्ने विनिता युवा एमबीए ग्र्याजुएट थिइन् । उनलाई आफूले जीवनकै ठूलो जोखिम लिँदैछु भन्ने थाहा थियो । र, त्यसपछि उनले आफ्नो निर्णय परिवर्तन पनि गरिनन् ।
सुगर कस्मेटिक्सको स्थापना
सन् २०१२ मा आफ्ना पति कौशिक मुखर्जीसँग मिलेर सुगर कस्मेटिक्स स्थापना गरिन् । अन्ततः उनले जब अफर छाड्ने निर्णय सही साबित भयो । आर्थिक वर्ष २०१९÷२० मा यस स्टार्टअपले १ अर्ब ६० करोड रुपैयाँ राजस्व सरकारलाई बुझायो । यो पनि यस्तो समयमा भयो, जति बेला अन्य चलेका कस्मेटिक कम्पनीहरुको बजारमा राज थियो ।
संघर्षका दिन
भनिन्छ नि, सफलताको पछि संघर्ष हुन्छ । विनितासँग पनि यस्तै भयो । ‘म २३ वर्षकी हुँदा मुम्बई आएँ । त्यति बेला टहरोजस्तो घरमा बस्नुपरेको थियो । पानी भर्दा चुहिएर घर भरिन्थ्यो’, उनी भन्छिन्, ‘तर, मैले मिहिनेत गर्न छाडिनँ । आफ्नो बिजनेस खडा गर्न एकपछि अर्को प्रयास गरिरहें ।’
उनका अनुसार बिनाकुनै बाहिरी फन्डिङ आफ्नो स्टार्टअप बनाउने कोसिस गरिरहेकी थिइन् । जब जागिरको भन्दा कम पैसा कमाउँदा भयानक वास्तविकता लाग्छ ।
नेटवर्थ कति ?
विनिताको नेटवर्थ लगभग ५ अर्ब रुपैयाँ छ । डिसेम्बर २०२१ मा भारतको पहिलो बिजनेस रियालिटी सो सार्क ट्यांक इन्डियामा छानिइन् । त्यहाँ उनले देशभरबाट आएका स–साना स्टार्टअप आइडियालाई सपोर्ट गर्ने काम गरिन् ।
प्रतिएपिसोड उनको पारिश्रमिक ८ लाख रुपैयाँ थियो ।
र, एथलिट पनि
विनिता सफल व्यवसायी मात्रै होइनन्, राम्रो खेलाडी (एथलिट) पनि हुन् । उनलाई फिटनेसमा लगाव छ । गर्भवती भएको ६ महिनामै म्याराथन दौड लगाएकी थिइन् । यस्तै उनी ट्रायललिट र अल्ट्रा म्याराथनरका साथसाथै साइकिलिस्ट र स्विमरसमेत हुन ।
सन् २०१३ मा साउथ अफ्रिकामा विश्वको ठूलो अल्ट्रा म्याराथनमा अप एन्ड डाउन पूरा गरेकामा कमरेड ब्याक टु ब्याक मेडलबाट सम्मानित गरिएको थियो ।