मदिरा व्यापारमा एकछत्र राज गरेका अमित अग्रवाल र उनका भाइ यतिखेर गम्भीर आर्थिक संकटबाट गुज्रिएका छन् । नियतभन्दा नियतिले पिल्सिएका अग्रवालको यतिखेर सम्पूर्ण सम्पत्ति रोक्का छ । बैंक, सहकारी तथा आफ्न्तबाट लिएको ऋणले उनलाई गाँजेको छ । पारिवारिक तनाव, बैंक र अन्य ऋणीको दबाब थेग्न नसकेपछि भारत पुगेका अग्रवाल अहिले नेपाल आइसकेका छन् । ३० वर्ष लगाएर खडा मदिराको राम्राज्य कसरी ढल्यो ? आर्थिक अवस्था कसरी संकटतर्फ धकेलियो ? भन्ने विषयमा क्यापिटल नेपालले ग्रिनलाइनका सञ्चालक अग्रवालसँग गरेको विशेष कुराकानी :
ग्रिनलाइनले नेपालबाट ठूलो धनराशि लिएर भाग्यो भन्ने आरोप छ । वास्तविकता के हो ? यो घटना कसरी सिर्जना भयो ?
हामी विगत ३ वर्षदेखि नै अप्ठ्यारो पर्दै गएका थियौं । हाम्रो मुख्य व्यवसाय मदिरा बेच्ने हो । त्यसमा पनि ग्राहक भनेका ठूला तारे होटलदेखि रेष्टुराँ, क्यासिनोहरु हुन् । तीन वर्षदेखि संकटतर्फ लम्किरहेका बेला कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन गरेर मदिराको पसलहरु सबै बन्द गरायो ।
बन्दले गर्दा सुरुमा व्यापारको सबै काम रोकियो । साथै पहिलो लकडाउनको ८ महिनामा सरकारले मदिरा आयात पूरै ठप्प गरायो । आयात गर्न नपाउने भएपछि अलिअलि भएको मदिरा बजारमा पठाइयो । त्यसपछि व्यापार ठप्पजस्तै बन्न पुग्यो ।
बजार बन्द र पर्यटकहरु नआएका कारण हामीले बजारबाट उठाउनुपर्ने पैसा समयमा उठाउन सकेनौं । त्यही कारणले आर्थिक समस्या आइरहेको थियो । बैंकको किस्ता (सावाँ, ब्याज) नियमित तिर्नुपर्याे । त्यो अलि–अलि तिर्दै पनि गएको थिएँ । पछि बैंकहरुले कडाइ गर्दै गएपछि साथीभाइ, आफन्तसँग पैसा उठाएर बैंकलाई पैसा दिने काम गर्याैं । त्यो क्रमशः बढ्दै गयो ।
कोरोना अब सकियो, व्यापार अलि राम्रो होला र केही गरौंला भन्नेमा थियौं । पहिलाको लकडाउनले भएको क्षति परिपूर्ति हुन नपाउँदै दोस्रो निषेधाज्ञाले गम्भीर समस्यातिर हामीलाई धकेल्यो । फाइनान्सिएल्ली धेरै अप्ठ्यारो पार्यो ।
कोरोना संक्रमण फैलिनुअघि हामीले डिस्टिलरी चलाउने तयारी पनि गरेका थियौं । सरकारले समन्वय नगर्दा २०७२ मा सुरु गरेको प्रोजेक्ट २०७८ मा सम्पन्न भयो । सरकारले बेलैमा म्याद थपिदिएको भए उहिल्यै बजारमा हाम्रो उत्पादन आइसक्थ्यो ।
उद्योग समयमै सञ्चालन हुन नसकेपछि बैंकहरुले ऋण पनि दिएनन् । तर, उद्योग जसरी पनि चलाउनैपर्ने थियो । त्यही भएर साथीसँगीसँग ऋण लिएर सागर डिस्टिलरी उद्योगमा पैसा लगाएँ ।
एक तहको लगानी भइसकेको थियो । बैंकले ऋण दिएपछि साथीलाई तिर्छु भनेर उनीहरुसँग ऋण लिएको थिएँ । मैले साथीहरुसँग एउटा सम्झौता गरेर पैसा लिएको थिएँ । तर, कोभिडको दोस्रो लहर आएपछि मैले बोलेको कुरा पूरा गर्न सकिनँ ।
समय बित्दै गयो । यता बैंकको दबाब निरन्तर बढ्न थाल्यो । कहिले ३५, कहिले १५ त कहिले ७ दिने सूचना निकाल्ने र लिलामी नै गर्ने भन्नेतिर बैंक पनि लागे । साथीहरुले पनि त्यो सुनेर झनै दबाब बढाउँदै गए । साथीको पनि दबाब आइसकेपछि हामीलाई थेग्न निकै कठिन हुन थाल्यो ।
तर, पुस २१ गते मेरो कान्तिपथमा रहेको ग्रिनलाइनको सोरुम सिलबन्दी गरिदियो । बैंकले बिहान १० बजेतिर ताल्चा लगाएको थियो । त्यो बेला हामी बैंकसँग मिटिङ नै गरिरहेका थियौं ।
सुरुमा नेपाल इन्भेस्टमेन्ट बैंकले सिलबन्दी गरेपछि ११ बजेदेखि हामीसँग काम गरेका अन्य बैंकहरुले एकदमै प्रेसर गर्न थाले । दरबारमार्गजस्तो ठाउँमा बिहानै किन ताल्चा लगाएको ? अमित अग्रवालको आर्थिक अवस्था बिग्रिएको त हैन ? भनेर सबै जना आत्तिए ।
मेरो कान्छो भाइ अभिषेकले सुरुदेखि नै ग्रिनलाइन हेर्दै आएको थियो । बिहान ११ बजे पसल गएर राति ८ बजे फर्किने वा आफ्नो जिन्दगी नै पसलमा बिताएको थियो । उसको इमेज नै ग्रिनलाइन भएकाले धेरैको फोन आउँदा आत्तिएर त्यति बेलै डिप्रेसनमा गइसकेको थियो । यस्तै भयो भने म आत्महत्या गर्छु भनेर बुवासँग कुरा गर्न थाल्यो ।
हाम्रो बुवा यत्तिकै पनि कोरोनाको समयमा निमोनिया भएर बिरामी भइरहनुभएको, व्यवसाय पनि नचलेको भएर सारै डिप्रेसनमा जानुभयो । कि त तिमीहरु अहिले नै केही गर, नभए म मर्न जान्छु भन्नुभयो । त्यो दिन दिउँसोदेखि पारिवारिक परिस्थिति नराम्रो बन्दै गयो । मैले मिलाउँछु भन्दा ‘तिमीले मिलाउन थालेको धेरै भयो, यसरी मान्छेहरु आइरहेका छन्, मारवाडी परिवार, इज्जत भएको परिवार, भोलि छेउछाउकाले के बुझ्लान, के भन्लान् ?’ भनेर बुबा साह्रै नै आत्तिनुभयो । भाइ पनि आत्तियो । अनि मैले ठिक छ जाऊँ न, तपाईंहरुलाई पनि अलिकति फ्रेस गराउछुँ । भारतमा गएर तपाईंको उपचार पनि गरौं भनेर हामी यहाबाँट गयौं ।
मेरो मनसाय उहाँहरुलाई भारतमा लगेर २÷४ दिनपछि परिस्थिति मिलाएर फर्किन्छु भन्ने थियो । हामीहरु मुग्लिन–वीरगंज हुँदै रक्सौल पुगेर लजमा बसेका थियौं । हामीहरु सबैलाई कोरोना लाग्यो । बुवा र म हस्पिटल भर्ना भयौं । १० दिन जति म हस्पिटलमा बसें ।
कोरोना संक्रमण भएर हस्पिटल भर्ना भएकाले परिवारले मलाई फोन प्रयोग गर्न दिएन । श्रीमतीले मेरो हेरचाह गरेकी थिइन् । म पुस २५ गते हस्पिटल भर्ना भएर फेब्रुअरी १८/१९ सम्म हस्पिटलमा बसेँ । नेपाल फर्किनुपर्यो भन्ने सोचेको थिएँ । पछि बुझ्दा मिडियाले त अमित अग्रवालले ३ अर्ब लिएर भाग्यो भनेछन् ।
मेरो कान्छो भाइ अभिषेकले सुरुदेखि नै ग्रिनलाइन हेर्दै आएको थियो । बिहान ११ बजे पसल गएर राति ८ बजे फर्किने वा आफ्नो जिन्दगी नै पसलमा बिताएको थियो । उसको इमेज नै ग्रिनलाइन भएकाले धेरैको फोन आउँदा आत्तिएर त्यति बेलै डिप्रेसनमा गइसकेको थियो । यस्तै भयो भने म आत्महत्या गर्छु भनेर बुवासँग कुरा गर्न थाल्यो ।
तपाईंले उठाउनुपर्ने र तिर्नुपर्ने रकम कति हो ? बजारमा किन यसरी हल्ला फैलियो, यसको वास्तविकता के हो ?
चारवटा बैंकलाई ७५ करोड रुपैयाँ हाराहारी ऋण तिर्न बाँकी छ । सहकारी, तथा व्यक्तिसँग लिएको ऋण २५ करोड हाराहारी मात्रै छ । भनेको मैले जम्माजम्मी १ अर्ब रुपैयाँ तिर्न बाँकी छ । तर, त्योभन्दा बढी त मेरो सम्पत्ति छ । बैंकले पर्याप्त धितो लिएर ऋण लगानी गरेका छन् । बैंकलाई कुनै समस्या छैन ।
बजारबाट करिब १९ करोड रुपैयाँ हाराहारी उठ्न बाँकी छ । भनेपछि मलाई आर्थिक व्यवहार मिलाउन कुनै समस्या छैन । र अर्को कुरा, मलाई ठूलो पैसा लिएर भाग्यो भनेर बदनाम गरियो । मैले ३० हजार रुपैयाँ पनि लगेको थिइनँ । त्यत्रो रकम भए किन भाग्थें । यही सबै व्यवहार मिलाइहाल्थें नि !
त्यो दिन मसँग यदि १ करोड मात्रै भएको भए नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेष्ट बैंक सबैलाई पहिला अलिअलि दिएर हात जोडेर हजुर म व्यापार गर्छु । मेरो पसल खोल्दिनुस् भन्थें । मसँग पैसा नै नभएर पसल बन्द भयो । हामी पुस २२ गते भारत गयौं । २१ गते नै पसल सिल भइसकेको थियो ।
मिटर ब्याजमा पैसा लिनुभयो भन्ने पनि हल्ला छ नी ?
साथीभाइसँग पैसा लिएर अलिअलि चलाएको हो । त्यसलाई मान्छेले मिटर ब्याजमा जोड्दिएका हुन् । बैंक ब्याजभन्दा केही बढीलाई हाम्रो बुवाको बानी (उच्चारण) मा मिटर ब्याज भन्ने गरेका छन् । पुरानो चलनमा मिटरब्याजी भन्दा रहेछन् । सहकारीहरुसँग ब्याजमा मेरो लेनदेन भइरहेको हो । साथीहरुलाई १०/५० लाख पैसा देऊ न, त्यसको ब्याज पनि तिर्छु भनेकै हो । किनभने मान्छेलाई गाह्रो परेपछि जे पनि गर्छ । तर, मिडियाले जसरी मिटर ब्याजको कुरा गरे, त्यस्तो थिएन ।
त्यही भएर अहिलेसम्म कसैले पुलिससमक्ष गएर कुनै केस दर्ता गरेका छैनन् । पैसा लिनु छ भने त त्यो पनि गर्थे होलान् । बैंकले बिनाधितो ऋण दिएका भए यतिका महिना छोड्दैन थियो होला ।
बैंकमा पनि धितो भएको र बजारमा पनि रिलेसनका हिसाबले कारोबार गर्दै गरेकाले र साउन÷भदौपछि व्यापार पनि उठ्न थालिसकेको थियो । र, दसैं तिहारमा व्यापार गरिसकेपछि अब म तिर्छु भनेर प्रतिवद्धता गरेको पनि छु ।
बैंकलाई पैसा नतिरेको कति भयो ?
असार मसान्तसम्मको सबै हिसाब–किताब क्लियर छ । त्यसपछि कात्तिकसम्म पनि बैंकहरुलाई १०, २०, २५ लाख तिर्दै आइरहेको थिएँ । म गएको २ दिन अघिसम्म पनि बैंकलाई पैसा हालेको छु । बुवा र भाइलाई मनाएर आऊँला भनेर गइयो, बिरामी भइयो र परिस्थिति त्यस्तै पर्यो । म पनि समाचारहरु सुनेर डिस्टर्ब भएँ । यसै पनि डिप्रेसनको रोगी हो ।
अत्यधिक महत्वकांक्षी बन्दा डुबेको भन्ने पनि छ । खास कुरा के हो ?
त्यो दिन मसँग यदि १ करोड मात्रै भएको भए नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेष्ट बैंक सबैलाई पहिला अलिअलि दिएर हात जोडेर हजुर म व्यापार गर्छु । मेरो पसल खोल्दिनुस् भन्थें । मसँग पैसा नै नभएर पसल बन्द भयो । हामी पुस २२ गते भारत गयौं । २१ गते नै पसल सिल भइसकेको थियो ।
त्यो सत्य होइन । देशमा हामीहरु विगत ३० वर्षदेखि मदिरा व्यापार गर्दै आइरहेका छौं । विदेशी मदिरामा सरकारले हरेक वर्ष कर बढाइरहेको थियो । जहिले पनि सरकारी कर्मचारीले अमितजी तपाईं पुरानो मान्छे हो । आफ्नै प्रोडक्ट ल्याउनुस्, स्वदेशी उत्पादन बेच्ने गर्नुस्, भन्ने सुझाव रह्यो ।
जहिले पनि डलरको अभाव भयो, विदेशी मुद्रा बाहिरियो भन्नेजस्ता समाचारले मलाई जहिल्यै पिरोलिरहन्थ्यो । त्यही भएर मैले उद्योग लगाउने सोच बनाएँ । तर, सरकारले मदिराको नयाँ लाइसेन्स दिइरहेको थिएन । मैले राम्रै पैसा तिरेर (जो मान्छेसँग मैले लाइसेन्स लिएँ उसलाई तिरेको रकम) नवलपरासीमा २०७२ सालमा लिएँ ।
तर, लाइसेन्स लिइसकेपछि उद्योग विभागले मलाई ६ महिनाको समय दियो । भूकम्प आएको समय परेको थियो । २०७३ साल असोस ३० गतेको मेरो म्याद थियो ।ण् सबै भवन बनाएर उत्पादन गर्न त सम्भव थिएन । मैले स्वदेशी उत्पादन गर्ने कुरामा विभागले म्याद थपिदिन्छ भन्ने सोचेको थिएँ र २०७३ असोजभन्दा पहिला नै म्याद थप गरी पाऊँ, म फ्याक्ट्री सञ्चालन गर्छु भनेर निवेदन दिएँ ।
तर, औद्योगिक प्रवद्र्धन बोर्डबाट निर्णय गर्नुपर्ने भयो । त्यो समयमा महेश बस्नेत उद्योगमन्त्री हुनुहुन्थ्यो । उहाँको पालामा यो काम हुन सकेन । त्यसपछि नविन्द्रराज जोशी आउनुभयो । त्यो बेला पनि एक–दुईपटक बोर्डको बैठक बस्यो तर केही भएन । फेरि सुनिलबहादुर थापा आउनु भयो । एक–दुईपटक कुरा अगाडि बढेको थियो तर, सपोर्ट भएन । पछि मात्रिका यादव आउनु भयो । उहाँले पनि मदिराको विषयमा छुनु नै भएन । त्यसपछि ऐन नै परिवर्तन गराउनुपर्ने भयो ।
२०७६ सालमा एउटा औद्योगिक ऐन आयो । त्यसको ६० नम्बर बुँदामा जसले एकपटक लगानी गरिसकेको छ । तिनिहरुको म्याद एकपटक १ वर्ष थप गरिनेछ भनेर उल्लेख भयो ।
मैले २०७२ सालमा पाएको प्रोजेक्ट २०७८ मा पूरा भयो । समयमा मेरो म्याद थप नभएकाले गर्दा एनआईडीसी बैंकसँग ऋण लिएको थिएँ । त्यो ऋण पनि पूरै चलाउन पाइनँ । त्यसपछि मेरो म्याद सकियो ।
त्यति ठूलो इन्डस्ट्री लगाउँदैछु । त्यति बेला बैंकको ऋण ७ करोड रुपैयाँ थियो । मेरो लोन नै भएन र मैले पैसा यताउता गरेर गर्छु भनेर अगाडि बढाएँ । मेरो पैसा बालुवामा पानी हालेको जस्तो भयो । ब्याज पनि लाग्ने, स्टाफ पाल्नुपर्ने र धेरै चिजहरु बिग्रिएर गए ।
तपाईंहरु भारत जानुपहिले घरमा खैलाबैला मच्चिएको थियो भनिन्छ नि ? सुरक्षा थ्रेटको कुरा पनि छ ?
हो, केही बाहिरका पैसा लिने मान्छेहरु पनि आए । मान्छेहरुले थ्रेट दिए । कसैले पैसा लिनुथियो । अनि मैले पैसा दिनु पनि थियो । मान्छेहरु एग्रेसिभ भए । यसो गर्दिन्छु, त्यो गर्दिन्छु भने । मानसिक तनाव निकै बढेको थियो । तर, म छिटै नै फर्किन्छु भन्ने थियो र त्यही आधारमा छिटै फर्किएर पनि आएँ ।
त्यस बेला मानसिक तनाव निकै बढ्यो । म छिटै फर्कन्छु भनेर भनेको थिएँ । र, फर्किएर पनि आएँ ।
तपाईंलाई साथी–भाइहरुले पनि धेरै महत्वकांक्षी भइस् भनेर चेतावनी दिँदै आइरहेका थिए । तर, तपाईंले उनीहरुको सुझावलाई पनि नमान्नु भएकै हो ?
मदिरा उद्योगमा मेरा प्रतिस्पर्धीहरुले मलाई घरेलु बजारमा ल्याउन नखोजेको हो भन्ने लागेको थियो । हामी आएपछि बजार लिन्छ भन्ने पनि डर होला । तर, मदिराको घरेलु बजार बिस्तारै बढ्दै गइरहेको थियो ।
हामीजस्ता पुरानो मान्छे आएपछि बजार हिस्सा त केही लिने भइहाल्यौं । धेरै जना हाम्रा प्रतिस्पर्धीले हामीजस्ता पुराना मान्छेहरुका कारण यो चिज गरिरहेका थिए । यो उद्योग आएपछि सरकारले कहिल्यै कतै पनि आयातलाई सहयोग नगरेको भन्ने मलाई पनि लागिरहेको थियो ।
हरेक वर्ष कर बढाएर रेट कहाँदेखि कहाँ पुर्याउने ?
एउटा ब्ल्याक लेबल ह्विस्कीको रेट आज ८ हजार रुपैयाँ छ । एउटा सामान्य नागरिकले त ८ हजार रुपैयाँ तिरेर खान सक्दैन । ओल्ड दरबारसबैले किनेर खाइरहेका छन् । किन हामीले त्यही गुणस्तरको सामान नेपालमै नदिने भन्ने एउटा सोच मेरो मनमा आएको हो । त्यसका लागि मैले आफ्नो क्षमतालाई पनि सोहीअनुसार तयार पार्नुपर्ने थियो । तर, म अलिक अघि गइहालेँ ।
तपाईंले सहकारी, व्यक्तिगत र बैंकबाट जति पैसा लिनुभएको छ, त्यो निकै ठूलो दायित्व र चुनौतीपूर्ण छ । बैंकले त सहयोग गर्दैन । ती सबैलाई कसरी मिलाएर अघि जानुहुन्छ ?
यसको उपाय भनेको सबैभन्दा पहिले त बैंकमाथिकै दायित्व मैले क्लियर गर्नुपर्यो । किनभने जनताको पैसा त्यसमा छ । बैंकको क्लियर गर्नलाई धितो, स्टक र मैले बजारबाटै करोडौं रुपैयाँ उठाउनु छ । त्यसबाट हामीले व्यवस्थापन गर्नेछौं । अहिले बजारबाट मेरो औसतमा १८ देखि २० करोड रुपैयाँसम्म उठाउनु पर्ने छ ।
कोलकाता र वीरगन्जमा मेरो सामान छ । १० कन्टेनर सामानहरु अझै आइरहेको छ । हामीले नेसनल ट्रेडिङसँग पनि एकपटक कारोबार गरेका थियौं । त्यसलाई पनि अहिले कतिले गल्ती देखाउँछन् । तर, नेपाल ट्रेडिङजस्तो सरकारको स्वामित्व भएको कम्पनी अचानक सरकारले बन्द गर्याे । तीन वर्ष नै भइसक्यो त्यसमा राम्रो लगानी गरेर सरकारसँग सम्झौता गरेको थिएँ । सरकारले बन्द गरेपछि मेरो पैसा त्यसमा अड्केर बसेको हो ।
मेरो पैसा स्टकमा छ । नेसनल ट्रेडिङको सही नभई माल नछुट्ने भनेर सही भएको छ । कम्पनी बन्द भएकै धेरै भयो, त्यसैले माल अड्केको हो । अहिले उसका कर्मचारी पनि कोही छैनन् ।
अघि मैले बैंकको कुरा गर्दै थिएँ । बैंकलाई क्लियर गर्ने कुरामा अब हामी आफ्नो धितो बेच्दै जान्छौं । हाम्रो राम्रै ठाउँमा धितो छ । त्यति गरेपछि बैंकलाई क्लियर हुन्छ । त्यसपछि उसको समस्या नै भएन । बाहिर यति धेरै पैसा उठाउनुपर्नेछ । उठाउनुपर्ने पैसाबाट दिने/लिने गर्दै एउटा निश्चित समयभित्र सबै फत्ते गर्ने हाम्रो योजना हो ।
बैंकबाहिर त्यत्ति धेरै पैसा हामीले तिर्नुपर्ने छैन । हाम्रो ‘म्याक्सिमम एक्सपोजर’ भनेको १ अर्ब रुपैयाँ मात्र हो । त्यसमा लगभग ७५ करोड जति बैंकको छ र बाहिरको करिब २५ करोड रुपैयाँ जति छ । मान्छेहरुले होहल्ला धेरै गरेका छन् ।
आजको दिनमा मेरो बजारबाट लिन र दिन गरेर प्लस माइनस केही छैन । बजारबाट उठ्ने पैसा कोभिडका कारणले उठ्न ढिला होला । तर, त्यो नउठ्ने भन्ने त छैन । पैसा धेरै चाहिँ नयाँ उद्योग लगाउँदा फसेको हो । राम्रो कामको लागि सोचेको हो । रक्सी उद्योगभन्दा पनि त्यही उद्योगमा फसेको हो ।
ब्याज त तिर्नैपर्छ । त्यो मिटर ब्याज होइन १८ प्रतिशतमा लिएको हो । सेल्सबेजसँग हाम्रो सेयर किन्ने बेलामा सापटी मागेको हो, त्यो फिर्ता दिइसक्यो । ऊसँग एक रुपैयाँ पनि लिन/दिन बाँकी छैन ।
अघि मैले बैंकको कुरा गर्दै थिएँ । बैंकलाई क्लियर गर्ने कुरामा अब हामी आफ्नो धितो बेच्दै जान्छौं । हाम्रो राम्रै ठाउँमा धितो छ । त्यति गरेपछि बैंकलाई क्लियर हुन्छ । त्यसपछि उसको समस्या नै भएन । बाहिर यति धेरै पैसा उठाउनुपर्नेछ । उठाउनुपर्ने पैसाबाट दिने/लिने गर्दै एउटा निश्चित समयभित्र सबै फत्ते गर्ने हाम्रो योजना हो ।
तपाईंहरुले अपार्टमेन्ट धेरै जनालाई बेचिसक्नुभयो । धेरै जनासँग बैना पनि लिइसक्नुभयो भन्ने कुरा आएको छ । वास्तविकता के हो ?
एउटै सम्पत्तिको बैना धेरै जनाबाट लिएको भन्छ भने कसैले साबित गरेर देखाओस्। जस्तोसुकै कारबाही भोग्न तयार छु । सम्पत्तिको बैना लिँदा कागज गरेर गरिन्छ । एउटा अपार्टमेन्ट ३ जनाको हो भनेर साबित गरेर देखाओस् । यो सबै झुटो कुरा हो ।
त्यो कुरा हाम्रो बैंकलाई सबै कुरा थाहा छ । बैंकको नाममा सबै प्रोपर्टी भएपछि उसलाई बीचमा राखेर मात्र गरियो । यो बाँकी सबै झुटो आरोप हो ।
नेपाल त आउनुभयो । अब यसलाई पुनर्जीवित गर्ने के योजना छ ?
अमित र अभिषेक अग्रवालले जे व्यापार गर्दै आइरहेका थिए, त्यो व्यापार अब खुल्छ । हाम्रो जति पनि टिम र स्टाफ छन्, कोही पनि कतै गएका छैनन् । उनीहरुले बजारमा गएर हाम्रो बाँकी पैसा उठाएर चेक ल्याएर कुन पैसा कता हाल्ने भनेर सोधिरहेका छन् ।
म आजभोलिमै आन्तरिक राजस्व कार्यालय जानेछु । धेरै गलत समाचारहरु आए । हाम्रोजस्तो प्रतिष्ठित कम्पनीले एक्साइजेबल माल बेच्ने हो । हाम्रो लिंकेज भनेको अन्तःशुल्कसँग हुन्छ । कर कार्यलयलाई पनि भन्छौं । गलत समाचारले धेरै धक्का दिएको छ ।
हामीले पहिले गरेको व्यापारलाई यथास्थितिबाट सुरु गर्नेछौं । अब कोभिड घट्दै जाँदा पर्यटक पनि धेरै आउने कुरा छ । यहाँको पाँचतारे होटल, क्यासिनो चल्न थाल्यो भने हामीलाई पुनर्जीवन पाउन धेरै समय लाग्दैन । यति धेरै समय ग्यापिङ छ । कोरोनाले सबैलाई असर गरेको छ, त्यो त आफ्नो ठाउँमा छ ।
तर, गाह्रो के भयो भने मैले तपाईंबाट पैसा लिएँ र तपार्इंले मलाई एकदमै धेरै दबाब दिनुभयो । तर, मैले आज पाँचतारे होटलबाट पैसा लिन छ भने मैले त्यहाँ चेक बनेको छ कि भनेर मात्र सोध्ने हो । मेरो आज जति ठूलाबडा कम्पनीसँग लेनदेन छ, तिनीहरुले अमित भाग्यो भन्दैनन् । कति कम्पनीसँग ३/४ करोड रुपैयाँ ऋण थियो । आज तिनीहरुलाई ८० लाख रुपैयाँ दिन बाँकी छ ।
भाग्ने भए म किन पैसा तिर्थें र । आज जोनी वाकर तथा चिभासहरुजस्ता सप्लायरहरुलाई तीन महिनामा हेर्ने हो भने तिर्नुपर्ने पैसा एकदमै कम भएको छ, त्यो स्टेटमेन्टले पनि देखाउँछ । जसलाई पनि सोध्नुहोस् ग्रिन लाइनको अवस्था, कोभिडपछि साउन भदौयता राम्रो गरेको छ । रिभाइभ चाँडो भएको छ । राम्रो ब्रान्ड हो भन्ने प्रतिक्रिया पाउनुहुनेछ । ग्रिन लाइनलाई मात्र राम्रो चलाउन पायो भने म पाँच करोड रुपैयाँ कमाउँछु ।
अब हाम्रो कारखानाबाट उत्पादन आइसक्यो । हामीले गत महिनादेखि बजारमा नयाँ उत्पादन लिएर आइसक्यौं । तराई क्षेत्रका लागि ७० युपीको ललिपप भन्ने ब्रान्ड लिएर आइसक्यौं । अब हामी छिटै नै प्रिमियम प्रडक्ट ल्याउँदैछौं ।
सागर डिस्ट्रिलरीले २०७२ मा उद्योग विभागमा जो–जो मान्छे महानिर्देशक र सचिव थिए उनीहरुसँग तपाईंले सोध्नुभयो भने मेरो दुःखको कुराहरु उहाँहरुले भन्नुहुनेछ ।
यदि सरकारले समय बढाइदिएको भए म संकटमा आउने थिइनँ । महँगोमा लाइसेन्स किनेँ । पैसा पनि फस्यो । आज मलाई के लाग्छ, यदि ७३ सालमा मेरो उद्योग खोलेर चलाउन पाएको भए सरकारलाई मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क दिन्थेँ । किनभने हामीले एक बोतल रक्सी बिक्री गर्दा प्रतिलिटर १ हजार १९९ रुपैयाँ सरकारलाई अन्तःशुल्क जान्छ । १३ प्रतिशत भ्याट जान्छ ।
सेयर बेचेर ठूलो रकम लिएर जानु भयो भन्ने पनि आरोप छ नी ?
१ अर्ब रुपैयाँको सेयर बेचेर पनि सम्पत्ति लिएर गयो भनेर मान्छेहरुले बोलिदिए । तर, मसँग कुनै सम्पर्क नै नभई क–कसले के–के भन्दै हिँडेछन् ।
आजको दिनमा मैले मेरो कारखानाबाट १ अर्ब रुपैयाँ लिएको हो भने त मेरो फ्याक्ट्रीका सञ्चालकहरु त यहीँ छन् नि ! उहाँहरुले मलाई १० लाखभन्दा माथि त चेक नै दिए होलान् । कम्पनी रजिस्ट्रार कार्यालयमा चेकको फोटोकपी नगरी सेयर नै ट्रान्सफर हुँदैन ।
नयाँ साझेदार स्याम खेतान र सन्दीप जलानले बैंकको ऋण जिम्मा लिनुभयो रे ! व्यक्तिसँग लिएको ऋणको केही हिस्सा नयाँ सेयरधनीको काँधमा लिए ।
मैले सन्दिपसँग पैसा लिइनँ । किनभने मैले एउटै सर्त के राखेँ भने अहिले संकटमा छु, तपाईंहरुसँग पैसा लिन्नँ । तर, तपाईंहरुले यो फ्याक्ट्री चाहिँ सञ्चालन गरिदिनुपर्छ । किनभने यो मेरो ‘ड्रिम प्रोजेक्ट’ हो ।
उहाँहरुले सहयोग पनि गरिदिनुभयो । चाँडोभन्दा चाँडो लगानी गरी आजको दिनमा उत्पादनमा ल्याइसक्नु भयो । त्यसमा म, सन्दीप र खेतानजी मिलेर चलाइरहेका छौं ।