काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ‘डिजिटल सिटिजन’ अभियानअन्तर्गत सिटिजन लाइफ इन्स्योरेन्सको आईओएस एप थप सुविधासहित अपग्रेड गरी एपस्टोरमा उपलब्ध गरेको छ । आफ्ना ग्राहक र अभिकर्ताहरूलाई डिजिटल सेवा उपलब्ध गराउन यस एपले थप सहयोग गर्ने कम्पनीको विश्वास छ ।
सिटिजन लाइफ इन्स्योरेन्स एपमार्फत कम्पनीको विस्तृत विवरण, सिटिजन लाइफमा रहेका सम्पूर्ण बिमा योजनाहरूको विस्तृत जानकारी, नेपालभरि रहेका सम्पूर्ण शाखा कार्यालयहरूका बारेमा जानकारी साथै यसमा रहेको मिडिया सेन्टरबाट कम्पनीका हालसालैका विभिन्न गतिविधिहरूको जानकारी पनि लिन सकिनेछ ।
यस एपबाट रहेको प्रिमियम क्याल्कुलेटरको प्रयोग गरी आफ्नो विवरण भरेर आफूले इछ्याएको बिमा योजनाको बिमाशुल्क आफ्नो अवश्यक्ता अनुसारको बिमाङ्क रकम र बिमाको समय अवधिअनुसार आफैं निकाल्न सकिनेछ । सिटिजन लाइफ कम्पनीको अभिकर्ता बन्न चाहने महानुभावहरूले पनि यस एपबाट आवेदन दिन सकिनेछ ।
साथै कम्पनीले ग्राहकहरूको सुविधालाई मध्य नजर गरी घरमै बसेर बिमा शुल्क तिर्न सकिने व्यवस्थाको लागि यस एपमा ई–सेवा, पोन पे, र कनेट आईपीएसलगायतका डिजिटल बैंकिङ सुविधामार्पmत अनलाइन भुक्तानीको व्यवस्थासमेत लिन सकिनेछ ।
यस एपमा लग इन गरेर बिमितले आफ्नो बिमा योजना, कुल बिमांक रकम, आफूले अहिलेसम्म तिरेको बिमा शुल्कको विवरण साथै भविष्यमा कहिले र कति नवीकरण शुल्क तिर्नपर्छ भन्ने कुराको सम्पूर्ण जानकारी लिन सकिनेछ ।
सिटिजन लाइफ इन्स्योरेन्सको ‘डिजिटल सिटिजन’ अभियानअन्तर्गत अनलाइनमार्फत बिमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि विगत वर्षहरूदेखि र हालसालै अनलाइन बिमा दाबी सेवा सञ्चालनमा रहेको छ ।