काठमाडाैं । टाटा मोटर्सले यो महिना पनि आफ्नो दमदार प्रदर्शन कायम गरेर हुन्डाई, किया, मारुती सुजुकीलाई पछि पार्दै शीर्ष स्थानमा रहन सफल भएको छ।
पछिल्ला केही महिना टाटा मोटर्सको प्यासेन्जर कारको लागि निकै उत्कृष्ट साबित हुँदै गएको छ । भारतीय सवारीसाधन उत्पादक टाटाले एकपछि अर्को महिनामा रेकर्ड बनाउँदै गइरहेको छ ।
टाटा मोटर्सलाई प्यासेन्जर कार सेग्मेन्टमा स्थापित गराउन सफल टाटा नेक्सन स्टाइल, टेक्नोलोजी, डिजाइन, फिचर्स् र लक्जरीको हिसाबले सब फोर मिटर सेग्मेन्टमा उत्कृष्ट साबित भइसकेको छ । यस्तै नेपालमा ग्राहकहरूको मन जित्नसमेत सफल भएको छ।
बिक्री तथ्यांकको आधारमा नेक्सन सर्वाधिक धेरै बिक्री हुने एसयूभी भएको हो । टाटा नेक्सन सब फोर मिटर सेग्मेन्टमा पावरफुल १.२ लिटर टर्बो इन्जिनको कारण चर्चामा रहँदै आएको मोडल हो । टाटाको प्यासेन्जर सेग्मेन्टमा गेमचेन्जरको रूपमा लिने गरिएको नेक्सन फिचर लोडेड गाडीमा पर्छ ।
टाटा मोटर्सले १३ हजार ८१६ यूनिट नेक्सन बिक्री गरी शीर्ष हुन सफल भएको छ भने किया सेल्टोस ११ हजार ४८३ यूनिटसहित दोस्रो स्थानमा छ । साथै हुन्डाई भेन्यू ११ हजार ३७७ यूनिटसहित तेस्रो स्थानमा छ । चौथो स्थानमा टाटा मोटर्सको नयाँ माइक्रो एसयूभी परेको छ भने हुन्डाई क्रेटा ९ हजार ८६९ यूनिट सहित पाँचौ स्थानमा रहेको छ । छैटौ स्थानमा रहेको ब्रेजा ९ हजार ५७६ यूनिट र सातौं स्थानमा रहेको किया सोनेट ६ हजार ९०४ यूनिट बिक्री भएको छ ।
त्यसै गरी धेरै बिक्री हुने १० मोडलको सूचीमा रेनो काइगर, निसान म्याग्नाइट, फक्सवागेन टाइगुन र स्कोडा कुसकले भने यसपालि आफ्नो स्थान पक्का गर्न सकेनन् । सूचीको आठौं, नवौं र दसौं स्थानमा महिन्द्रा थार ४ हजार ६४६ यूनिट, महिन्द्रा एक्सयूभी ३०० ले ४ हजार ५५० यूनिट र महिन्द्रा एक्सयूभी ७०० ले ४ हजार ११९ यूनिट बिक्री गर्न सफल भयेको छ ।