काठमाडौं । अनलाइन बजार, दराजले २०२२ को पहिलो अभियान ‘सेलिब्रेट लभ’ घोषणा गरेको छ ।
यो अभियान २१ माघ (फेब्ुअरी ४)बाट सुरु हुनेछ भने यस अभियानका मुख्य आकर्षणहरु ६० प्रतिशतसम्मको मेगा डिल, कार्ड प्रिपेमेन्टमा १५ प्रतिशत (अधिकतम ७ सय ५० रुपैयाँ) सम्मको छुट, ५ हजारसम्मको मेगा भाउचर, ५० हजार मूल्यको सामान केवल १ रुपैयाँमा जित्ने मौका रहेको जानकारी दिएको छ ।
यद्यपि, अभियानको शोस्टपर भने मेगा गिभअवे रहेको छ, जहाँ एकजना विजेताले १ लाख २२ हजार रुपैयाँ मूल्यको बालाजीको हिराको झुम्का र औंठी जित्न मौका पाउनेछन ्।
अभियानको मुख्य सन्देशलाई थप फैलाउने प्रयासमा दराजले नेपालका प्रमुख प्रभावशाली व्यक्तिहरूसँग हात मिलाएर सञ्चारको एउटा महत्त्वपूर्ण सञ्जाल गठन गरेको छ /भ्लगर, आउट अफ होम ब्रान्डिङ, ब्रान्ड पार्टनर, भुक्तानी साझेदार र प्रवर्द्धन साझेदारहरू समावेश गर्दै अभियानको प्रचार पनि नेपालभर विस्तार गरेको कम्पनीले जनाएको छ ।
अभियानको अवधिभर ग्राहकहरूले एपल, रियलमि, बियर्डो, रोटो, ए एन एक्स, वाइल्डहर्न, कन्भर्स, मसला बिड्स, अमय्रा फेसन, विक्की स्टेसनर्स, कड़ेंस, एक्स एज, ह्यमुन्ड्स फ्लाइक्याचर, प्याजाइटालिया र थप अरु प्रमुख ब्रान्डको उत्पादनहरूमा ६० प्रतिशतसम्मको मेगा डिलहरू प्राप्त गर्न सक्नेछन्। त्यसैगरी, कुन उपहारहरू छनौट गर्ने भन्ने बारे निश्चित नभएका ग्राहकहरूले ‘ह्यान्ड पिक्ड गिफ्ट्स’ मार्फत सजिलैसँग उत्तम उपहार पाउन सक्नेछन्।
सो अभियानले ग्राहकहरूलाई बैंक कार्ड प्रिपेमेन्टहरूमार्फत थप छुटहरू प्राप्त गर्ने अवसर पनि प्रदान गर्छ । मेगा बैंक, सानिमा बैंक, बैंक अफ काठमाडौँ, एनसीसी बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक र सनराइज बैंकका कार्ड धारकहरूले क्रेडिट कार्ड मार्फत १५ प्रतिशत (अधिकतम ७ सय ५०) र डेबिट कार्डमार्फत १० प्रतिशत (अधिकतम ७ सय ५० रूपैयाँ) सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
साथै यस अभियानमा लोकप्रिय खेल एक रुपैयाँको मध्यमबाट ग्राहकहरुले १ रुपैयाँमा निम्न मद्दे कुनै एक पुरस्कार जित्नका लागि भाग लिन सक्नेछन् जनाएको छ । साजुना डायमण्ड झुम्का र एन्कर साउन्डकोर हेडफोन। भाग लिनको लागि ग्राहकहरुले अनलाइन प्रिपेमेन्टको मध्यमबाट १ रुपैयाँमा प्रिपे गर्नुपर्नेछ । यदि नजितेमा पूर्ण रकम फिर्ता हुनेछ ।
दराज प्रयोगकर्ताहरुलाई सेलमा भव्य मनोरन्जन र धेरै उपहारहरु जित्ने अवसर प्रदान गर्न चर्चित मिडिया व्यक्तित्व मालभिका सुब्बाका साथै अन्य चर्चित सेलिब्रेटीहरू साथ दराजले माघ २३ (फेब्रुअरी ६ ) मा दराज एपमा गाला लाइभ प्रत्यक्ष प्रसारण गर्ने पनि जनाएको छ ।