काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबार सुरक्षित भएर गर्न सूचना जारी गरेको छ । विद्युतीय उपकरणको माध्यमबाट घरमै बसेर कारोबार गर्दा विभिन्न अपराधिक व्यक्ति/समूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहक ठगी गरिरहेको भन्ने गुनासो प्राप्त भएकाले विशेष ध्यान दिएर कारोबार गर्न राष्ट्र बैंकको भुक्तानी प्रणालीले सूचना जारी गरेको हो ।
सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनी इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङको युजर नेम र पासवर्ड माग्ने, नक्कली वेवासाइड बनाइ ग्राहकका गोप्य सूचनाहरु लिने, ठूलो रकमको चिठ्ठा परेको भनी लोभ देखाएर उक्त चिठ्ठा रकम हस्तान्तरण गर्न उत्प्रेरित गर्नेलगायतका ठगी भइरहेको जानकारी प्राप्त भएको भन्दै राष्ट्र बैंकले यस्ता ठगीबाट वच्न विशेष ध्यान दिनुपर्ने बताएको छ ।
अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओटीपी वा अन्य संवेदनशील जानकारी नदिन केन्द्रीय बैंकले आग्रह गरेको छ । मोबाइल तथा अन्य डिभाइस एवं एप्सका पासर्वक्षहरु बेलाबेलामा परिवर्तन गरी गोप्य तरिकाले सुरक्षित राख्न भनिएको छ ।
यसैगरी सामाजिक सञ्चलान वा कुनै विद्युतीय माध्यमबाट म्यासेज पठाइ रकम पठाउन आग्रह गरेकोमा रकम पठाउनुअघि सोही व्यक्तिले रकम माग गरे नगरेको व्यहोरा अन्यबाट यकिन गरेर मात्र रकम पठाउन भनिएको छ ।
अनावश्यक तथा अनधिकृत एप्स आफ्नो मोबाइल फोन वा अन्य डिभाइसमा डाउनलोड नगर्न राष्ट्र बैंकले सचेत गराएको छ । अनाधिकृत एप्स मोबाइलमा डाउनलोड गर्दा आफ्ना संवेदनशील सूचनाहरु अपधराधिक समूहले पत्ता लगाउन सक्ने भएकाले सचेत हुन राष्ट्र बैंकले भनेको छ ।
कसैले रकम भुक्तानी गर्ने बहानामा बारकोड, क्युआर कोड पठाएको वा एप्सको पार्सवर्ड आवश्यक भनी म्यासेज गरेको कार्यलाई शंकास्पद रुपमा लिनुपर्ने बताइएको छ । रकम भुक्तानी गर्दा बारकोड, क्युआर कोड वा पासवर्ड पठाउन आवश्यक हुँदैन ।
कुनै पनि वेबसाइडमार्फत विद्युतीय कारोबार गर्नुअघिसम्बन्धी संस्थाको आधिकारिक वेबसाइड हो वा होइन भनी यकिन गर्न भनिएको छ । यसका लागि वेबसाइडको एचटीटीपीएस डबल स्लास बाट सुरु भएको भने मात्रै सुरक्षित भरपर्दो र विश्वसनीय मानिने बताइएको छ ।
विद्युतीय कारोबार गर्दा आफू ठगिएको शंका लागेमा अथवा आफुले गरेको कारोबार तथा बैंक वित्तीय संस्थाबारे कुनै गुनासो भएमा गुनासोसम्बन्धी अनलाइन पोर्टल मार्फत गुनासो वा उजुरी दर्ता गराउन भनिएको छ ।