काठमाडौं । सर्वोत्तम समेन्ट लिमिटेड तथा सर्वाेत्तम स्टील लिमिटेडले ठेकेदारहरूलाई लक्षित गर्दै एक प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममार्फत कम्पनीले “सर्वाेत्तमको न्यानो सौगात” नामक योजनाको समेत सुरुवात गरेको छ ।
कम्पनीका भाइस–प्रेसिडेन्ट् सुवास पाण्डेका अनुसार यो योजनाअन्तर्गत अब ठेकेदारहरूले आफ्नाे साइट रजिष्टर गराएबापत सर्वाेत्तम स्टीलको तर्फबाट ट्रयाक–सुट उपहार तथा सार्वाेत्तम सिमेन्टको तर्फबाट ट्रयाक–सुटका साथै कुनै पनि किसिमका दुर्घटनाविरुद्ध ७ लाखको बिमाको सुविधा पाउनेछन् ।
सो योजना काठमाडौं, ललितपुर र भक्तपुरका १ हजार ठेकेदारका लाागि बिमा सुविधा प्रदान गराउने लक्ष्य कम्पनीले लिएको छ ।
यसका साथै, सोही कार्यक्रममा कम्पनीका प्रोजेक्ट हेड ई. अभिषेक झाद्वारा घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रूपमा कसरी गर्दा भूकम्प प्रतिरोधात्मक हुन्छ र सिमेन्टको प्रयोग प्राविधक रूपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन जान्छ भन्ने बारेमा जानकारी तथा तालिमसमेत प्रदान गराइएको छ ।
सर्वाेत्तम सिमेन्ट अत्याधुनिक युरोपियन भीआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग हो । आईएसओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वाेत्तम ओपीसी र सौरभ ग्रिन पीपीसी नामक ब्राण्डका सिमेन्टहरू नेपालभर सर्वत्र बिक्री वितरण गरिरहेको छ ।
यसरी ओपीसी ४३ र ५३ ग्रेडका साथै पीपीसी सिमेन्टको पनि उत्पादन तथा विक्रिवितरण गर्ने यो एकमात्र सिमेन्ट कम्पनी हो । यति मात्र नभई आफ्नै इस्टिम इन्जिनबाट विद्युत उत्पादन गरी सिमेन्टको गुणस्तरमा एक रुपता प्रदान गर्न कम्पनीले नेपालमै पहिलो पटक एक्स–रे डिफ्राक्सन मेसिनको प्रयोग गर्दै आएको छ ।
आफ्नो स्थापनाको केही समयमा नै उत्कृष्ट उत्पादन तथा गुणस्तर पस्कँदै धेरैभन्दा धेरै सिमेन्ट उपभोक्ताको विश्वास जित्न सफल सर्वाेत्तम सिमेन्टको उद्योेगको उत्पादन क्षमता ७० हजार बोरा रहेको छ । साथै, देशका महत्वपूर्ण आधारस्तम्भहरू अनि ठूला–ठूला परियोजनाहरू तथा गौरवशाली आयोजनाहरूलगायत विशाल पूल, बाँध, हाइड्रोपावर, धावनमार्गदेखि हाउजिङ्ग कम्पनीहरूमा समेत सर्वाेत्तम सिमेन्ट पहिलो रोजाइमा पर्दै उपयोग हुँदै आएको छ ।
यसैगरी, सर्वाेत्तम स्टील एफइ५०० फलामे डन्डी नयाँ जमानाको यस्तो फलामे डन्डी हो जसले सर्वाेत्तम लचकता तथा मजबुतीलाई एकसमान रुपमा प्रस्तुत गरेको छ । यो फलामे डण्डी आफ्नो डायमण्ड रिबका कारण अन्य फलामे डन्डीभन्दा निकै फरक छ ।
यस किसिमको अतुलनीय विशेषता यस फलामे डण्डीले नेपालमै पहिलो पटक प्रस्तुत गरेको छ । आफ्नो यही अद्भुत डायमण्ड रिबका कारण यसले अन्य फलामे डण्डीको तुलनामा कंक्रिटसँग ६० प्रतिशत बढी पकड शक्ति प्रदान गर्छ ।