एजेन्सी । आजभोलि जता हेर्यो त्यतै क्रिप्टोकरेन्सी । यसकै छ चर्चा र हल्ला पनि ।
नेपालमा क्रिप्टो कारोबार अवैध मानिएको छ । केही दिनअघि राष्ट्र बैंकले सूचना जारी गर्दै क्रिप्टो तथा नेटवर्किङ कारोबार नगर्न÷नराउन निर्देशन दिँदै त्यस्तो गरेको पाइएमा नेपाल र नेपालबाहिरसमेत नछाडिने भनेको थियो ।
तैपनि लुकीछिपी यसमा लगानी गर्नेहरुको कमी छैन ।
भारतमा नरेन्द्र मोदी सरकारले मंगलबार ल्याएको बजेटमार्फत क्रिप्टोकरेन्सी कारोबारलाई वैधता दिने ठूलो घोषणा गर्यो । अर्थात् वैधता दियो । तर, उक्त कारोबारमार्फत हुने कमाइको ३० प्रतिशत सरकारलाई कर तिर्नुपर्ने हुन्छ ।
यो घोषणासँगै भारतमा अहिले यसको राम्रो÷नराम्रो दुवै चर्चा चलिरहेको छ । यसअघि हुने कारोबारमा सरकारलाई कुनै कर तिर्नुपर्दैनथ्यो ।
क्रिप्टो कारोबार गर्नेमध्येका एक हुन्, भारतीय अभिनेता (बिग बी) अमिताभ बच्चन । उनी कारोबार गर्नेहरुमा अग्रपंक्तिमा छन् । क्रिप्टो कारोबारमार्फत उनले राम्रो नाफासमेत कमाएका छन् ।
इकोनोमिक टाइम्सको रिपोर्टअनुसार अभिताभले आफ्ना पुत्र अभिषेक बच्चनसँग् सिंगापुरको मेरिडियन टेक नामक कम्पनीमा २.५६ करोड डलर लगानी गरेका थिए ।
ढाइ सालमा उक्त लगानीबाट झन्डै २ अर्ब रुपैयाँ नाफा प्राप्त भएको छ ।
फस्र्ट पोस्टका अनुसार क्रिप्टोमा मात्रै लगानी गर्दा अमिताभले निकै फाइदा कमाएका छन् । यसबाहेक पनि उनले थुप्रै ठाउँमा लगानी गरेका छन् । जसको प्रतिफलसमेत निरन्तर पाइरहेका छन् ।
अमिताभले जस्ट डायलबाट १०.२ प्रतिशत प्रतिफल पाएका छन् । ४ महिनामा उनले यसमा ६.२७ मिलियन इनभेस्ट गरेका थिए । नाफापछि कुल अमाउन्ट ७० मिलियन पुगेको छ ।
सन् २०१३ मा उनले जस्ट डालयको ६२ हजार ७९४ सेयर खरिद गरेका थिए । भारतमा क्रिप्टो कारोबार गर्नेको संख्या १ करोड ५० लाख पुगेको छ । रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले क्रिप्टो कारोबारलाई खुला गर्दा वित्तीय क्षेत्रलाई समस्यामा पार्ने भन्दै खुलाउन नहुने अडान लिएको छ ।