काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बेलायतसँग लगानी र व्यापार विस्तार प्राथमिकतामा रहनुपर्ने बताएका छन् । बेलायतका लागि नेपाली नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यसँगको भेटमा अध्यक्ष गोल्छाले पुरानो सम्बन्ध भए पनि बेलायतबाट न्यून लगानी भएको हुँदा सम्भावना पहिल्याउन सकिने बताए । भेटवार्तामा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको पनि सहभागिता थियो ।
पछिल्लो समय व्यापार पूर्वाधारमा भइरहेको प्रगति, विद्युतको सहज आपुर्ति र श्रम सम्बन्धमा भइरहेको सुधारले नेपालमा लगानीको अवसर बढेको अध्यक्ष गोल्छाले बताए । पुर्वाधार, श्रम सम्बन्ध, विद्युत आपूर्ति आदिमा उल्लेख सुधार भइरहेको छ, उनले, हामीले बेलायतमा यी बिषय प्रस्तुत गर्न सक्नुपर्छ ।
नवनियुक्त राजदूत आचार्यले आप्mनो कार्यकालमा नेपाल–वेलायत व्यापार सम्झौता प्राथमिकतामा रहने बताए । बेलायत अब इयुबाट हटिसकेपछि हामीले छुट्टै सम्झौताको कुरा उठाइरहेका छौ, उनले भने, यो मेरो प्राथमिकतामा रहेको बिषय हो ।
राजदूत आचार्यले महासंघले तयार पारेको राष्ट्रिय आर्थिक रुपान्तरण (भिजन पेपर) र अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुदा निजी क्षेत्रमा पर्ने प्रभावबारे गरेको अध्ययनले आपूmलाई निजी क्षेत्रको धारणा बुझ्न र यी बिषयमा काम गर्न सहज हुने बताए ।
महासंघका बरिष्ठ उपाध्यक्ष ढकालले गैर आवासिय नेपालीहरूलाई नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्न अनुमति दिइएकोले यसको सदुपयोग गर्नुपर्ने बताए । यसले तरलता अभावको अहिलेको अवस्था केहि सहज हुने र दुतावासबाट यसबारे जानकारी दिएर बेलायतमा प्रचार प्रसार गर्न सकिन्छ ।