काठमाडौं । कोभिडको तेस्रो लहरपछि सुस्ताएको पर्यटन क्षेत्रलाई गतिशील बनाउन बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले विभिन्न आकर्षक प्याकेजहरू ल्याएको छ ।
पहिलो चरणका लागि पोखरा र भरतपुरलाई छनौट गरिएको छ । विस्तारै देशका अन्य पर्यटकीय गन्तव्यमा सजिलो र सहज होलिडे प्याकेजहरू ल्याइने बुद्ध एयर तथा होलिडेजका सिनियर एक्ज्युकेटिभ म्यानेजर पराशरजंग पाण्डेले बताए ।
उक्त होलिडेजले अहिलेसम्म ३८०० स्वदेशी तथा विदेशी नागरिकलाई पोखरालगायत विभिन्न गन्तव्यमा होलिडे प्याकेजमार्फत सेवा दिइसकेको छ ।
युवा वर्गलाई लक्षित गरी ल्याइएको यस होलिडे प्याकेजमा दुईतर्फी हवाई टिकट, पोखरामा एयरपोर्ट पिकअप–ड्रप, ट्विन सेयरिङ, एसी रुम समावेश छ । यात्रुहरुले स्वास्थ्य मापदण्ड अपनाई प्याकेजको आनन्द लिन सक्नेछन् ।
यस्तो छ प्याकेज
काठमाडौंबाट
पोखरा प्याकेजः ६,९९९ (प्रतिव्यक्ति)
चितवन प्याकेजः ९,९९९ (प्रतिव्यक्ति)
पोखरा प्याकेज
भैरहवाबाटः ७,९९९ (प्रतिव्यक्ति)
चितवनबाटः ७,९९९ (प्रतिव्यक्ति)
सिमराबाटः ८,९९९ (प्रतिव्यक्ति)
नेपालगन्जबाटः ९,९९९ (प्रतिव्यक्ति)