गत आर्थिक वर्षको तुलनामा भारतबाट निर्यात हुने स्मार्टफोनमा ११ प्रतिशतले वृद्धि भएको छ । उक्त वृद्धिपछि एकाइ १६.९ करोड (भारु) मा पुगेको छ ।
काउन्टर पोइन्ट रिचर्सको अध्ययनअनुसार सन् २०२१ मा बजार हिस्सा ३८ अर्बनजिक पुगेको थियो ।
पोइन्टको हालसालै अध्ययनअनुसार भारतको स्मार्टफोन बजार हिस्सा गत आवको तुलनामा सन् २०२१ मा २७ प्रतिशले वृद्धि भई ३८ अर्ब डलर पुगेको हो ।
यस्तै स्मार्टफोन निर्यात भने गत आर्थिक वर्षको तुलनामा अर्थात् सन् २०२१ मा ११ प्रतिशले बढेर १६.९ करोडको एकाइमा पुगेको हो ।
यद्यपि आपूर्तिसम्बन्धी मुद्दाका कारण डिसेम्बर त्रैमाससम्ममा पछिल्लो वर्षको सोही अवधिको तुलनामा निर्यातमा ८ प्रतिशत मात्रै थियो ।
काउन्टर पोइन्टका रिसर्चर प्राचिरका अनुसार सन् २०२१ भारतीय स्मार्टफोन बजारमा उपभोक्ता माग अधिक रह्यो । आपूर्तिमा देखिएको कोभिड महामारीजस्तो संकट चलिरहँदा पनि यस्तो उपलब्धि हासिल हुनु आफैंमा ठूलो रहेको उनले बताए ।
निर्यातमा सर्वाधिक २४ प्रतिशत बजार साओमीको रह्यो । महँगा मोबाइलको श्रेणीमा यो ब्रान्डको बजार हिस्सा पछिल्लो वर्षको तुलनामा २५८ प्रतिशत अधिक रह्यो ।
यस्तै कुल निर्यातमा सामसङको बजार हिस्सा १८ प्रतिशत रह्यो । २० हजारदेखि ४५ हजारसम्मका मोबाइलमा यसको हिस्सा २८ प्रतिशत रह्यो ।
यसबाहेक भिभो १५, रियल मी १४ र ओप्पोको बजार हिस्सा १० प्रतिशत रह्यो ।
सन् २०२१ का पाँच शीर्षस्थ ब्रान्डमा रियल मी तीव्र रूपमा वृद्धि हुने ब्रान्ड बन्यो । गत डिसेम्बरमा मात्रै यो ब्रान्ड पहिलोपटक दोस्रो स्थानमा आएको थियो ।
२०२१ मै सर्वाधिक निर्यात हुने ब्रान्ड भने वनप्लस बन्यो । यस्तै एप्पल पनि तीव्र वृद्धि हुने ब्रान्डमध्ये एक रह्यो । पछिल्लो आर्थिक वर्षको तुलनामा यसले १०८ प्रतिशत बजार हिस्सा जमायो ।
फाइभ जी प्रविधिजन्य मोबाइल फोनको निर्यात पछिल्लो वर्षको तुलनामा ५५५ प्रतिशतले बढ्यो । यस्तै निर्यातमा पनि सर्वाधिक १९ प्रतिशत हिस्सा भिभोकै रह्यो ।
भारतको कुल मोबाइल ह्यान्डसेट बजार सन् २०२१ मा ७ प्रतिशले बढ्न पुग्यो । यस्तोमा १७ प्रतिशतसहित सामसङ पहिलो स्थानमा रह्यो ।
काउन्टर पोइन्टका रिसर्चर शिल्पी जैनका अनुसार भारतको स्मार्टफोन बजारको खुद्रा औसत बिक्रीमूल्य २०२१ मा १४ प्रतिशले बढेर अहिलेसम्मकै सर्वाधिक २२७ डलर भयो ।
‘यसबाट भारतको स्मार्टफोन बजारको राजस्व ३८ अर्ब डलर नाघ्यो’, उनले भने, ‘जुन पछिल्लो आवको तुलनामा २७ प्रतिशतको वृद्धि हो ।’