काठमाडाैं । पहिलेपहिले हामीले चोरी भयो भन्दा माल–सामान, धनपैसा चोरी वा लुटिएको भन्ने बुझ्थ्यौं । चोरी गर्नेका लागि हाम्रो आफ्नै भाषा थियो– चोर, डाँका वा लुटेरा । तर, अब त्यस्ता चोरी ‘सामान्य’ लाग्न थालेका छन् ।
आजभोलिको ‘चोरी’ हामीले पत्याउनै नसक्ने खालको छ ।
बरु बैंक÷एटिएमबाट बिनाजानकारी पैसा निकालिनु, सुन भनेर धितो राखिएको चिज ‘पित्तल’ भैदिनुजस्ता ‘चोरी’ हरु बढिरहेका छन् ।
प्रविधिको प्रयोग बढिरहँदा चोरीको तरिका पनि फरक हुँदै आइरहेको छ । ती चोर, चोर नभएर ‘ह्याकर्स’ भनिन थालेका छन् ।
भलै केही गर्न नसक्ला, तर, प्रविधिसँग नजिक भएको हाम्रो पुस्ता ह्याकर्सबारे धेरथोर बुझ्छ । ह्याक भन्दा हाम्रो दिमागमा आउने भनेको फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जाल आफ्नो नियन्त्रणबाट बाहिर जानु भन्ने आउँछ । तर, यस्तो चोरी यतिमै सीमित भने छैन ।
यसबाहेक बैंक तथा वित्तीय संस्थाबाट प्रविधिको प्रयोग गरी पैसा लुटिएको खबर आइरहेको हुन्छ । सरकारी, गैरसरकारी संघ–संस्थाका साइट ह्याक भएर त्यहाँबाट संवेदनशील सूचनासमेत चोरी भइरहेका छन् । हामीले प्रशस्तै सुनेका, पढेका छौं ।
तर, अब हुँदा हुँदा ह्याकर्सले क्रिप्टो पनि चोरी गर्न थालेका छन् । यद्यपि यो नयाँ विषयचाहिँ होइन । नेपालमा क्रिप्टो कारोबार गैरकानुनी मानिएकाले यसको चोरी हुनुसँग हामीलाई त्यति सरोकार छैन । यद्यपि प्रविधिको प्रयोग गरी कसरी ह्याक भइरहेको छ भन्ने बुझ्न भने सकिन्छ ।
अँ, हामीले कुरा गरेको विषय थियो, क्रिप्टोको चोरी ।
ह्याकर्सले डिसेन्ट्रलाइज्ड फाइनान्स प्लाटफर्मको क्युबिट फाइनान्सबाट ८ करोड डलरबराबरको क्रिप्टोकरेन्सी चोरेका छन् ।
यो चोरी सन् २०२२ को सबैभन्दा ठूलो चोरी भएको बुझिएको छ ।
अहिले उक्त कम्पनीले ह्याकर्ससँग बार्गेनिङ गरिरहेको छ । ताकि क्युबिटको जति सक्दो कम गर्न सकियोस् ।
क्युबिक फाइनान्सले ह्याक भएको जानकारी दिँदै ह्याकर्सले बाइनान्स स्मार्ट चेनमा उधारो दिन अनलिमिटेड एक्सप्लोसिभ एथेरम मिन्ट गरेका थिए । अहिले कम्पनीले सेक्योरेटी र नेटवर्क पार्टनर्ससँग मिलेर काम गरिरहेको छ । साथै उसले सीधै ह्याकर्ससँग कुराकानी अघि बढाइरहेको छ ।
फिरौती माग
क्युबिटले ह्याकर्ससँग कुराकानी गर्दै चोरी भएको फन्ड रिर्टन गर्न फिरौती दिने बताएको छ । सो कम्पनीले विभिन्न ब्लकचेन्सबीच ब्रिज सर्भिस प्रदान गर्दै आइरहेको छ । मानौं, कसैले एउटा क्रिप्टोकरेन्सीमा डिपोजिट गर्छ भने अर्कोबाट निकाल्नसमेत सक्छ । सन् २०२० मा बाइनान्स स्मार्ट चेन लन्च भएपछि डिसेन्ट्रलाइज्ड फाइनान्सले ह्याकर्सको सामना गर्नुपर्यो ।
गत वर्ष अप्रिलमा पनि युरेनियम फाइनान्समा पनि ५ करोड डलर ह्याक भएको थियो । त्यसपछि मे महिनामा भेनस फाइनान्सबाट ८.८ करोड डलर उडाएका थिए ।
डिसेन्ट्रलाइज्ड फाइनान्स उदाउँदै गरेको फाइनान्सियल टेक्नोलोजी हो । यो सुरक्षित डिस्ट्रिब्युटेड ब्लाक चेन लेजर्समा आधारित छ ।