एजेन्सी । अन्ततः रिलायन्स इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष मुकेश अम्बानीको भारतको सबैभन्दा धनाढ्य व्यक्तिको ताज खोसिएको छ । अडानी ग्रुपका अध्यक्ष तथा संस्थापक गौतम अडानीले अम्बानीलाई धनाढ्यको अग्रस्थानबाट विस्थापित गरेका हुन् । पछिल्लो दशकमा मुकेशले भारतको मात्र नभई एसियाकै सर्वाधिक धनी व्यक्तिको ताज पहिरिएका थिए ।
गौतम अडानीको सम्पत्ति बढेर ८९ अर्ब ५० करोड डलर पुगेको छ । मुकेशको सम्पत्ति घटेर ८९ अर्ब ४० करोड डलरमा झरेको छ । पछिल्लो केही महिनायता अडानीका कम्पनीहरूको सेयर मूल्यमा भारी वृद्धि हुँदा उनको सम्पत्ति उल्लेखनीय रुपमा वृद्धि भएको हो । २० महिनामा गौतमको सम्पत्ति १८०८ प्रतिशत अर्थात् ८३ अर्ब ८९ करोड डलरले बढेको थियो भने सोही अवधिमा अम्बानीको कुल सम्पत्ति २५० प्रतिशतले बढेको थियो ।
दि इकोनोमिक टाइम्सका अनुसार अम्बानीको ओयल टु केमिकल डिल रद्द हुँदा सिंगो रिलायन्स इन्डस्ट्रिज नै दबाबमा परेको छ ।
गौतम अडानी समूहका संस्थापक अध्यक्ष हुन् । अडानी ग्रुप भारतको सबैभन्दा ठूलो बन्दरगाह सञ्चालक कम्पनी हो ।
उनको जन्म १९६२ मा गुजरातको अहमदाबादमा भएको हो । गुजराती मूलको भएका कारण उनको रुचि पनि जन्मजात व्यवसायमै थियो ।
गौतमको पारिवारिक पृष्ठभूमि कुनै उच्च व्यापारिक कुलिन घरानासँग सम्बन्धित छैन । उनका बुवा सामान्य कपडा व्यापारी थिए । परिवारको आर्थिक हैसियत राम्रै थियो । गौतमको शैक्षिक पृष्ठभूमि पनि सामान्य नै छ । उनले गुजरात विश्वविद्यालयमा बीकमका लागि भर्ना भए । पढाइमा खासै रुचि नभएको र त्यो समय व्यवसायमा लगानी गर्ने हेतुले उनले बीकम दोस्रो वर्ष अध्ययन गरिरहेकै क्रममा पढाइको यात्रा टुंग्याई दिए ।
पढाइ त्यागेर व्यवसाय सिक्ने लालसामा मुम्बई उनको गन्तव्य बन्यो । त्यहाँ उनले एउटा हिराको व्यापार गर्ने कम्पनीमा हिरा परीक्षणको काम गर्न थाले । दुई तीन वर्षमा त्यसै काममा उनले दक्षता हासिल गरे र आफ्नै हिराको पसल सुरु गर्न थाले । गौतम अडानीले जीवनमा जति पनि व्यवसाय गरे ती सबै उनले आफ्नो बुवा, जिजुबुबाको विरासतबाट हासिल गरेका होइन, उनी आफैंले जग बसालेर सुरु गरेको कम्पनीहरू हुन् ।
मुम्बईको सानो बजारमा हिराज्वाहरातको व्यापार गरेपछि उनले धेरै पैसा कमाउन थाले । त्यहाँबाट नै उनको व्यवसायको यात्रा सुरु भयो । यसैबीच गुजरातमा उनका दाइले एउटा प्लास्टिक फिल्म बनाउने कम्पनी अधिग्रहण गरे । अब त्यसलाई चलाउने मान्छेको खाँचो थियो र उनले गौतमलाई त्यो व्यवसाय सञ्चालनका लागि प्रस्ताव गरे । उनले त्यो प्रस्ताव सहर्ष स्वीकार गरी प्लास्टिक फिल्म निर्माण व्यवसायमा छिरे ।
पढाइ त्यागेर व्यवसाय सिक्ने लालसामा मुम्बई उनको गन्तव्य बन्यो । त्यहाँ उनले एउटा हिराको व्यापार गर्ने कम्पनीमा हिरा परीक्षणको काम गर्न थाले । दुई तीन वर्षमा त्यसै काममा उनले दक्षता हासिल गरे र आफ्नै हिराको पसल सुरु गर्न थाले । गौतम अडानीले जीवनमा जति पनि व्यवसाय गरे ती सबै उनले आफ्नो बुवा, जिजुबुबाको विरासतबाट हासिल गरेका होइन, उनी आफैंले जग बसालेर सुरु गरेको कम्पनीहरू हुन् ।
त्यस कम्पनीलाई प्रत्येक महिना २० टन पोलिभिनायल क्लोराइड कच्चा पदार्थ आवश्यक पथ्र्यो, तब भारतमा एउटा मात्र कम्पनी आईपीसीएलले त्यो कच्चा पदार्थ उत्पादन गर्दथ्यो । यसैले उनीहरूले पोलिभिनायल क्लोराइट बाहिरबाट आयात गर्न पथ्र्यो । यहीँ क्षण र व्यवसायको दौरान गौतम अडानी आयात–निर्यातको बजारबाट परिचित भए । नाफा र अवसर दुबै देखेर उनलाई यसैमा व्यवसाय गर्ने रहर जाग्यो । उनले १९८८ मा अडानी एक्सपर्ट नामको कम्पनी खोलेपछि त्यो कम्पनी पछि अडानी इन्टरप्राइजले चिनिन थाल्यो ।
प्रारम्भिक दिनमा अडानी एक्सपर्टले प्लास्टिक प्यानल आयातको काम गथ्र्यो व्यवसाय एकदमै राम्रोसँग फस्टाउन थाल्यो । त्यसपछि उनले विस्तारै रसायन र पेट्रोलियम पदार्थ पनि आयात गर्न थाले । पछि उनले विस्तारै निर्यातको व्यवसायमा पनि हात हाले ।
आयात–निर्यातको बजारमा मूल्य तलमाथि भइरहन्छ । तर, अडानी जुन मूल्यमा डिल हुन्थ्यो सोही मूल्यमा सामान डेलिभरि गर्थे जसकारण पार्टनरहरूसँग विश्वासको राम्रो वातावरण बन्दै उनको व्यवसाय पनि थप फल्दै फुल्दै जान थाल्यो ।
१९९१ मा भारतमा उदारवाद अर्थतन्त्र आएपछि लाइसेन्स राज समाप्त भयो र यसले निजी कम्पनीहरूलाई ठूलो अवसर प्रदान गर्यो । यसको ठूलो फाइदा उठाए अडानीले । उदारवाद आएपछि गौतमले पूर्वाधारको क्षेत्रमा पनि लगानी बढाउन थाले । सन् १९९३ मा गौतम अडानीलाई ठूलो अवसर मिल्यो । गुजरात सरकारले मुन्द्रा बन्दरगाह सञ्चालनको टेन्डर निजी कम्पनीका लागि खुलायो । त्यो टेन्डर गौतम अडानीले हासिल गरे । त्यसपछि भने गौतमको ठूलो व्यावसायिक यात्रा सुरु भयो ।
आजको दिनमा मुन्द्रा भारतको सबैभन्दा ठूलो निजी बन्दरगाह बनेको छ । बन्दरगाह आफैंले सञ्चालन गरेपछि आयात–निर्यातको उनको व्यवासयमा देखिएका केही चुनौतीहरू सजिलैसँग समाधान हुन थाल्यो । व्यवसायमा यसअघि अरूको जहाज भाडामा लिने अडानीले आफैंले जहाज किनेर ‘भर्टिकल इन्टिग्रेसन’लाई पनि अगाडि बढाउन थाले ।
आयात–निर्यातपछि उनी ऊर्जाको व्यवसायमा प्रवेश गरे । त्यसमा पनि कोइला, बन्दरगाह र यातायातको समस्या थियो । यो समस्या समाधानका साधन पनि उनले आफ्नै हातमा लिए । थर्मल कोइलाका लागि उनले कोइला खानी कम्पनी किन्न थाले र यातायातका लागि ‘लजिस्टिक्स’ कम्पनीहरू खोलेर सञ्चालन गर्न थाले ।
‘भर्टिकल इन्टिग्रेसन’मा अगाडि बढेपछि उनलाई झनै फाइदा हुन थाल्यो । एक त वस्तुको निर्माण तथा आपूर्ति खर्च कम हुन थाल्यो भने अर्कोतिर अरुमा निहित हुनुपर्दा आउने चुनौती पनि समाधान हुन थाल्यो ।
निर्भरता खासै नरुचाउने गौतम भारतीय खानीमा मात्र निर्भर हुन चाहँदैन थिए । उनले अष्ट्रेलियाका कोइला खानीमासमेत लगानी गरे । यसैले गर्दा गौतमको व्यवसायको सञ्जाल थप बढ्दै जान थाल्यो ।
१९९१ मा भारतमा उदारवाद अर्थतन्त्र आएपछि लाइसेन्स राज समाप्त भयो र यसले निजी कम्पनीहरूलाई ठूलो अवसर प्रदान गर्यो । यसको ठूलो फाइदा उठाए अडानीले । उदारवाद आएपछि गौतमले पूर्वाधारको क्षेत्रमा पनि लगानी बढाउन थाले । सन् १९९३ मा गौतम अडानीलाई ठूलो अवसर मिल्यो । गुजरात सरकारले मुन्द्रा बन्दरगाह सञ्चालनको टेन्डर निजी कम्पनीका लागि खुलायो । त्यो टेन्डर गौतम अडानीले हासिल गरे । त्यसपछि भने गौतमको ठूलो व्यावसायिक यात्रा सुरु भयो ।
आज अडानी ग्रुप भारतको एउटा ठूलो कंगलोमरेट बन्न सफल भएको छ । आज यस ग्रुपअन्तर्गत अडानी पाटर््ज एन्ड सेज लिमिटेड, अडानी पावर, अडानी इन्टरप्राइजेज, अडानी ट्रान्समिसन, अडानी ग्रीन एनर्जी तथा अडानी ग्यासलगायत आधा दर्जन कम्पनीहरु सञ्चालनमा छन् । यी सबै कम्पनी भारतको स्टक एक्सचेन्जमा सूचीकृत छन् । यी बाहेक उनका धेरै सूचीकृत नभएका कम्पनी पनि छन् ।
पछिल्लो समय अडानी ग्रुपले गोवालगायत ठाउँहरूमा आक्रामक रुपमा आफ्नो बन्दरगाह विस्तार गरिरहेको छ । रियल स्टेट बिजनेसमा पनि अडानी समूहले प्रवेश गरिसकेको छ । यसबाहेक उड्डयान र डेटा सेन्टरको क्षेत्रमा अडानीले प्रवेश गरेको छ ।
आफ्नै व्यवसायको विस्तार गर्न बाहेक अडानीले धेरै व्यवसायसमेत अधिग्रहण गरेको छ । जसमा उसले रिलायन्स पावरको विद्युतीय ट्रान्समिसन बिजनेस १२ हजार ३ सय करोड भारुमा अधिग्रहण गरेको छ । जीएमआरको थर्मल पावर परियोजना ५२ सय करोड भारुमा अधिग्रहण गरेको छ । एलएन्डटीको कट्टुपल्ली बन्दरगाह १९५० करोड भारुमा अधिग्रहण गरेका छन् ।
भएको व्यवसायलाई विस्तार गर्दै, नयाँ व्यवसाय सुरु गर्दै तथा अरुको व्यवसाय अधिग्रहण गर्दै अडानी अघि बढिरहेका छन् । उनको सबै व्यवसायले सधंै सफलता मात्र हात परेन । उनले असफलताको पनि सामना गर्न पर्यो । सन् २००१ मा उनले सुरु गरेको बीपीओ व्यवसाय पछि असफल भयो । उनले अडानी रिटेल व्यवसाय पनि सुरु गरेका थिए । तर, खराब पर्फमेन्सका कारण उनले त्यो व्यवसाय रिलायन्सलाई बेचिदिए ।
व्यवसाय सञ्चालनका लागि अडानी ग्रुपको पुँजी बैंक ऋण तथा बोन्डमा निर्भर हुने गरेको छ । २०१२ मा अडानी ग्रुपको ऋण ६९ हजार २ सय १ करोड भारु पुगेको थियो । २०१९ मा बढेर १ लाख २८ हजार करोड भारु भएको थियो । अडानी पावर तथा अडानी ग्रुप जस्ता कम्पनीहरूको ऋण तथा स्वपुँजी अनुपात (डेब्ट टु इक्विटी रेसियो) ५ प्रतिशत भन्दा धेरै छ । बैंकबाट ऋण लिन उसका सबै ६ कम्पनीका संस्थापकहरूले ६० प्रतिशतभन्दा धेरै सेयर बैंकमा धरौटी राखेका छन् ।
यसबाहेक अडानी ग्रुपलाई समय–समयमा राजनीतिक समर्थनको धेरै आरोप लाग्दै आइरहेको छ । सन् २०१४ को आमनिर्वाचनमा नरेन्द्र मोदीको समर्थनका साथै आर्थिक सहयोग गरेको भन्दै उनी विवादमा आएका थिए । अडानी ग्रुपको धेरैजसो व्यवसायहरू पूर्वाधार क्षेत्रमा भएको कारण यी क्षेत्रमा राजनीतिक साँठगाँठको महत्व हामी सहजै अनुमान लगाउन सक्छौं ।
बाँकी कुरालाई गौण मानेर अडानीको व्यावसायिक यात्रालाई हेर्ने हो भने उनी आफ्नै संघर्षले बनेका व्यक्ति (सेल्फ मेड म्यान) हुन् । सामान्य पारिवारिक पृष्ठभूमि तथा शैक्षिक योग्यताका बावजुद आज गौतम भारतीय तथा विश्व धनाढ्यहरूको शीर्ष १३औं सूचीभित्र परिसकेका मुकेश अम्बानीलाई पछाडि पार्न सफल भएका छन् ।