बीबीसी । दिल्लीमा सन् २०१८ को एउटा विश्वव्यापी व्यापारिक सम्मेलनमा नेटफ्लिक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रिड हेस्टिङ्सले सस्तो इन्टरनेटको विस्तारसँगै भारतबाट आफ्ना १० करोड प्रयोगकर्ता थपिने बताएका थिए।
तर त्यसको तीन वर्षपछि हेस्टिङ्स उत्साहित देखिँदैनन्। गत साताको एउटा लगानीकर्ता बैठकमा उनले क्यालिफोर्नियाको कम्पनीले भारतमा सफलता हात पार्न नसकेकोमा दुखेसो व्यक्त गरे।
“गजबको समाचार के छ भने हामी सबै बजारमा राम्रो गरिरहेका छौँ। तर निराशाजनक रूपमा भारतमा हामी सफल हुन सकेका छैनौँ। तर पनि हामी त्यहाँ लागिपर्नेछौँ,” उनले भने।
भारतको २ अर्ब डलरको स्ट्रिमिङ बजारमा मिडिया पार्टनर्स एसियाका अनुसार १० करोड ग्राहक छन्। तर, छ वर्षअघि भारतमा सुरु भएको नेटफ्लिक्स यहाँ पछि परेको छ।
भारतमा करिब ५५ लाख पैसा तिरेर नेटफ्लिक्स हेर्ने ग्राहकहरू रहेको विश्वकै सबैभन्दा ठूलो स्ट्रिमर यहाँ उसका प्रतिस्पर्धीहरूभन्दा पछि छ।भारतमा सबैभन्दा बढी डिस्ने प्लस हटस्टारका ४ करोड ६० लाख र एमजन प्राइम भिडिओका १ करोड ९० लाख प्रयोगकर्ता रहेको अनुमान छ।
नेटफ्लिक्सले सन् २०१८ मा गुण्डागर्दीसम्बन्धी भयानक र लामो ‘स्केयर्ड गेम्स’ शृङ्खला सुरु गरेर तरङ्ग पैदा गर्यो।बलीवुडका पहिलो सूचीका कलाकारहरू जोडिएको र भारतमा दुई उत्कृष्ट फिल्म निर्माण गरिसकेकाहरूबाट निर्देशित यो थ्रिलरले तुरुन्तै प्रशंसा पायो।
दी इकोनोमिस्ट पत्रिकाले नेटफ्लिक्सको पहिलो मौलिक शृङ्खलाले पुरानो मान्यताका हिन्दी फिल्म प्रतिभा, हलीवुडका मूल्य र सिलिकन भ्यालीको अर्बौँ लगानीको नयाँ संयोजनक भविष्य रहेको देखाउने सामग्री प्रकाशित गर्यो । तर, सबै कुरा त्यसैअनुसार अघि बढेन। भारत एउटा विशाल मनोरञ्जन बजार हो।
भारतमा २० करोडभन्दा बढी घरपरिवारसँग टिलिभिजन सेट छन्। पैसा तिरेर टिभी हेर्न प्रतिमहिना ४ डलर जस्तो खर्च हुन्छ। टेलिभिजनमा प्रायः हेरिने चलचित्र, खेलकुद र समाचारजस्ता विषयवस्तु नै हुन।
टेलिभिजन ग्राहकहरूले सत्य कथाहरूमा आधारित शृङ्खलाहरू पनि हेर्न थालेका छन्। गत वर्ष सोनी एलआईभीमा प्रसारण भएको एक जाली स्टक व्यापारीमा आधारित थ्रिलर ‘स्क्याम १९९२’ धेरै चर्चित भयो।
धेरै पुस्ता सँगै बस्ने संयुक्त परिवारमा सँगै बसेर हेर्न अप्ठ्यारो हुने हिंसा र दाउपेचको कथावस्तु पस्कने शृङ्खलाहरू पनि भारतमा धेरै हेरिने विधामा पर्दछन्।
उपभोक्ताहरू पैसा र समयको मूल्य चाहन्छन्, भारतको एक प्रमुख निर्माता अबुन्डन्टिया इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत विक्रम मल्होत्रा भन्छन्।
नेटफ्लिक्सले भारतमा ग्राहकहरूलाई आकर्षित गर्न निकै कडा मेहनत गरेको छ । यसले ग्राहक योजना मूल्यमा ६० प्रतिशतसम्म छुट दिएको छ। मोबाइलमा मात्र हेर्न मिल्ने नेटफ्लिक्सको योजना मासिक १४९ भारतीय रुपैयाँमा उपलब्ध छ।
उसले ३० भन्दा बढी हिन्दी भाषाका चलचित्र र र शृङ्खलाहरूसहित ५० वटा चलचित्र निर्माणमा करिब ४० करोड अमेरिकी डलर खर्च गरिसकेको छ।
तर यो उद्योगका विज्ञहरू यसमध्ये धेरैले अपेक्षाकृत प्रदर्शन नगरेको बताउँछन्। सञ्चार परामर्शसम्बन्धी कम्पनी ओरम्याक्सका अनुसार गत वर्ष सबैभन्दा हेरिएका भारतीय भाषाका शोहरूमध्ये नेटफ्लिक्सको एउटा मात्र शो थियो। सूचीमा पर्न सफल कोटा फ्याक्ट्री क्याम्पस पढ्ने विद्यार्थीहरूमा हुने तनावमा आधारित छ।
रिआलीटी डेटिङ शृङ्खला ‘म्याचमेकिङ’ र विवाह व्यङ्ग्य गरिएको शो ‘डी कपल्ड’ अहिले चर्चाको विषय बने पनि यो सेवा यसका विश्वव्यापी शृङ्खलाहरू ‘स्क्विड गेम्स’, ‘मनि हाइस्ट’ र ‘नार्कोस’ जस्ता उत्पादनका कारण चिनिँदै आएको छ।
“नेटफ्लिक्सलाई अझै पनि महँगो सेवाको रूपमा लिइन्छ यसलाई विदेशीको रूपमा हेरिन्छ,” चलचित्र समीक्षक तथा दी इन्डियन एक्सप्रेस पत्रिकाका स्तम्भकार शुभ्र गुप्ता भन्छन्।नेटफ्लिक्सका प्रतिस्पर्धीहरू पनि चलाख भएका छन्। डिस्ने प्लस विशेषगरी खेलकुद कार्यक्रमहरूमार्फत् उदाएको छ।
विश्वकै सबैभन्दा ठूलो क्रिकेट बजारमा यसले महँगो टिकटमा बिक्ने इन्डियन प्रिमियर लिग जस्ता चर्चित खेलकुद कार्यक्रमको डिजिटल प्रसारण अधिकार लिएको छ।एमजन प्राइमले आफ्नो दायरा बढाउँदै १० वटा भारतीय भाषामा कार्यक्रम प्रस्तुत गर्दै आएको छ।
यसको एक्सन ड्रामा ‘फेमिली म्यान’ गत वर्ष सबैभन्दा धेरै हेरिएको हिन्दी शो भयो। ग्रामीण गुन्डाहरूको इलाकासम्बन्धी कथानक मिर्जापुर राष्ट्रव्यापी रूपमा चर्चित भयो। प्राइमले चलचित्रका भोका भारतीय दर्शकहरूको रुचिलाई पूरा गर्ने भरपुर प्रयास गरिरहेको छ।
यसले भारतीय भाषाका सबै चलेका चलचित्रमध्ये ४० प्रतिशतको प्रसारण अधिकार लिएको ओरम्याक्स मिडियाका प्रमुख कार्यकारी अधिकृत शैलेस कुमार बताउँछन्।
यस वर्षको सुरुदेखि यसले न्यूजील्यान्डमा खेलिएको क्रिकेट प्रत्यक्ष प्रसारण गर्दैछ। एमजनमा किनमेल गर्दा यसको सदस्यता पाइने अवसरहरू दिइएको छ।
प्राइमले आफ्ना सदस्यहरूलाई एक ठाउँमा पैसा तिरेपछि चलचित्र, रिआलीटी टीभी, वृत्तचित्रहरूजस्ता आठ अन्य साना प्रसारण सेवाहरूको पहुँचमा अनुमति दिएर आकर्षण बढाएको छ।
मनोरञ्जन उद्योगका विज्ञहरू नेटफ्लिक्सले आफ्नो अन्तर्राष्ट्रिय प्ले बुकलाई भारतमा सफल बनाउन लाखौँ डलर खन्याएको बताउँछन्।
यसले शीर्ष बलीवुड स्टुडियो र निर्माताहरूसँग शो र फिल्महरूका लागि साझेदारी समेत गरेको छ। यस विज्ञहरूका भनाइमा यसले केही सञ्चारमाध्यममा समाचारका शीर्षकभन्दा धेरै उपलब्धि दिएन।
“यीमध्ये कुनै पनि सर्जकलाई स्ट्रिमिङ शोहरूको अनुभव थिएन। त्यसकारण पनि धेरैजसो असफल भए,” उद्योगका एक शीर्ष कार्यकारीले नाम उल्लेख नगर्ने शर्तमा भने।
मिडिया पार्टनर्स एशियाका उपाध्यक्ष मिहिर शाह भन्छन्स् नेटफ्लिक्सले आफ्नो क्षेत्रीय सामग्री पस्कँदा ताजा सामग्रीको स्थिर तालमेललाई सुनिश्चित स्थानीयपन दिन र गहिराइमा जान आवश्यक छ।”सन् २०१६ मा सुरु भएयता भारतमा आफूले निर्माण गरेका कार्यक्रमहरूमा ूगर्वू महसुस भएको नेटफ्लिक्सले बताउने गरेको छ।
हामी हाम्रा प्रयोगकर्तालाई हरेक विधा र ढाँचामा उत्कृष्ट कथाहरूसहित मनोरञ्जन दिनमा केन्द्रित छौँ। चाहे त्यो कथानक होस् या हास्यव्यङ्ग्य, थ्रिलर होस् या रोमान्स अथवा फिक्शनदेखि गैरफिक्शनसम्म जुनसुकै विधामा।ू कम्पनीका प्रवक्ताले भने।
नेटफ्लिक्सले विभिन्न भाषा बोल्ने मानिसका लागि देशका कुनाकाप्चाबाट विविध कथामा लगानी गरिरहेको छ,उनी थप्छन्। गत महिना यसले मलयालम भाषाको सुपर हिरो चलचित्र मिन्नल मुरली सार्वजनिक गर्यो, समीक्षकहरूले यसलाई उत्कृष्ट सुपर हिरो चलचित्रको पाठ दिने बताएका छन्।
उद्योगको एउटा अनुमानअनुसार भारतको प्रसारण बजार सन् २०२६ सम्म अहिलेको भन्दा दोबर बढीले वृद्धि हुने अपेक्षा गरिएको छ। तर उसले अपेक्षा गरेका लाखौँ ग्राहक थप गर्न नेटफ्लिक्सले सामग्रीको दायरा फराकिलो गर्दै स्थानीयपन दिनुपर्ने हुन्छ।
तर यो काम सजिलो पक्कै छैन। भारतमा अहिले नै ७५ भन्दा बढी प्रसारण सेवा छन्। यीमध्ये केही मात्रै चर्चित छन् र धेरै असफल छन्। गत वर्ष स्ट्रिमिङ सेवाहरूमा सार्वजनिक गरिएका २२५ शोमध्ये १७० वटा भारतीय भाषाहरूमा बनेका ती मध्ये १५(२० वटा मात्र सफल भएू, कपूर भन्छन्।सबैले उत्पादनको सङ्ख्याका आधारमा प्रयोग गरिरहेका छन्। तर याद गर्नुपर्ने कुरा भारत एउटा जटिल बजार हो।