काठमाडौं । साओमीले नेपाली बजारमा आफ्नो नयाँ फोन रेड्मी नोट ११ सार्वजनिक गरेको छ । साओमीले आफ्नो रेड्मी नोट सेरिजको विरासतलाई अगाडि बढाउँदै आफ्नो क्यामेरा, सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले र सिस्टम अन चिप एसओसीमा शक्तिशाली अपग्रेड गरेर यो फोन सार्वजनिक गरेको हो ।
यो फोनमा साओमीले फ्ल्यागसिप क्यामेराको अनुभव प्रदान गरेको छ । जसमा ५० मेगापिक्सलको मेन क्यामेरा, ८ मेगापिक्सलको अल्ट्रा–वाइड क्यामेरा, २ मेगापिक्सलको म्याक्रो क्यामेरा र २ मेगापिक्सलको डेप्थ क्यामेरा सेन्सर छ ।
यसको क्यामेरामा ११८ डिग्रीको भ्युइङ एंगल भएको ८ मेगापिक्सलको अल्ट्रा–वाइड क्यामराले राम्रो पोर्टेट फोटो खिच्नुको साथै २ मेगापिक्सलको म्याक्रो क्यामराले नजिकका वस्तुहरु राम्रो डिटेलसहित खिच्न सक्छ । साथै यसको अगाडि पट्टी रहेको १३ मेगापिक्सलको पोर्टेट क्यामराले प्राकृतिक र स्पष्ट देखिने सेल्फी कैद गर्न सक्छ ।
यस फोनमा भएको १२० हर्जसम्म उच्च रिफ्रेस रेट र ३६० हर्ज सम्मको टच स्याम्प्लिङ रेटसहितको रेड्मी नोट ११ ले स्मूथ एनिमेसन र ल्याग फ्री ट्रान्जिसनहरूको साथ स्क्रिन अनुभवलाई एकदमै राम्रो बनाएको छ । अझ यसको फिङर टच त झनै प्रेसाइज छ । रेड मि नोट ११ को ६.६७ इन्च र ६.४३ इन्चको स्क्रिनमा एफएचडी प्लस एमोलेड डट डिस्प्लेले डीसीआई पी थ्री वाइड कलर गामट फिचर गरिएको छ, ।
फ्ल्याट एज बडी डिजाइनले यस फोनको डिस्प्लेलाई झनै सुन्दर बनाएको छ । साथै, फोनको माथि र तल्लो भागमा रहेको डुअल सुपर लिनियर स्पिकरहरूले गर्दा भिडियो हेर्दा अथवा गेम खेल्दा इमर्सिभ स्टेरियो साउन्डको साथमा पूर्ण मनोरन्जन लिन सकिन्छ ।
इसमा स्नापड्रागन ६८० प्रोसेसर छ । फ्ल्याग्सिप लेभल ६एनएम सहितको स्न्याप्ड्र्यागन ६८० को प्रोसेसर भएको यो फोन ले उत्कृष्ट पर्फर्मेन्स गर्नु को साथै ब्याट्री पनि टिकाउ हुन्छ । यसमा भएको ५ हजार एम ए एच् को ब्याट्री पनि एकदमै टिकाउ छ ।
यो फोन ४ जीबी प्लस ६४ जीबी, ४ जीबी प्लस १२८ जीबी भेरियन्ट, ६ जीबी + १२८ जीबी भेरियन्टमा उपलब्ध छ । यीनको मूल्य २२ हजार ९ सय ९९ रुपैयाँ, २४ हजार ९ सय ९९ रुपैयाँ र २६ हजार ९ सय ९९ रुपैयाँ छ । यो फोन ग्राफाइट ग्रे, ट्वाइलाइट ब्लु र स्टार ब्लु तीन रंग भेरियन्टमा उपलब्ध छ ।