एजेन्सी । बजार पुँजीकरणका आधारमा भारतको सबैभन्दा ठूलो कम्पनी रिलायन्स इन्डष्ट्रिज लिमिटेड भएको छ । पेट्रोलियम, ग्यास, टेलिकम र पछिल्लो समयमा रिटेल बिजनेस थालेको रिलायन्सको बजार पुँजीकरण २ खर्ब ३० अर्ब ७० करोड डलर पुगेको छ । यो कम्पनीको नेतृत्व एसियाका सर्वाधिक धनी मुकेश अम्बानीले गरेका छन् । मुकेशको कुल सम्पत्ति १०० अर्ब डलर छ ।
यस्तै दोस्रो ठूलो कम्पनीमा टाटा ग्रुप रहेको छ । टाटाको सूचना प्रविधि कम्पनीको बजार पुँजीकरण १ खर्ब ८६ अर्ब ७० करोड डलर रहेको छ । तेस्रो स्थानमा एचडीएफसी बैंक भएको छ । एचडीएफ बैंकको बजार पुँजीकरण १ खर्ब ३५ अर्ब १० करोड डलर पुगेको छ ।
चौथो स्थानमा सूचना प्रविधि कम्पनी इन्फोसेज रहेको छ । इन्फोसेजको बजार पुँजीकरण ९४ अर्ब ४० करोड डलर रहेको छ ।
पाँचौ स्थानमा हिन्दुस्तान युनिलिभर लिमिटेड रहेको छ । टुथपेष्ट, साबुनलगायत अन्य सौन्दर्यका सामाग्री उत्पादन गर्ने हिन्दुस्तान युनिलिभरको पुँजीकरण ८५ अर्ब ६० करोड डलर रहेको छ ।
हाउजिङ डेभलपमेन्ट फाइनान्स कर्पोरेशन छौठौ स्थानमा रहेको छ । यसको बजार पुँजीकरण ६६ अर्ब डलर छ । आइसीआइसीआई बैंक सातौ स्थानमा छ । बैंकको बजार पुँजीकरण ७५ अर्ब ७० करोड डलर रहेको छ ।
बजाज फाइनान्स, स्टेट बैंक अफ इन्डिया र कोटाक महिन्द्रा बैंक क्रमशः आठौं नवौं र दशौं स्थानमा रहेको सो भिजुअल क्यापिटल डटकमले जनाएको छ ।
पहिलो स्थानमा रहेको रिलायन्सले आयल र ग्यासको साथै ऊर्जा, रिटेल र टेलिकममा लगानी रहेको छ । भारतको कुल निर्यात व्यापारमा रिलायन्सको योगदान ८ प्रतिशत रहेको छ ।
टाटा ग्रुपअन्र्तगत २५ सहायक कम्पनी सञ्चालनमा छन् । अटोमोवाइल, सूचना प्रविधि, खाद्य तथा पेयपदार्थ उत्पादनका साथै पछिल्लो समयमा सरकार स्वामित्वको एयर इन्डियालाई खरिद गरेको छ । इन्फोसेजले वित्त, बिमालगायत उत्पादनमूलक उद्योगका लागि सफ्टवयेर विकासको काम गर्दै आएको भारतकै ठूलो प्रविधि कम्पनी हो ।
स्टेट बैंक अफ इन्डिया भारतको सबैभन्दा ठूला वाणिज्य बैंक हो । निक्षेप परिचालन तथा कर्जा प्रवाहमा स्टेट बैंकको हिस्सा २५ प्रतिशत रहेको छ । कोटाक महेन्द्रा भारतको निजी क्षेत्रबाट सञ्चालित तेस्रो ठूलो वाणिज्य बैंक हो ।
भारत विश्वको धेरै दूध उत्पादन गर्ने मुलुक हो । यस्तै चिया उत्पादनमा विश्वको दोस्रो स्थानमा छ । भारतको कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) को आकार ३० खर्ब डलर छ ।
(भिजुअल क्यापिटलको सहयोगमा)