काठमाडौं । मोबाइल उत्पादक कम्पनी भिभोले ५० मेगापिक्सलसहित अटो फोकस पोट्र्रेट, सेल्फी फ्रन्ट क्यामरायुक्त भी–२३ ई स्मार्टफोन सार्वजनिक गरेको छ ।
अटोफोकस तथा पोट्र्रेट फिचरका माध्यमबाट सेल्फीहरुमा स्पष्टता हुने कम्पनीले बताएको छ । त्यस्तै एआई एक्स्ट्रिम नाइट पोट्र्रेट मोडले रातको समयमा सेल्फी लिँदा पनि फोटो अँध्यारो आउने छैन ।
डबल एक्सपोजर मोड, अपग्रेड गरिएको डुअल भ्यू भिडियो तथा स्टेडिफेस सेल्फी भिडियो फिचरले गर्दा यसको फोटो÷ भिडियो खिच्ने सुटिङ एक्सपेरियन्समा पनि कम्पनीले सुधार ल्याइएको हो ।
भी–२३ ईमा रहेको नयाँ आई अटोफोकसले व्यक्तिका आँखालाई ट्र्याक गर्नेछ । जसका कारण प्रयोगकर्ताले फ्ल्यास अन हुँदा पनि रमणीय पलहरुलाई कैद गर्न सक्नेछन् । यसबाहेक, डुअल भ्यू भिडियोले एकैसाथ अगाडि र पछाडिको क्यामराले दुवै कोणबाट भिडियो खिच्न सक्नेछन् ।
यस्तै प्रयोगकर्ताले सेल्फी लिँदा हल्लिने वा ब्लर आउने समस्या हुँदैन । पातलो र निकै हलुका यो फोनमा ८ जीबीं र्याम छ । आवश्यकता परेको बेला ४ जीबी आन्तरिक मेमोरीलाई र्यामका रुपमा प्रयोग गर्न सकिन्छछ।
यो डिभाइस २४ जनवरीसम्म प्रि–बूकिङका त्यसपछि बिक्रीका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
८ जीबी र्याम र १२८ जीबी आन्तरिक मेमोरी भेरियन्टको डिभाइसको मूल्य ४४, ९९९ रुपैयाँ र ८ जीबी र्याम र २५६ जीबी आन्तरिक मेमोरी भेरियन्टको डिभाइसको मूल्य ४९, ९९९ रुपैयाँ रहेको छ ।