नेपालले खुला अर्थतन्त्र अ“गालेको पनि धेरै भइसकेको छ । सरकारले जारी गरेका ऐन, नियम र निर्देशिकालाई शिरोपर गर्दै निजी क्षेत्रले व्यावसायिक उडान गरिरहेका छन् । तोकिएका क्षेत्रबाहेकमा व्यवसाय गर्न कसैलाई पनि रोकटोक छैन भने उपभोक्ताले पनि आफूअनुकूल सेवा–सुविधाको उपभोग गरिरहेकै छन् ।
कही“कतै कसैले तोकिएको सीमाबाहिर गएको खण्डमा सम्बन्धित निकायमा उजुरी गर्दा गलत प्रमाणित भए सम्बन्धित व्यवसायी दण्डित हुनुपर्ने स्थिति पनि छ । तर, पछिल्लो समय ‘मोनोपोली’ शब्दको बढी नै प्रयोग हुन थालेको छ । नेपालीमा ‘एकाधिकार’ भनिने मोनोपोली शब्दको अर्थ भने एकै व्यक्ति वा एक व्यावसायिक संस्थाद्वारा बजारमा हैकम चलाउनु हुन्छ ।
हवाई यात्राको पर्यायवाची शब्द हो, बुद्ध एयर । विगत २४ वर्षदेखि नेपाल र नेपालीलाई निरन्तर जोडिरहेको छ । विगत दुई दशकको आर्थिक सूचकांक हेर्ने हो भने हवाई भाडा बढ्नुको साटो घट्दै गइरहेको छ । अहिले हरेक तप्काका यात्रुले हवाईयात्रा गर्न पाएका छन् । हवाई यात्रामा सर्वसाधारणदेखि ‘सुटेड बुटेड’ नागरिकको लर्को छ । हवाईयात्राले अहिले सबै तहका नागरिकलाई एकै थलोमा ल्याएका छन् ।
अहिले प्रायःजसो गन्तव्यमा आधा दर्जन उडान छन् । यस्तै कतिपय ठाउँमा दर्जन जति नै छन् । यात्रुले एयरलाइन्सको समय नभएर आफ्नो अनुकूल समय छान्ने अवस्था बन्दै आएको छ । बुद्ध एयरले यसैलाई मनन गरी ‘समय यात्रुको उडान हाम्रो’ नारासहित हवाई सेवालाई थप परिष्कृत गरेको छ ।
बुद्ध एयरले एक वर्षमा मात्रै ३५ लाख बढी यात्रु बोकेको तथ्यांक छ । अन्य एयरलाइन्सहरुले पनि आफ्नो क्षमताअनुसार यात्रु ओसारपसार गरिरहेकै छन् । हवाई यात्राको ‘ग्राफ’ केलाउने हो भने हवाई यात्रुको संख्या बढ्दो क्रममा छ ।
सार्वजनिक यातायातकै हाराहारीमा अहिले हवाई भाडा छ । कतिपय विशेष अवस्थामा त झन् कम छ भन्दा पनि अत्युक्ति हुँदैन । सरल र सहज भाडाका लागि बुद्ध एयरले भित्र्याएको ठूलो जहाज, आफ्नै ह्यांगर तथा पूर्ण नेपाली जनशक्तिका कारण सम्भव भएको हो ।
ठूलो जहाजबाट हवाई सेवा सञ्चालन खर्चमा केही राहत हुन्छ । यसका लागि गन्तव्य क्षेत्रको भौगोलिक बनाबट र ‘रन वे’ लम्बाइको पनि ख्याल गर्नुपर्ने हुन्छ । सुर्खेत, भरतपुर र तुम्लिङटारमा सानो जहाजबाट मात्र उडान हुन्छ । बुद्ध एयरले ती गन्तव्यहरुमा आफ्ना एटीआर–४२ जहाजबाट उडान सेवा प्रदान गरेको छ ।
सानो जहाज भएता पनि बुद्ध एयरले सरकारले तोकेको भाडादरभन्दा सस्तोमा हवाई सेवा प्रदान गरिरहेको छ र त्यसलाई सम्बन्धित भेगका जनताले सराहना पनि गरेका छन् ।
यी तीन गन्तव्यका विमानस्थललाई थप परिष्कृत गर्दा ठूलो जहाज एटीआर–७२ बाट सेवा दिन सकिन्छ । ठूलो जहाज सञ्चालन गर्ने बित्तिकै भाडादर पनि स्वतः सस्तो पर्न जान्छ । यसका लागि तत्कालै स्थानीय, प्रदेश र संघीय सरकारले आवश्यक कदम चाल्न जरुरी छ ।
पछिल्लो समय कठिन परिस्थितिको सामना गर्दै हवाई सेवालाई निरन्तरता दिइरहँदा पनि यदाकदा हवाई सेवामा मोनोपोली भयो भन्ने खालका आवाज सुनिन्छ । तर, कसरी मोनोपोली भयो भन्ने कुरा कसैले खुलाउने गरेका छ्रैनन् ।
राज्यले अख्तियार गरेका सबै नीतिनियम पालना गरी हवाई सेवा सुचारु गर्दा पनि मोनोपोली कसरी हुन्छ ? भाडादर राज्य आफैतोक्छ अर्थात् सरकारको सहमतिमा हवाई क्षेत्रको नियामक नागरिक उड्डयन प्राधिकरणले भाडा तय गर्छ । उडान गन्तव्य लगायतका हवाई उडानहरुको नियमित अनुगमन प्राधिकरणले गर्छ ।
सरकार र नियामकले दिएका सबै निर्देशन विमान सेवा कम्पनीहरुले पालना गरेकै हुन्छन् । नगरेको खण्डमा कारबाहीको भागीदार बन्नुपर्छ । अनि यस्तो अवस्थामा हवाई सेवा प्रदायकहरु कसरी मोनोपोलीका पक्षधर भए ?
एकपछि अर्को गरी प्रतिस्पर्धामा उत्रिएको हवाई क्षेत्रमा मोनोपोली कसरी सम्भव छ ? मोनोपोली हुनलाई त सरकारले एउटा मात्रै हवाई सेवाप्रदायक राखेर अरु नभित्र्याएको भए सम्भव थियो । एकपछि अर्को प्रतिस्पर्धामा खरो उत्रिन हवाई सेवाप्रदायकहरु भिडिरहेको तथ्यलाइ ख्यालै नगरी मोनोपोलीको राग अलाप्नु कति सार्थक होला ?
र अन्त्यमा
पहिलो र दोस्रो बन्दाबन्दी लकडाउन÷निषेधाज्ञापछि सुस्ताएको पर्यटन क्षेत्रलाई हवाई उडानले ऊर्जा दिएकै हो । स्थानीय होटल र स्थानीय यातायातले पजि केही राहत महसुस गरेकै हुन् । यस्तो स्थितिमा फेरि मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको दबदबा सुरु भएको छ ।
हवाई उडान संक्रमणरहित रहेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ । नेपालका सबै हवाई सेवाप्रदायक कम्पनीहरुले सरकार तथा अन्तर्राष्ट्रिय प्रचलन अनुसारसेवा प्रदान गरिरहेकाले हवाई सेवा संक्रमणरहित छ भन्ने लाग्छ ।