काठमाडौं । चार दिनदेखि भृकुटीमण्डपमा चलिरहेको नाडा अटो मेलामा टाटा मोटर्सको एच फाइभ गाडी ग्राहकहरुमाझ निकै लोकप्रिय बनेको छ । नाडा अटो मेलाभन्दा पाँच दिनअघि मात्र बुकिङ खुला गरिएकोमा हालसम्म सयभन्दा बढी गाडी बुक भइसकेको टाटाको आधिकारिक वितक सिप्रदी ट्रेडिङका डेप्युटी जनरल म्यानेजर सावन्त जुरी सिजापतिले बताएका छन् ।
ल्यान्डरोभरको ओमेगा डी एट प्लेटफर्ममा बनेको टाटाको यो पहिलो एसयूभी गाडी भएको उनले बताए । ‘पहिलो पटक ल्यान्डरोभर र टाटाको कोल्याबोरेसनमा बनेको यो गाडी उत्कृष्ट र अहिले अधिकांश ग्राहकको ध्यानाकर्षण गर्न सफल भएको छ,’ सिजापतिले भने ।
भारतीय बजारमा हेरियर नामबाट चिनिने यो गाडी त्यहाँको बजारमा पनि सर्वाधिक लोकप्रिय गाडी रहिआएको छ ।
क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनयुक्त टाटा एच फाइभमा रहेको इन्जिनले १३८ बीएच पावर र ३५० एनएम टर्क दिन्छ ।
प्रिमियम आउटलुक भएको यो गाडीमा पुस बटन, स्टार्ट स्टप, सेमी डिजल इन्स्ट्रुमेन्ट कन्सोल, मल्टी फङ्क्सन स्टेरिङ, हाइट एडजस्टेबल ड्राइभर सिट, क्लाइमेट कन्ट्रोल जस्ता विशेषता छन् ।
सिप्रदीले हाल यो गाडीलाई सम्पूर्ण आकार – एक्सई, एक्सएम, एक्सटी र एक्सजेटमा बजारमा ल्याएको छ । यसको मूल्य रेन्ज ५६ लाख ५५ हजारदेखि ७४ लाख ५५ हजार रुपैयाँसम्म छ । सिप्रदीले मेला अवधिभर २.५ लाखसम्मको छुट दिने बताएको छ ।
यसअघि कम्पनीले यो गाडी बुकिङ गर्न २५ हजार रुपैयाँ जम्मा गर्नुपर्ने बताएको थियो । तर, ग्राहकलाई टाटा एच फाइभ मन नपरेको खण्डमा सिप्रदीले ग्राहकलाई १२० प्रतिशत बुकिङ रिफन्ड गर्ने जानकारी दिएको छ ।
एच फाइभबाहेक टाटाले नाडा अटो मेलामा अन्य पाँच किसिमा गाडीहरु पनि सोकेस गरेको छ ।