काठमाडौं । नाडा अटो मेलामा सीजी मोटरकर्पले आफ्नो नयाँ प्रिमियम एमभीपी, एक्सएल–सिक्स सार्वजनिक गरेको छ ।
६ सिट क्षमताको यो एक्सक्लुसिभ एक्सएल–सिक्समा स्टाइलिस एक्सटेरियर लुक्स र कम्फर्टेबल इन्टेरियर छ ।
सीजी मटरकर्पका कार्यकारी निर्देशक करण चौधरीले एक्सएल–सिक्स पारिवारिक मूल्य र मान्यतालाई बोकेको फेमिली ड्राइभिङका लागि उत्कृष्ट कार रहेको बताए । यसमा स्टाइल, स्पेस, कम्फर्ट, पर्फरमेन्स र सेफ्टीको सन्तुलित विशेषता रहेको उनले बताए ।
यो गाडी युनिक फ्रन्ट ग्रिल, बोल्ड क्रस बार डिजाइनले युक्त छ । यसमा एलईडी डीआरएल लाइट प्रयोग भएको छ । यसमा ब्ल्याक स्टाइलिस अलोय ह्वील राखिएका छन् । यसमा भएको सिग्नेचर क्वाड हेडल्याम्पले जो कोहीको ध्यान सजिलै तान्न सक्छ ।
यसमा भएको अत्याधुनिक र आरामदायी इन्टेरियर डिजाइनले गाडी चलाउनेलाई पनि थप आनन्द दिन्छ । क्याबिनमा भएको कालो रंगको इन्टेरियरमा प्रिमियम स्टोन फिनिस र रिच सिल्भर एसेन्ट छ । यसको एक्सटेरियर भने एकदमै बोल्ड, आइकोनिक, स्पोर्टी र एस्पाइरिङ डिजाइनको छ ।
यसमा १७.८ सेन्टीमिटरको स्मार्टप्ले, स्टुडियो टचस्क्रिनको इन्फोटेन्मेन्ट सिस्टम छ । यो इन्टफोटेन्मेन्ट सिस्टममा कारका महत्त्वपूर्ण इन्फर्मेसन पनि जडान गरिएका छन् । जस्तै यसबाट लो फ्युल अलर्ट, फ्युल इकोनोमीसम्बन्धी जानकारी पाउन सकिन्छ ।
प्रदूषण उत्सर्जनको पछिल्लो मापदण्ड बीएस ६ मा आधारित यसमा के १५ पेट्रोल इन्जिन छ, जसमा स्मार्ट हाइब्रिड प्रविधि र लिआयोन ब्याट्री पनि प्रयोग गरिएको छ । यो इन्जिनले ६००० आरपीएममा ७७ किलोवाटको पावर र ४४०० आरपीएममा १३८ एनएम टर्क दिन्छ । यो पाँच स्पिड म्यान्युअल र पाँच स्पिड अटोमेटिक ट्रान्समिसन अप्सनमा उपलब्ध छ ।
यसमा डुअल फ्रन्ट एयरब्याग, एन्टीलक ब्रेकिङ सिस्टम, इलेक्ट्रिक ब्रेक फोर्स डिस्ट्रिब्युसन, फ्रन्ट सिटबेल्ट, आईएसओफिक्स चाइल्ड सिट, हाई स्पिड वार्निङ अलर्ट, रिभर्स पार्किङ सेन्सरजस्ता सुरक्षा फिचर छन् ।
४४४५ एमएमको लम्बाइ, १७०० एमएमको उचाइ २७४० को ह्वीलबेस, १४६२ सीसीको डिस्प्लेसमेन्ट, ४५ लिटरको फ्युल ट्याङ्की यसमा छन् । यो हाल नेक्सा ब्ल्यु, ब्रेभ खाकी, अबर्न रेड, म्याग्मा ग्रे, प्रिमियम सिल्भर तथा आर्कटिक ह्वाइटमा उपलब्ध छ ।
दुई भेरियन्टमा उपलब्ध एक्सएल–सिक्सको मूल्य जेटाको ४६ लाख ९९ हजार र अल्फाको ४७ लाख ९९ हजार रुपैयाँ पर्ने कम्पनीले जानकारी दिएको छ ।