विश्वको चर्चित सफ्टवेयर कम्पनी माइक्राेसफ्टले ‘कल अफ ड्युटी’ र ‘क्यान्डी क्रस’ जस्तो लोकिप्रय गेम निर्माता कम्पनी एक्टिभिजन ब्लिजर्डलाई खरिद गर्ने फैसला गरेको छ ।
यसको खरिद मूल्य ६८.४ अर्ब अमेरिकी डलर रहनेछ ।
यो सम्झौतापछि माइकोसफ्ट विश्वकै तेस्रो ठूलो गेमिङ कम्पनी बन्नेछ । रेभिन्युको आधारमा हाल गेमिङ कारोबारमा टेन्सटेन्ट पहिलो र सोनी दोस्रो स्थानमा छन् ।
विश्वभरि एक्टिभिजन ब्लिजर्डको अफिसमा १० हजार कर्मचारीले काम गेमिङमाथि काम गर्छन् ।
केही दिनअघि ग्र्यान्ड थेफ्ट अटो रेड डेड रिडेम्पसनको निर्माता टेक टु इन्टरएक्टिभ, फार्मविले र वर्ड्स विद फ्रेन्डस् बनाउने कम्पनी जिंगालाई १२.७ बिलियन डलरमा खरिद गर्ने समाचार बाहिर आएको थियो ।
गेमिङ कारोबारमा यति धेरै लगानी किन ?
कोरोना महामारीको समयमा मान्छेले अत्यधिक रुपमा डिजिटल माध्यमको प्रयोग गरे । र, धेरै कुरा सिके पनि । अहिले हरेक देशका युवाहरु गेममा झुन्डिरहेका देखिन्छन् । युवादेखि बूढापाकाले पनि मोबाइल गेममा निकै पैसा खर्च गरिरहेका छन् ।
बढ्तो व्यस्तता
विशेषज्ञहरुका अनुसार सन् २०२०–२१ मा ठूलो परिवर्तन आयो । र, मान्छेहरुले गेममा पैसा खन्याउन थाले । सन् २०२० मा गेमलाई लिएर मान्छेहरुको व्यस्तता पनि उत्तिकै बढ्न थाल्यो । यस्तै २०२२ मा यो सिलसिला जारी रहने अपेक्षा गरिएको छ ।
२० अर्बको कारोबार
ब्याटल रोयलजस्ता ४÷४ वटा मोबाइल गेमले एप किनबेचमार्पmत १० करोड डलरभन्दा बढी कमाइरहेका छन् । गेम्सको कारोबारमा रेभेन्यु लगातार बढिरहेको छ । २०२२ मा यी एप्सको खरिदबिक्रीबाट यसलाई बनाउने देशको अर्थतन्त्रलाई पनि सहयोग पुग्ने बुझिएको छ ।
गेमिङ र इन्टरेक्टिभ मिडिया भेन्चर फन्ड लुमिकाई र कन्सल्टिङ फर्म रेडसिरको रिपोर्टअनुसार २०२० मा रियल मनी गेम्सको रेभुन्यु १.८ बिलियन डलर पुगेको छ ।
बढ्दो कारोबार
गेमिङ एप्समा भारतजस्ता देशले वार्षिक ३८ अर्ब रुपैयाँ खर्च गर्छन् । यसले गर्दा ब्याटल गेम कम्पनी मालामाल भइसकेका छन् । गुगल प्ले र एप्पल प्ले स्टोरमार्फत भारतमा मात्रै एप खरिदबिक्री ५० करोड डलर नाघिसकेको छ । आजभन्दा ३ वर्षअघि फ्री फायर, कल अफ ड्युटी मोबाइल, ब्याटल ग्राउन्ड मोबाइल इन्डिया जस्ता मल्टी प्लेयर गेम्सको खरिदबिक्री ५ करोड डलरको थियो । तर, अहिले यसको वृद्धि १० गुणाले बढेको छ ।
कस्ता गेम लोकप्रिय
मास्कगनजस्तो सुटिङ गेम ५ करोडभन्दा बढी डाउनलोड गरिएको छ । भारतको यो गेम टपमा पर्छ ।
यसलाई सुपर गेमिङ फर्मले बनाएको हो । यसको रियल टाइम सोसल मल्टिप्लेयर गेम सिली रोयल अहिलेसम्मकै तीव्र गेम बनेको छ । पछिल्लो ५ महिनामा यो १ करोडपटक डाउन भइसकेको छ ।
गेमिङमा माइक्रोसफ्टको रुचि किन ?
विश्वकै ठूलो सफ्टवेयर कम्पनी माइक्रोसफ्ट यो सम्झौतापछि तेस्रो ठूलो गेमिङ कम्पनी बन्नेछ । गेमिङ कारोबारमा टेन्सटेन्ट पहिलो र सोनी दोस्रो नम्बरमा छन् ।
अहिले मोबाइल फोन गेमिङ कारोबारको माध्यम बनेको छ । माइक्रोसफ्ले किन्न लागेको मोबाइल गेमिङ स्टुडियो किंग, क्यान्सी क्रसजस्ता लोकप्रिय गेम निर्माता कम्पनी हो । अहिलेसम्म माइक्रोसफ्ट मोबाइल गेमिङमा छैन । तर, यो किनेपछि ग्राहको विशाल समूहमा आफ्नो उपस्थिति गेममार्फत पनि गर्नेछ ।
माइक्रोसफ्टका अनुसार गेमिङ कारोबारलाई ठूलो बनाउनेछ । ताकि गेमर सीधै माइक्रोसफ्टमा आऊन् । केही समयदेखि माइक्रोसफ्टले एप्पल र गुगलसँग विवादको सामना गरिरहेको छ । विवादको कारण, गेमका लागि एप स्टोरको फिस चार्ज गर्नेबारे रहेको छ ।