काठमाडौं । एक हप्ताअघि मात्र नेपाली बजारमा सार्वजनिक भएको ह्युन्डाईको ‘भेन्यू’ले अहिले नाडा अटो मेलामा धेरैकाे ध्यान खिच्न सफल भएकाे छ । बहुप्रतीक्षित भेन्यू गाडी ग्राहकको सर्वाधिक रुचिमा परेको ह्युन्डाईले दाबी गरेको छ ।
यो गाडीले केही समयअघि नेपाली बजारमा लन्च भएको उत्कृष्ट ठहरिएको नयाँ स्यान्ट्राे र ख्यातिप्राप्त विद्युतीय गाडी ह्युन्डाई कोनालाई पनि उछिनेको छ ।
कम्पनीले नाडा अटो मेलामा भेन्यूसहित छ ओटा नयाँ गाडी– स्यान्ट्रो, इलेक्ट्रिक कोना, आई २० एक्टिभ, क्रेटा, र ग्रान्ड आई १० सोकेस गरेको छ । तर, यी सबैमा भेन्यूले व्यापारलाई उचाइमा पुर्याएको कम्पनीले बताएकाे छ ।
नाडा अटो मेलाका अवसरमा ह्युन्डाई कम्पनीले भेन्यूमा १ लाख ३० हजार रुपैयाँको छुट दिएको छ । अन्य गाडीका लागि पनि कम्पनीले अफरको कम्प्लिट प्याकेज ल्याएको छ । फेस्टिभ डिलाइट अफरमा कम्पनीले एक आर्थिक वर्षभरका लागि निःशुल्क इन्स्योरेन्स प्रिमियम, सडक कर, स्क्याच कार्डमा २० हजारदेखि एक लाखसम्मको छुट दिएको छ ।
तीन इन्जिन अप्सनमा उपलब्ध ह्युन्डाईको भेन्यू, १.२ लिटरको पेट्रोल इन्जिन कप्पा ड्युअल भीटीभीटी प्रविधियुक्त, १.४ लिटरको डिजल इन्जिन यू–२ सीआरडीआई र १.० को टर्बो पेट्रोल कप्पा ड्युअल भीटीभीटी प्रविधिमा गरी तीन ओटा प्रारुपमा उपलब्ध छ ।
ग्राहकहरुको यसमाथि रुचि बढ्नुको एउटा कारण यसको इनोभेटिभ प्रविधि र आकर्षक डिजाइन पनि भएकाे कम्पनीले बताएकाे छ ।
ह्युन्डाई भेन्यूका विशेषताहरु
यसमा स्मार्ट इलेक्ट्रिक सन रुफ, आकर्षक क्रोमयुक्त फ्रन्ट ग्रिल तथा स्पोर्टी रुफ रेल छ । यसमा रहेको आर १६ डायमन्डकट एलोए पाङ्ग्रा तथा हिल एसिस्ट कन्ट्रोलले नौलो र उत्साहजनक सवारीको अनुभव दिलाउँछ ।
एड्भान्स प्रविधि र आधुनिक डिजाइन, प्रिमियम लुक्ससहितको यो गाडीमा बत्तीहरुको जडान सुन्दर र आधुनिक छ । यसमा कर्नरिङ लाइट, प्रोजेक्टर फग लाइट तथा क्रिस्टल इफेक्टसहितको लेड लाइटहरु छन् ।
यसमा धेरै नवीनतम विशेषता पनि छन् । रियोस्ट्याटसहितको एडभान्स सुपरभिजन क्लस्टर, ड्राइभर रेयर भ्यू मिरर, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल छन् । यसमा वायरलेस फोन चार्जर, क्रुज कन्ट्रोल, टेलेमेटिक्ससहितको २०।३२ सेन्टिमिटरको एचडी डिस्प्ले, एयर प्युरिफाइर तथा रियर एसी भेन्ट छ ।
तीन ओटा इन्जिन अप्सनमा रहेको यो गाडीको ९ भेरियन्टका विभिन्न मूल्य वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले सार्वजनिक गरेको छ । यसको मूल्य ३४ लाख ९६ हजारदेखि ५५ लाख ९६ हजार रुपैयाँसम्म छ । हालका लागि यसमा एक लाख ३० हजारसम्मको छुट दिने बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बताएको छ ।
यो गाडी अहिले स्टारडस्ट, पोलार ह्वाइट, लाभा ओरेन्ज, डिप फरेस्ट, फायरी रेड, ताइफून सिल्भर र डेनिम ब्ल्यू गरी सात रङमा उपलब्ध छ ।
ह्युन्डाईकाे भेन्यूमा शक्तिशाली इन्जिन प्रयोग भएको कम्पनीले जनाएको छ । भेन्यू ३ ओटा इन्जिनमा उपलब्ध छन् । १।२ लिटर पेट्रोल इन्जिन, १।४ डिजेल इन्जिन र १।० टर्बो पेट्रोल इन्जिनसिहत बजारमा अएका छन् ।