काठमाडौं । कोरोना संक्रमितको ग्राफ बढेसँगै उकालो यात्रा समाएको छ । विगतमा पनि न्यून बिन्दु ११ सयसम्म झरेको सेयर बजार सूचक (नेप्से) निरन्तर बढेर ३२ कटेपछि थामिएको थियो । खासगरी, कोरोना ग्राफ घटेसँगै सरकार, निजी क्षेत्र र नियामक निकायले लगानीका विभिन्न क्षेत्र खोजी थालेपछि त्यसको प्रभाव सेयर बजारमा परेको थियो ।
मौद्रिक नीतिले सेयर धितो कर्जामा कडाइ गरेको थियो भने वित्तीय बजारमा तरलता अभावले निक्षेपको ब्याजदर बढेको थियो । त्यसको असर सेयर बजारमा देखियो र केही दिन अघिसम्म बजार सूचक २२५९ सम्म झरेको थियो । फेरि विश्वभर कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोनको दबदबा सुरु भयो र नेपालमा पनि ओमिक्रोनसहित कोरोनाको वृद्धिदर उच्च भएसँगै सेयर बजारको बढोत्तरी पनि तीव्र गतिमा भएको छ ।
शनिबार मात्रै कोरोना संक्रमितको संख्या ४६ सयभन्दा बढी थियो । आइतबार साताको पहिलो दिन सेयर बजार सूचक पनि ६९ अंकले बढेर २९२६.७४ बिन्दुमा रोकिएको छ । पछिल्लो २३ दिनमा न्यून बिन्दुबाट बजार सूचक ६८० अंकभन्दा बढी बढेको छ । यसबीचमा ६ दिन सामान्य घटे पनि १७ दिन उछाल आउँदा पूर्व उच्च बिन्दु ३२२६ भन्दा २८६ अंकले बजार सूचक पुगेको छ । यसदिन कारोबार रकम ९ अर्ब ६७ करोडको सेयर किनबेच भएको छ ।
विगतमा पनि बजार बढ्दा कुनै कारण थिएन । लगानीकर्ताले पाउने प्रतिफलको आधार उस्तै हो । अर्थतन्त्रको अवस्थामा खासै सकारात्मक भाइब्स थिएन । बजार घट्दा पनि अवस्ता उस्तै थियो । र, फेरि बजार बढ्दा पनि अर्थतन्त्रका सूचक, सूचीकृत कम्पनीहरुको अवस्था, तरलता स्थितिलगायत सबै पक्षहरुमा कुनै फेरबदल आएको छैन । अझ अर्थतन्त्रका अधिकांश सूचकहरु बिग्रिएका छन् । र, पनि सेयर बजार उकालो चढिरहेको छ ।
कोरोना कहरले फेरि लकडाउन हुने र अन्य लगानीका क्षेत्र खुम्चिने भन्दै लगानीकर्ताहरु हौसिएका हुन् । विगतमा देखिएको तरलता अभावको समस्या सामान्य रुपमा मात्रै कम भएको देखिन्छ ।
माघ लागेपछि बजारमा अझै सुधार हुन्छ भन्ने लगानीकर्ताको मनोविज्ञान रहेको छ । यसअघि साढे ४ महिनाकै अवधिमा नेप्से सूचकमा झन्डै ३०५ को गिरावट आएको थियो । बजारले झन्डै १३ खर्ब बजार पुँजीकरण गुमाएको थियो । बुल बजारमा छोटो समयमा आएको यो करेक्सन निकै ठूलो मानिएको थियो । यसरी भारी करेक्सन हुँदा सेयर भाउ निकै तल्लो बिन्दुमा आयो । सोही कारण एकाएक लगानीकर्ताहरु आकर्षित भएका हुन् ।
सस्तो भाउमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सबै प्रकारका लगानीकर्ता उत्साहित भएका छन् । बजार बढ्नुमा सरकार तथा केन्द्रीय बैंकले लिएका पछिल्ला नीतिहरु पनि निकै सहयोगी बनेका छन् । स्थानीय तहमा जाने बजेटमध्ये ८०५ लाई निक्षेपमा गणना गर्न पाइने, आयातमा कडाइ, सुनचाँदी आयातमा पनि नियन्त्रण अनि डलर लैजान पाउने सीमामा नियन्त्रणलगायतले आन्तरिक बजारमा तरलता सहज हुँदै जाने अपेक्षा गरिएको छ ।
बढ्दो बजारमा स्ट्याण्डर्ड चार्टर्डका लगानीकर्ताले कमाएका छ । यस कम्पनीको मूल्य १० प्रतिशतले बढेर कारोबार भएको छ । यसदिन अरुण भ्याली हाइड्रो पावरको ३६ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ । बढ्दो बजारमा पनि सबैभन्दा बढी म्युचुअल फण्डका लगानीकर्ता गुमाएका छन् ।