विनय खड्का शीर्ष भुक्तानी सेवाप्रदायक खल्तीका युवा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । २७ वर्षीय खड्काले खल्तीमा आउनुअघि एनआईसी एसिया बैंकको इन्टरनेट बैंकिङ विभागको जिम्मेवारी सम्हालिरहेका थिए । त्यसअघि देशकै ठूलो पेमेन्ट वालेट ई–सेवामा समेत काम गरेको उनको अनुभव छ । चाटर्ड अकाउन्टेन्सी अध्ययन पूरा गरेका खड्काले फिनटेक कम्पनी खल्तीको नेतृत्व गरिरहेका छन् । उनै खड्कासँग खल्ती तथा समग्र फिनटेक उद्योगका विविध पक्षहरुमा क्यापिटल नेपालका लागि युजु खालिङले गरेको कुराकानीको सम्पादित अंशः
एनआईसी एसिया बैंकको मोबाइल बैकिङबाट भर्खरै आउनु भएको छ । वालेटमा आइरहँदा कस्तो अनुभव भएको छ ?
म खल्तीमा आएको २ महिना हुन लाग्यो । मेरा लागि वालेट एकदमै नयाँ क्षेत्रचाहिँ होइन । एनआईसी एसियाको मोबाइल बैकिङअघि मैले ई–सेवा वालेटमा पनि काम गरिसकेको छु । वालेट कसरी सञ्चालन हुन्छ भन्ने कुरा आइडिया छ । बैंक र फिनटेकको कुरा गर्दा पक्कै पनि फरक छ, भइहाल्छ । खल्तीमा पनि अनुभव राम्रै भइरहेको छ । त्यता एउटा विभाग हेरिन्थ्यो भने यहाँ सिंगो उद्योग नै हेर्नुपर्दा अवसर र चुनौती दुवै छन् । जे होस्, अनुभव राम्रै भइरहेको छ ।
नेपालको वालेट उद्योग अहिले कसरी विकास भइरहेको छ ? वर्तमान अवस्थासँग जोडेर चर्चा गरिदिनुहोस् न ।
नेपालमा डिजिटल कारोबारको औपचारिक सुरुवात भएको १ दशक भयो । तर, सन् २०१५ सम्म यो अहिलेजस्तो थिएन । कम्पनी दर्ता भएको थियो । जुन लगानी, ब्रान्डिङ र आक्रामकता अहिले छ त्यो २०१५ सम्म थिएन । २०१६ देखि अलिक यसमा उद्विकास भएको हो । बैंकहरुले पनि मोबाइल बैंकिङ राख्न थाले । नेपाल राष्ट्र बैंकले पनि छुट्टै पीएसडी राख्न थाल्यो । र, यसैका लागि फरक विभाग स्थापना गर्न थाल्यो । २०१७ को सुरुवातमा खल्ती पनि सुरु भयो । अहिलेसम्म आइपुग्दा बजारमा हामीसँगै धेरै पीएसपी वालेट कम्पनीहरु छन् ।
तर, खासै नयाँ केही छैन । दुईचार वर्षअघि जे थियो अहिले पनि त्यही नै छ । इकोनोमीको स्केलचाहिँ बढ्दै गएको हो । भेन्डरको पैसा उठाइदिने, घरमै बसेर सिमलेस पेमेन्ट एक्सपिरियन्स प्रदान गर्ने लगायतका कामहरु भइरहेका छन् । यस क्षेत्रमा योभन्दा अझ धेरै पनि गर्न सकिन्छ । यही उद्योगमा नवप्रवर्तनका लागि धेरै ठाउँ बाँकी छन् । त्यसका लागि अनुसन्धान र विकासको काम गरिरहेका छौं ।
प्रयोगकर्ताको अनुभवको कुरा गर्दा हाम्रो हजारदेखि सुरु भएको प्रयोगकर्ता संख्या अहिले करोडमा पुगिसकेको छ । डाउनलोड पनि १ करोडभन्दा माथि भइसकेको छ । त्यो आधारमा अहिले प्रयोगकर्ता पनि १ करोडभन्दा माथि नै छन् । अहिले खल्तीलगायतका अन्य वालेटहरुले मासिक रुपमा १६ अर्ब रुपैयाँसम्मको कारोबार गरिरहेका छन् ।
यी सबै आकारमा हामी ४, ५ वटा वालेटहरुको मात्र हिस्सा छ । जबकि, भुक्तानी सेवाप्रदायकको इजाजतपत्र २७ कम्पनीसँग छ । तर, कारोबार गर्ने ४/५ वटा मात्र हुन् । त्यसमा शीर्ष ३ कम्पनीले नै ९५ प्रतिशत कारोबारको हिस्सा ओगटेका छन् ।
खल्तीमा मात्र मासिक रुपमा बैंक ट्रान्सफर र विभिन्न श्रेणीमा गरी खर्च २.५ देखि ३ अर्ब रुपैयाँसम्मको कारोबार हुन्छ । अहिले वालेटको सिंगो बजार नै १५ अर्ब रुपैयाँको हो । त्यसमा हामीले करिब ३ अर्ब रुपैयाँ जतिको कारोबार गरिरहेका छौं । १८ देखि २० प्रतिशतको बजार हिस्सा हामीले लिएर हिँडिरहेका छौं । भोलि त्यो अझै बढ्न सक्छ ।
खल्तीमा मात्र मासिक रुपमा बैंक ट्रान्सफर र विभिन्न श्रेणीमा गरी खर्च २.५ देखि ३ अर्ब रुपैयाँसम्मको कारोबार हुन्छ । अहिले वालेटको सिंगो बजार नै १५ अर्ब रुपैयाँको हो । त्यसमा हामीले करिब ३ अर्ब रुपैयाँ जतिको कारोबार गरिरहेका छौं । १८ देखि २० प्रतिशतको बजार हिस्सा हामीले लिएर हिँडिरहेका छौं । भोलि त्यो अझै बढ्न सक्छ ।
खल्तीमा तपाईंको आगमनलगत्तै देशकै ठूलो आईएसपी कम्पनी वल्र्डलिंकले ४० प्रतिशतको स्वपुँजी लगानी गरेको छ । यो लगानीले भोलिका दिनमा खल्तीमा कस्तो विकास ल्याउन सक्छ ? तपाईंहरुले साझेदारी गर्दै गर्दा ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याउने भन्ने योजना पनि छ त्यसको लागि गृहकार्य कस्तो छ ? वित्तीय पहुँच नभएको ९५ प्रतिशत क्षेत्रमा पुग्ने यो अभियानका अघि चुनौती र अवसर कस्ता छन् ?
यसमा हामीले तीनवटा पक्ष हेरेका छौं । एउटा भनेको नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक देशको ६ लाखभन्दा धेरै घरधुरीसँग प्रत्यक्ष रुपमा जोडिएको छ । ती पनि अधिकांश सहरी क्षेत्रमै छन् । यसैले उहाँहरुको पनि इच्छा भनेको ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा पुर्याउने भन्ने हो । इन्टरनेट सेवा पुगेसँगै हामीले डिजिटल वित्तीय सेवा पहुँच विस्तार गर्ने भन्ने लाइनमा मिलेर काम गरिरहेका छौँ । हाम्रो साझेदारीको जग पनि यही हो ।
यसमा मैले देखेको अवसर भनेको अहिले विद्युतीय भुक्तानीको पहुँच ५ प्रतिशत क्षेत्रमा मात्र छ र बाँकी ९५ प्रतिशत क्षेत्र ‘अनट्याप’ छ । त्यहाँ हाम्रो सेवा विस्तार गर्ने अवसर छ । अहिले इन्टरनेट जोड्ने, मोबाइल ‘पेनिट्रेसन’ राम्रो भइरहेको छ । यसैले गाउँमा जान गाह्रो पनि छैन । ग्रामीण क्षेत्रमा पनि एउटा अर्थव्यवस्था छ ।
फेसबुक, भाइबर सबैले चलाइरहेको अवस्थामा खल्ती किन नचलाउने ? भन्ने कुरा हो । सामाजिक वृत्तमा जुन विकास देखिइरहेको छ, त्यसलाई वित्तीय वृत्तमा पनि स्थानान्तरण गर्न खोजेका हौं । त्यसका लागि वल्र्डलिंक हाम्रो सबैभन्दा उपयुक्त साझेदार हो । उहाँहरु सेवा पुर्याउनु हुन्छ हामीसँग सँगै वित्तीय सेवा सुविधा पुर्याउछौं ।
यसमा चुनौती त हुन्छ नै । लगानी, खर्च, जनचेतना अभिवृद्धि र सुरक्षाका धेरै कुराहरु यसमा आउँछन् । ती सबैलाई सम्बोधन गरेर जानुपर्ने हुन्छ । तेस्रो पक्ष भनेको नवप्रवर्तन हो । नेपाली प्रविधिको क्षेत्रमा वल्र्डलिंकको विरासत र अनुभव छ । यो पुरानो र ठूलो प्रविधि कम्पनी हो ।
सूचना प्रविधिको पूर्वाधारमा उहाँहरु जत्तिको लगानी खासै कसैले गरेको छैन । यसैले त्यो पूर्वाधार र अनुभवको उपयोग हामी पनि गरौं भनेर सोचेका हौं । खल्ती उदयीमान चरणमा रहेको नयाँ फिनटेक कम्पनी हो । यस्तो अवस्थामा वल्र्डलिंकको २०/ ३० वर्षको अनुभव हामीले निःशुल्क पायौं भने यसलाई अझ परिपक्व तरिकाले संस्थागत गरी लैजान सकेको खण्डमा सहयोग हुन्छ भन्ने हामीलाई लागेको छ ।
यसका लागि काम पनि सुरु भइसकेको छ । वल्र्डलिंक जहाँ पुगिरहेको छ हामी पनि सँगै गइरहेका छौं । जहाँ उसले प्रत्यक्ष कार्यालय (आउटलेट) खोलेको छ त्यहाँ खल्तीका कर्मचारी पनि राख्न थालेका छौं । उहाँहरु घर–घरमा इन्टरनेट जोड्न जाँदा खल्तीबाट कसरी भुक्तानी गर्ने भन्ने कुरा पनि सिकाउने काम गरिरहनुभएको छ । यसका लागि हामीले सुरुमा केही प्रतिशत नगद फिर्ता दिएर आकर्षण गरिरहेका छौं ।
यति मात्र होइन भोलिका दिनमा वल्र्डलिंकका हरेक सेवाग्राही, स्वतः खल्तीको सेवाग्राही पनि बन्न सक्ने सम्भावना पनि छ । त्यसमा पनि हामीले गृहकार्य गरिरहेका छौं । वल्र्डलिंकका ठूला डेटा सुविधा खल्ती प्रयोगकर्तालाई पनि दिने तयारी गरिरहेका छौं । हामीले खल्ती चलाउनलाई अफलाइन मोडसमेत दिएका छौं । तर, इन्टरनेट त चाहिन्छ नै । खल्ती चलाइसकेपछि इन्टरनेटको छुट्टै तनाव नहोस् भनी मासिक निःशुल्क एउटा प्याकेज दिन सकौं भनेर त्यसमा पनि काम गरिरहेका छौं ।
यसमा मैले देखेको अवसर भनेको अहिले विद्युतीय भुक्तानीको पहुँच ५ प्रतिशत क्षेत्रमा मात्र छ र बाँकी ९५ प्रतिशत क्षेत्र ‘अनट्याप’ छ । त्यहाँ हाम्रो सेवा विस्तार गर्ने अवसर छ । अहिले इन्टरनेट जोड्ने, मोबाइल ‘पेनिट्रेसन’ राम्रो भइरहेको छ । यसैले गाउँमा जान गाह्रो पनि छैन । ग्रामीण क्षेत्रमा पनि एउटा अर्थव्यवस्था छ ।
अहिले तपाईंहरुसँगै ई–सेवा, आईएमई–पे जस्ता ठूला खेलाडीहरु छन् । अन्य स–साना पनि धेरै वालेटहरु छन् । बैंकहरु पनि आक्रमक रुपमा डिजिटलाइज्ड भएर आइरहेको अवस्थामा प्रतिस्पर्धा कत्तिको छ ?
बैंकहरुसँग प्रतिस्पर्धा भन्न मिल्दैन उहाँहरु हाम्रै साझेदारहरु हुनुहुन्छ । फ्रन्टएन्डमा मोबाइल बैंकिङ वा वालेट जे भए पनि ब्याकएन्डमा उहाँहरुले कतै न कतै वालेट कम्पनीको सेवा लिइरहनु भएको हुन्छ । कतिपय बैंकहरुले त सेवा लिइरहेका छन् । डिजिटल्ली सेवाग्राही सचेत हुनु लगानी बढ्नु भनेको पेमेन्टको उद्योग र वातावरण बन्दै जानु हो ।
यो हाम्रा लागि पनि राम्रो कुरा हो । अर्को भनेको पेमेन्ट उद्योग हामीले तत्कालीन फाइदा हेरेर सुरु गरेको व्यवसाय पनि होइन त्यसैले प्रतिस्पर्धा बढ्यो । मेरो क्यास र रिसर्स बर्न भयो भनेर तनाव लिइहाल्दैनौं र अरु वालेट कम्पनी पनि तनाव लिँदैनन् । किनभने यो दीर्घकालीन कुरा हो । मान्छेको स्वभावगत परिवर्तनबाट यो व्यवसाय पनि चल्ने हुँदा यसका लागि धेरै समय लाग्छ ।
९५ प्रतिशत बजार त अझै कभर हुन बाँकी भएको अवस्थामा २७ वटाले पनि राम्रोसँग काम गर्ने हो भने सबै ब्रेक इभन प्वाइन्टभन्दा माथि आएर स्थायित्व हासिल गर्न सक्छन् । तर अहिले उहाँहरुको व्यवसायिक मोडल के छ, थाहा छैन । त्यसैले अहिले प्रतिस्पर्धाले हाम्रो भिजन मोडलमा खासै असर पारेको छैन । विस्तार गर्नुपर्ने बजार नै धेरै छ । बजार बढाउन पर्यो भने मैले अन्य वालेटका ग्राहकलाई तानिरहनुपर्ने आवश्यकता छैन । यसैले प्रतिस्पर्धाको पाटोलाई मैले गम्भीरताका साथ हेरेकै छैन ।
पछिल्लो समय एनसीएचएलको आगमनसँगै उसले पेमेन्ट उद्योगमा ग्राहकलक्षित केही सुविधाहरु ल्यायो । वालेट लोड गरिरहन पर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिलायो । वालेटमा ग्राहकलाई ब्याज पनि दिने योजना ल्यायो । वालेटहरु भने जे छ त्यहीँ ढुक्क परेको बसेको अवस्था छ । वालेटकै भविष्यमाथि पनि घरीघरी प्रश्न उठ्ने गरेका छन् । यस्तो अवस्थामा वालेटहरुले आफ्नो रणनीतिलाई परिवर्तन गरेर जानुपर्छ भन्ने कुरा उठ्ने गरेको छ । यसप्रति तपाईंकोे सोच के छ ? के योजना बनाउनुभएको छ ?
खल्ती चलाउन चाहनुहुन्छ भने वालेट लोड नगरी चलाउन सक्ने सुविधा आजको दिनमा हामीलगायत सबै जसो टप वालेटहरुसँग छ । बैंकको खातासँग जोडेपछि वालेट लोड गरिरहन पर्दैन । यसलाई म त्यति ठूलो नवप्रवर्तन मान्दिनँ । नवप्रवर्तनलाई कहाँ ल्याएर जोड्न खोजेको हो भने भोलिका दिनमा ग्राहकको दैनिक जीवनशैलीलाई सहजीकरण गर्न सक्ने सुपर एपको अवधारणा हुन सक्ला, मसँग खल्ती छ भने मैले ५० थरी एप डाउनलोड गरिरहन नपरोस् भन्ने होला । बिहान उठेदेखि बेलुकी सुतेसम्म सम्पूर्ण आवश्यकताहरु त्यही खल्ती एपबाट पुरा होस् भन्ने हुन सक्ला । यस्ता अन्य भर्टिकल सर्भिसहरु स्केलअप गर्ने योजनामा पनि हामी छौं ।
खल्ती भुक्तानी मात्र नभएर आयआर्जन गर्न सक्ने ठाउँ पनि बन्न सक्ला । हामीले गर्न खोजेको नयाँ काम भनेको जति पनि मर्चेन्टहरु डिजिटल्ली गएका छैनन्, अफलाइन मोडमा काम गरिरहेका छन् उनीहरुलाई डिजिटल प्लेटफर्ममा लिएर आउने हो । आजको दिनमा सबैले डिजिटल्ली पेमेन्ट एक्सेप्ट गर्न सक्ने अवस्था नेपालमा विकास भइसकेको छैन । यसैले त्यस्ता व्यक्तिहरुका लागि अफलाइन प्लेटफर्म पनि खोलिदिने हो । जस्तो कि अहिले पनि हाम्रो खल्तीभित्र बजार भन्ने ई–कमर्स प्लेटफर्म छ । यो एउटा प्लेटफर्म मात्र हो र हामी ‘इनेबलर’ को मात्र काम गरिदिन्छौं ।
हामीसँग २० लाखभन्दा धेरै ग्राहक छन् जसले खल्तीको एप दैनिकजसो सर्फ गर्छन्, जसले वेबसाइट बनाउन सक्दैनन्, जसको डिजिटल प्रेजेन्स छैन उनीहरुलाई अफलाइन मोडमै ल्याएर राखिदिने र त्यहाँबाट नै ती सेवा लिन सके भने राम्रो हुन्छ । यस्तै कति हामी पुग्न नसकेका ग्रामीण ठाउँमा एजेन्टहरुको माध्यमबाट पनि पुगिरहेका छौं । अहिले हाम्रा ३४ सयभन्दा धेरै एजेन्टहरु बजारमा परिचालित छन् ।
खल्ती प्रोडक्ट लेभलको इनोभेसन पनि हुन सक्छ वा एज अ ब्रान्डको रुपमा पनि । या खल्तीभित्रकै व्यवस्थापनको पनि इनोभेसन हुन सक्छ । तर, जताबाट इनोभेसन गरे पनि हामी केही नयाँ तरिकाबाट जाने भन्ने सोचिरहेका छौं ।
खल्ती चलाउन चाहनुहुन्छ भने वालेट लोड नगरी चलाउन सक्ने सुविधा आजको दिनमा हामीलगायत सबै जसो टप वालेटहरुसँग छ । बैंकको खातासँग जोडेपछि वालेट लोड गरिरहन पर्दैन । यसलाई म त्यति ठूलो नवप्रवर्तन मान्दिनँ । नवप्रवर्तनलाई कहाँ ल्याएर जोड्न खोजेको हो भने भोलिका दिनमा ग्राहकको दैनिक जीवनशैलीलाई सहजीकरण गर्न सक्ने सुपर एपको अवधारणा हुन सक्ला, मसँग खल्ती छ भने मैले ५० थरी एप डाउनलोड गरिरहन नपरोस् भन्ने होला ।
भुक्तानी सेवाप्रदायकबीच अन्तरआबद्धता जस्तो महत्वपूर्ण कुरामै ठूलो असहयोग छ । एउटाले भुक्तानी गर्ने संस्थामा अर्कोलाई छिर्न दिइँदैन । तपाईंहरुको पेमेन्ट उद्योगको इकोसिस्टमभित्र साझेदारहरुबीचको सहकार्य कस्तो छ ?
अन्तरआबद्धता एकदमै महत्वपूर्ण कुरा हो । हामी पीएसपीहरुभन्दा पनि पीएसओहरुबीच सहकार्य भयो भने अझ राम्रो हुने थियो । आजको दिनमा क्युआर पेमेन्टमा फोनपेको एउटा छ, खल्तीको अर्को छ, एससीटीको अर्को छ । भोलि एनसीएचएलले अर्को लिएर आउँदैछ । यस्तोमा सरकारी तवरबाट नै कडाइका साथ लागू गरेर सहकार्यको वातावरण बनाउनुपर्ने हो । सरकारले अन्तरआबद्धताको निर्देशिका त ल्याइदियो तर कसले आबद्धता गराउने भन्ने दायित्वचाहिँ कसैले लिइदिएन ।
बजारको आवश्यकताले गर्दा बिस्तारै अन्तरआबद्धता पनि हुँदै गइरहेको छ । अहिले फन्ड ट्रान्सफरमा छैन होला तर मर्चेन्ट पेमेन्टमा यो सुविधा आइसक्यो । खल्तीले ल्याएको मर्चेन्ट हामीले मात्र राखेका छैनौं विभिन्न बैंक, वालेटहरुलाई दिइरहेका छौं । यसमा खुकुलोपना चाहिन्छ । उहाँहरुको फोकस प्रयोगकर्ता बढाउने र बजारमा नविन विकास गर्नेतिर लाग्न सकोस् भन्ने हो । यस्तो भएको खण्डमा बजार स्वतः बढ्छ जसको फाइदा हामी सबैले उठाउन सक्छौं ।
तर, क्युआर पेमेन्ट, फन्ड ट्रान्सफरमा त्यो स्तरको अन्तरआबद्धता विकास भइसकेको छैन । यसमा पनि हामीले काम गर्दैछौं । अहिले जति पनि पीएसओ, एनसीएचएल, फोनपे, एससीटी जति पनि छन् उनीहरु पनि काम गर्दै छन् । यस्तै हामी एससीटीसँग आबद्ध छौं । मर्चेन्ट सेयरिङमा पनि एनसीएचएलसँग आबद्ध छौं । यो सेग्मेन्टमा फोनपेसँग बाँकी होला । हामीबाहेक एससीटी, एनसीएलएलहरुको पनि फोनपेसँग बाँकी नै छ ।
जसरी भारतमा यूपीआईले अन्तरआबद्धता गराइदियो त्यस्तै हाम्रो सरकारले पनि एउटा स्वतन्त्र अंग बनाएर अन्तरआबद्धताको सेवा दिन्छ भनेर पर्खिरहेका थियौं । आशा गरेर बसिरहेका थियौं । तर, सरकारले केही नल्याएपछि व्यक्तिगत पीएसओ नै अन्तरआबद्धता विकास गर्न लागिरहेका छौं ।
हामीकहाँ सहकार्य र सहयोगको कमी छ । जसले हात पार्न सक्छ उसैले गरिरहेको छ । सरकारी स्तरमा जसको लबिङ छ उसैले हात पारिरहेको छ । अरुलाई गर्न दियो हामीलाई छिर्न दिएन भनेर आक्षेप लगाउने भन्दा पनि जसले ल्याउँछ उसलेचाहिँ सेयर गर्नपर्छ भन्ने हो । भोलि खल्तीले कतै पायो भने उसले अरुलाई पनि सेयर गर्ने गरी खुकुलो हुन पर्यो ।
अन्यथा कुनै कामका लागि तिमी यही एप प्रयोग गर भनेर सेवाग्राहीलाई त हामी बाध्य बनाउन सक्दैनौं । यसैले सरकारी संस्था पनि खुकुलो हुनपर्छ । एकाधिकार स्थापित हुन दिनु हुँदैन । अर्को भनेको हामी जस्ता पीएसपीजहरु मिलेर स्पष्ट भएर अघि बढ्नुपर्छ ।
पेमेन्ट उद्योगमा तपाईंहरुले एकदमै धेरै ‘क्यासब्याक’ लगायतका विभिन्न स्किमहरु ल्याइरहनु भएको हुन्छ । त्यसमा साझेदार संस्था र तपाईंहरुको दायित्व बहन उस्तै हुन्छ । यो कहिलेसम्म चल्छ ?
अधिकतम दायित्व हामीले गरिरहेका हुन्छौं । मर्चेन्टहरुले अहिले आफ्नो व्यवसायलाई पहिलो प्राथमिकतामा राखेर सेवाग्राहीको सहजतालाई तल्लो प्राथमिकतामा राख्छन् । अनलाइन भुक्तानी सेवाबाट व्यवस्था गर्दा मेरो पैसा धेरै आउने होइन, भन्नेबाट उहाँहरुको सोच सुरु हुन्छ । तर, बिस्तारै बिजनेस स्केलअप र खर्च बचत भएको उहाँहरुले बुझ्दै जानुहुन्छ ।
वल्र्डलिंककै उदाहरणमा पनि उहाँहरुले १२० आउटलेटहरु विस्तार गर्ने भनेर बजेट तयार पार्नुभएको थियो । जबदेखि उहाँहरुको पेमेन्ट डिजिटल्ली हामीले कलेक्ट गरिदिन थाल्यौं त्यसले गर्दा उहाँहरुको खर्च ४० प्रतिशतभन्दा धेरैले घटेको छ । कति ठाउँमा भौतिक रुपमा पुग्न सक्नुहुँदैन थियो त्यहाँ हामी पुगेका छौं । यसरी मर्चेन्टहरुले यसको महत्व बुझेपछि यो बिस्तारै कम हुँदै जाला ।
अहिलेसम्म त स्किमको अधिकतम दायित्व हामीले नै बहन गरिरहेका छौं । कतिपय समयमा त हामी घाटामै गएर आफ्नो लगानी पनि गरिरहेका छौं । यो क्यासब्याक अब आफैं एक स्तरमा सचेत भएर स्वतःस्फूर्त रुपमा नआएसम्म हामीले लगानी त गरिरहनु नै पर्छ । यसलाई लगानीको रुपमा पनि लिएका छौं ।
यसले बजारलाई थप परिपक्व बनाउन मद्दत गर्छ । बजारमा मान्छेहरु भुक्तानी सेवाबाट सहज, छिटो र पारदर्शी हुन्छ भन्दा पनि सयमा यति क्यासब्याक पाउँछ भनेर प्रयोग गर्छन् यसैले बजारको जस्तो माग छ त्यही लाइनबाट हामीले पनि लगानी गर्नुपर्छ । सधैं क्यासब्याक दिएर त पुग्दैन । सेवाग्राहीलाई सहजता, लाभ दिने हो । भौतिकभन्दा पनि डिजिटल गर्दा केही रिवार्ड दिनुपर्छ भन्ने कुरामा हामी स्पष्ट छौं । तर सधैं क्यासब्याकको स्वरुपमा मात्र हुन्छ भन्नेचाहिँ छैन ।
खल्तीको नेतृत्व मैले सम्हालेदेखि मेरो भिजन, मिसन वा प्राथमिकता जे छ त्यो भनेको पहिलो नम्बरमा प्रयोगकर्ताको सहजता र अनुभवलाई राम्रो बनाउने हो । खल्तीमा विस्तारै तपाईंहरुले परिवर्तन अनुभव गर्न पाउनुहुनेछ । हामीले खल्तीमा नभएको नेटवर्कलाई जोड्दै लगिरहेका छौं । सबै काम हामीले गर्न सकेका छैनौं भने साझेदारी गरेर पनि गइरहेका छौं । एक महिनामै हामी पहिले आबद्ध नभएको नबिल तथा राष्ट्रिय वाणिज्य बैंक आदि सबैलाई जोड्दै लगिरहेका छौं । बैंकिङको नेटवर्क, फन्डको परिचालनमा केही समस्या हुँदैन ।
तपाईंको नेतृत्वले आगामी दिनमा खल्तीलाई कस्तो बनाउँछ ? भावी योजनाबारे बताइदिनुहोस् न ।
खल्तीको नेतृत्व मैले सम्हालेदेखि मेरो भिजन, मिसन वा प्राथमिकता जे छ त्यो भनेको पहिलो नम्बरमा प्रयोगकर्ताको सहजता र अनुभवलाई राम्रो बनाउने हो । खल्तीमा विस्तारै तपाईंहरुले परिवर्तन अनुभव गर्न पाउनुहुनेछ । हामीले खल्तीमा नभएको नेटवर्कलाई जोड्दै लगिरहेका छौं । सबै काम हामीले गर्न सकेका छैनौं भने साझेदारी गरेर पनि गइरहेका छौं । एक महिनामै हामी पहिले आबद्ध नभएको नबिल तथा राष्ट्रिय वाणिज्य बैंक आदि सबैलाई जोड्दै लगिरहेका छौं । बैंकिङको नेटवर्क, फन्डको परिचालनमा केही समस्या हुँदैन ।
अर्को मेरो प्राथमिता भनेको गोपनियता तथा सुरक्षाका कुराहरुलाई अझ स्ट्रिमलाइन गरेर लग्ने भन्ने छ । यसरी हेर्दा खल्ती एउटा स्टार्टअप थियो र अहिले सफल स्टार्टअप भइसक्यो भन्ने लाइनमा आएको छ । बिस्तारै कर्पोरेट लेभलमा लग्दा एक खालको स्केलअप चाहिन्छ । त्यसमा विभिन्न किसिमका पुनर्संरचना, व्यवस्थापकीय समस्या हुन सक्छ ।
प्रयोगकर्ताहरुको अधिग्रहणकै चुनौती, नियामकदेखि आन्तरिक चुनौती पनि छन् । ट्यालेन्टहरुलाई कसरी रिटेन गर्ने भन्ने छ । यी सबै कुराहरुलाई अलिक व्यवस्थित तथा सन्तुलित ढंगबाट लिएर जाने सोच छ ।सँगै हामीले आन्तरिक विकास गर्दै बजारमा आफ्नो हिस्सालाई पनि बढाउनुपर्नेछ । यी सबै चुनौतीलाई होमवर्क गरी रणनीति बनाएर लगिरहेका छौं । केही समयमा त्यो पनि बाहिर देखिनेछ ।
पेमेन्ट उद्योगलाई आईपीओमा लग्ने चर्चा बेला बेला चल्छ । खल्तीको योजना र तयारी कतातिर हो ?
अब पेमेन्ट कम्पनीलाई सार्वजनिक निष्कासन (आईपीओ) मा लग्ने भनेर हामी बोल्दै हिँडिरहेका त हुन्छौं । तर, यसका आफ्नै किसिमको नियमनकारी पक्षहरु छन् । आईपीओमा जाने पाइपलाइनमा हामी पनि छौं । हाम्रो पनि मार्गचित्र (रोडम्याप) छ । हामीजस्ता फिनटेक कम्पनीहरुका लागि विशेष व्यवस्था नआएसम्म आईपीओमा जान अप्ठ्यारो छ । भारतमा पेटीएम आईपीओमा गयो । तर, उसको अझै रेड ब्यालेन्ससिट नै छ, घाटामै सञ्चालन भइरहेको छ । स्टार्टअप आजभन्दा पनि भोलीको अवसर हेरेर गरिने कुरा हो ।
तर, नेपालमा हाम्रो नियामक पक्षमा परम्परागत शैली नै छ । यहाँ आईपीओमा जान नेपाल धितोपत्र बोर्ड, ओसीआर र नेपाल राष्ट्र बैंकले क्राइटेरिया तोकिदिएका छन् । ती पुरा गर्न धेरै कम्पनीहरुलाई चुनौती नै छ । उदाहरणका लागि पछिल्लो ३ वर्षयता नाफामा गएको हुनुपर्छ भन्ने छ । बुक भ्याल्युका कुराहरु छन् । बुक बिल्डिङमै जान हो भने पनि निश्चित मापदण्डहरु र नेटवर्थ छन् । तर, हामीजस्ता सेवामा आधारित फिनटेक कम्पनीहरु भनेको जे जति कमाइरहेका छौं त्यो सबै लगानी नै गरिरहेका छौं ।
हाम्रो पूर्वाधार र सम्पत्ति भनेको नै एप्लिकेसन, प्लेटफर्म, सर्भर र हाम्रा जनशक्ति हुन् । हामीसँग ठूला मसिन, जमिन भन्ने कुरा हुँदैनन् । अहिलेसम्म आईपीओमा जाने भन्ने रेगुलेटरी ट्रेन्ड परम्परागत कम्पनीहरुको संरचनाबाट निर्देशित छन् । यसकारण चुनौती छ । अबको ५ वर्षमा हामी आईपीओमा गइसक्ने भन्ने स्पष्ट योजना राखेका छौं । सोहीअनुसार गृहकार्य पनि गरिरहेका छौं । आजकै क्राइटेरिया पनि कति पुरा गर्नुपर्ने हो त्यसको पनि हामी तयारी गरिरहेका छौं । यसैले खल्ती आईपीओमा पनि आउँछ, उही ढिलो चाँडो मात्र हो ।