काठमाडौं । महालक्ष्मी विकास बैंकको बानेश्वर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बानेश्वरको संगमचोकमा रहेको नयाँ नेपाल समाज केन्द्रलाई खाद्य सामग्री सहयाेग गरेको छ ।
समाज केन्द्रको कार्यालयमा आयोजित एक विशेष समारोहकाबीच बानेश्वर शाखाका शाखा प्रबन्धक विकास रावलले खाद्य सामग्रीहरू समाज केन्द्रका प्रमुख कृष्णबहादुर गुरुङलाई हस्तान्तरण गरेका हुन् । समाज केन्द्रले हाल ४० जना अनाथ बालबालिकाहरूको संरक्षण गर्दै आएको छ ।
यस प्रकारको सहयोगले उक्त समाजकेन्द्रमा रहेका बालबालिकाहरूको शारीरिक र मानसिक विकासमा टेवा पुग्ने विश्वास बानेश्वर शाखाका प्रबन्धक विकास रावलले व्यक्त गरे ।
कार्यक्रममा बोल्दै केन्द्रका प्रमुख कृष्णबहादुर गुरुङले बैंकले गरेको सहयोग प्रति कृतज्ञता जाहेर गर्नुका साथसाथै यस किसिमको सहयोगले बालबालिकाहरू उत्साहित भएको बताए ।
आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।
सो बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १ सय ३ वटा शाखा छन् ।