काठमाडौं । दक्षिण कोरियाली अटो निर्माणकर्ता कम्पनी स्याङयोङको रेक्सटन गाडीले अहिले नाडा अटो सोमा राम्रो प्रतिक्रिया पाइरहेको छ ।
बिग एसयूभी सेग्मेन्टको यो गाडी नाडामा स्याङयोङको सर्वाधिक रुचाइएको गाडी रहेको नेपालका लागि आधिकारिक वितरक आईएमएस मोटर्सले जनाएको छ ।
एक करोड ५४ लाख ९९ हजार रुपैयाँ बजार मूल्य रहेको गाडीमा नाडा अटो शोमा तीन लाख छुट रहेको कम्पनीले जनाएको छ । २२०० सीसी इन्जिन क्षमताको यो गाडी डिजेल इन्जिनमा उपलब्ध छ । आईएमएस कम्पनीले रेक्सटनमा विभिन्न अफर प्याकेज ल्याएको छ ।
कम्पनीले यो गाडीमा सामसङको नोट १० मोबाइल, पाँच वर्षसम्मको निःशुल्क सर्भिसिङ, तीन वर्षसम्मको इन्जिन वारेन्टी, २५ हजारसम्मको एसेसोरिज, प्रतिस्पर्धी मूल्य, एक्सचेन्ज सुविधा, फाइनेन्सिङमा ९.६६ प्रतिशतको सस्तो व्याजदरको अफर गरेको छ ।
नाडामा रेक्सटनबाहेक कम्पनीले अन्य तीन मोडल पनि सोकेस गरिएको । कम्पनीले १६ सय सीसीको पेट्रोल इन्जिन टिभोली, दुई हजार सीसीको डिजल इन्जिन कोराण्डा, दुई हजार सीसीको डिजल इन्जिन मुस्सोलाई नाडामा सोकेस गरेको छ । कम्पनीले अन्य गाडीमा समान अफर दिएको छ ।
कोरियाको उत्पादन रहेको स्याङयोङ रेक्सटन बलियो र आकर्षक लागेको सामाखुसीका रतन प्रजापतिले बताए । नाडा अटो सोमा राखिएका अन्य गाडीको तुलनामा रेक्सटनलाई आफूले विकल्पका रुपमा लिएको उनको भनाइ छ ।
यस्तो छ रेक्सटनको फिचर्स
कम्पनीले यो रेक्सटन गाडी २०१७ को डिसेम्बरमा नेपालमा भित्राएको हो । एउटै मात्र डिजल इन्जिन अफरमा उपलब्ध रेक्सटनले भेरियन्ट र फ्योल प्रकारको आधारमा विभिन्न माइलेज प्रदान गर्छ जुन ११.१८ देखि १२.८३ किलोमिटर प्रतिघण्टा रहेको छ । सात सीट क्षमताको एसयूभीको लम्बाइ ४७५५ एमएम, चौडाइ १९०० एमएम र ह्वीलवेस २८३५ एमएम रहेको छ ।
म्यानुअल ट्रान्समिसनमा उपलब्ध यो गाडीले म्याक्सीमम पावर ४००० आरपीएममा १६२ बीएचपी जेनेरेट गर्छ भने म्याक्सीमम टर्क १८०० देखि ३२५० आरपीएममा ३४० एनएम टर्क जेनेरेट गर्छ ।
रेक्सटनको अन्य फिचर्सको कुरा गर्दा यसमा पावर स्ट्रिरिङ, पावर विण्डो फ्रन्ट, एन्टी लक ब्रेकिङ सिस्टम, एयर किन्डिस्नर, ड्राइभर एयरब्याग, प्यासेन्जर एयरब्याग, अटोमेटिक क्लाइमेट कन्ट्रोल, फ्रन्टमा फग लाइट्स, अलोय ह्वील्सलगायत छन् ।
सर्वाधिक रुचाइएको तथा बुकिङ भएको यो गाडीको आधिकारिक बुकिङ फिगर भने कम्पनीले नाडा अटो सोको समापनपछि मात्र खुलाउने बताएको छ ।